स्तन क्यान्सरको जनचेतना

संसारभरमा महिलालाई लाग्ने क्यान्सरमध्ये सबैभन्दा बढी हरेक आठ महिला मध्ये एक महिला रहरेक १३ मिनेटमा १ जनाको मृत्युवरण गराउने स्तन क्यान्सरहो । स्तन क्यान्सरमा १ देखि ६ प्रतिशत पुरुष छन । विकसित देशमा ८ महिलामा १ तथा एसियाली महिलामा हरेक २२ मा १ जनामा स्तन क्यान्सरपाइने गरेको छ । स्तन क्यान्सरको चेतना फैलाउन,बेलैमा सचेत रहन रसमय समयमा परीक्षण गर्ने सन्देश फैलाउन अक्टोवर१३ लाई नो ब्रा डे दिवस रअक्टोवरमहिनालाई स्तन क्यान्सरको बारेमा सचेतना जनाउने महिनाका रुपमा बिश्वभरमनाईन्छ । नेपालमा पनि गुलाबी रंगको चड्डा,टिसर्ट,प्रभातफेरी जस्ता विविध कार्यक्रमहरु गर्दै मनाइयो ।
नेपालमा भएका ६० हजारक्यान्सररोगी मध्ये ७ हजारस्तन क्यान्सरका छन् । विश्वमा सबैभन्दा बढी अनुसन्धान भै राखेको क्यान्सरस्तन क्यान्सरहो । लाजको कारण रोग लुकाउने गर्दा रोग फैलिरहेछ भने गरिबी अशिक्षा रअज्ञानताका कारण समयमै उपचारनगर्नाले यो रोग महिलाहरुको मृत्युको कारण भएको छ । स्तन क्यान्सरभएका महिलाहरुको संख्या बढ्दो छ रप्रायः महिलाहरु स्तन वा काखीमा गा“ठो देखा परेपछि मात्रै वा जटिल अवस्थामा चिकित्सकस“ग परामर्श वा उपचारका लागि आउने भएकोले यस क्यान्सरबाट हुने मृत्युदरबढ्दो छ ।
सम्भाव्य कारणहरु
. प्रौढ महिलाहरु
. पारिवारिक स्तन क्यान्सर
. चा“डै महिनावारी शुरु हुने तथा ढिलो महिनावारी सुक्ने
. विवाह नगरेका ,विवाह त गरेका तरबच्चा नै नपाएका वा जन्माउने क्षमता नभएका तथा पहिलो बच्चा ढिलो जन्माएका
. बच्चालाई स्तनपान नगराउने रधेरै वर्षसम्म परिवारनियोजनको चक्की,गर्भ नत¬हिने औÈधी डीईस तथा विभिन्न हर्मोनको उपयोग गर्ने महिला ।
. सानो उमेरमा अनावश्यक विकिरण गराएका गोरा महिला
. अत्याधिक बोसो भएको खाद्य पदार्थको सेवन
. नियमित रक्सी तथा चुरोटको सेवन गर्ने महिला ।
. स्तनमा पहिलेदेखि नै गा“ठागुठी वा पुराना समस्याहरु भएका र
. पहिला एउटा स्तनमा क्यान्सरभइसकेका
लक्षण तथा चिन्हहरु
महिलाको दुवै स्तन समान नभई आकार, लेवल रबनौटमा फरक देखा पर्दछ । स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने लाम्चो आकारको गिर्खा आउँछ । स्तन सुन्निएरकडा भई दुख्न थाल्छ । स्तनको मुन्टाबाट रगत, पीप अथवा फोहरपदार्थ आउनु रब्रा भिजीरहेका हुन्छन । स्तनको मुन्टा सिधा बाहिरपट्टी नफर्की दाया“ बाया“ बा घुमेरभित्रपट्टी फर्कन्छ (स्तनको मुन्टो गाडिन्छ )। स्तनको छालामा रंग अथवा नरमपनामा केही परिवर्तन साह्रो देखा पर्नु, मुन्टो सुन्तलाको बोक्राको जस्तो प्वाल— प्वाल पर्र्छ । स्तनमा लामो समयसम्म निको नहुने घाउ हुन्छ । स्तनमा गिर्खा नदेखिएपनि काखीमा गिर्खा देखा पर्छ । समयमै उपचारनभए हड्डी, कलेजो, डिम्बासय, स्नायुप्रणाली रफोक्सोमा समेत क्यान्सरफैलनसक्छ ।
शुरुको अवस्थामा पत्ता लगाउने तरिका ः
स्तन क्यान्सरशुरुकै अवस्थामा निदान गरी आवश्यक उपचारगरेमा पूर्णतया निको हुने हुन्छ ।
१. नियमित स्वास्थ्य परीक्षणः
