सामाजिक रूपान्तरणमा योग्यता र क्षमता

कृष्णचन्द्र बस्याल
कुनै पनि व्यक्ति राम्रो वा नराम्रो भन्नका लागि कामका आधारमा मूल्याङ्कन गरी भन्न सकिन्छ । हरेक व्यक्तिमा आ–आफ्ना किसिमका योग्यता, सीप र दक्षता भएकै हुन्छन् । पदबिनाको कामले पनि मानिसलाई महान बनाउँछ । त्यो कुरा थाहा हुँदाहुँदै पनि पदका लागि संघर्ष गरेको उदाहरण धेरै पाइन्छ । चुनौतीपूर्ण काम सजिलै हल गर्न क्षमता र इच्छाशक्तिको आवश्यकता पर्दछ । हुन त पद, योग्यता र क्षमता एक आपसका नङमासुको सम्बन्ध रहेको पाइन्छ । योग्यताबिना पदको महत्व कम हुने गर्छ । हाम