स्तन क्यान्सरशुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालीम प्राप्त स्वास्थ्यकर्मीहरुको पन्जा लगाएको हातबाट स्तनको नियमित परीक्षण गराउनु पर्दछ ।
किनभने १ से.मि. भन्दा सानो ट्यूमरआफ्नो हातले छामेरपत्ता लाग्दैन । २० देखि ४० वर्षकाले हरेक ३ वर्षमा र४० वर्ष माथिकाले हरेक १ वर्षमा कम्तीमा विशेषज्ञसँग परीक्षण गराउन पर्दछ ।
२. म्यामोग्राफी परीक्षणः
म्यामोग्राफी प्रविधि स्तन क्यान्सरशुरुकै अवस्थामा पत्ता लगाउने एक विशेष प्रकारको एक्स–रे परीक्षण हो । परीक्षणबाट स्तन क्यान्सरशुरुकै अवस्थामा पत्ता लगाउन सकिने भएकोले ४० वर्ष उमेरपुगिसकेकाले मेमोग्राफी तथा ३० वर्षभन्दा कमकाले अल्ट्रासाउण्ड रमेमोगाफ्री तथा यो रोग लाग्न सक्ने सम्भावना बढी भएका महिलाहरुले दुई वर्षमा एक पटक वा चिकित्सकको सल्लाह अनुसारयो परीक्षण गराउनु पर्दछ ।
३. आफ्नो स्तनको आफैले गर्ने परीक्षण ः
स्तनमा नया“ वा असामान्य गिर्खा, डल्लाहरु छन् कि छैनन् भनी थाहा पाउन महिलाहरुले स्तनको आफैले परीक्षण गरी पत्ता लगाउन सक्छन् । यो सरल एवं व्यवहारिक तरिका पनि हो । २० वर्षभन्दा माथिका प्रत्येक महिलाले यो जा“च गर्नु पर्दछ । महिनावारी नियमित रुपमा भई राखेको महिलाले नछुने रोकिएको ४÷५ दिन पछि यो जा“च गर्नुपर्दछ । अनियमित महिनावारी वा महिनावारी बन्द भै सकेको महिलाहरु तथा कहिलेका“ही कुनै महिनाको महिनावारी छुट्ने महिलाले प्रत्येक महिनाको कुनै दिन तोकेरजा“च गर्नुपर्दछ ।
कसरी गर्ने ः
जा“च कपडा फेर्दा वा नुहाउ“दा पनि सहजै गर्न सकिन्छ । ऐना अगाडि उभिएरवा ओछ्यानमा पल्टेरपनि जा“च गर्न सकिन्छ । स्तनलाई छाम्दा हातको औला मध्येमा बीचका तिनवटा औंलाको माथिल्लो एक तिहाई भागको प्रयोग गर्नु पर्दछ । दाहिने हातले देब्रे स्तन तथा देब्रे हातले दाहिने स्तनको जा“च गर्नु पर्दछ रजा“च्ने क्रममा स्तनको ५ वटै भाग (बाहिरी, भित्री, तलको बाहिरी, तलको भित्री रमध्य भाग– जसमा स्तनको मुन्टो तथा वरिपरीको कालो भाग हुन्छ ।) को क्रमवद्ध रुपमा जा“च गर्नु पर्दछ ।
ऐना अगाडि उभिएर वा सुतेरवा नुहाउँदा आफ्नो दुवै स्तनको समानता, आकार, बनौट, मुन्टोको अवस्था, छालाको रंग रनरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यानस“ग हेने,तथा दा“या स्तनका लागि बाया रबाया स्तनका लागी दाया हातले स्तनको ५ भाग मध्ये प्रत्येक भागको क्रमबद्ध रुपमा छामेरजाँच गर्नुपर्छ ।
अन्तमा,बिरामीको अवस्था, शरीरका अन्य भागमा क्यान्सरफैलिएको वा नफैलिएको आधारमा उपचारविधि फरक फरक प्रयोग गरिन्छ ।शुरुकै अवस्थामा पत्ता लाग्यो रउपचारगरियो भने ९० प्रतिशत निर्मूल वा क्यान्सरको खतरावाट मुक्त हुन्छन । पहिलो,दोस्रो रतेस्रो अवस्थाको स्तन क्यान्सरको उपचारलक्ष्य क्यान्सरनिको पार्ने रदोहोरिन नदिने ह¬न्छ भने चौथो अवस्थाको स्तन क्यान्सरमा उपचारको लक्ष्य लाÔणिक रआयु लम्बयाउने खालको हुन्छ । तसर्थ सचेत भई स्तन तथा शरीरजोगाउन क्रियाशील रहांै ।
डा. बुढाथोकी न्याम्स वीरअस्पताल काठमाण्डौका सह प्राध्यापक तथा नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार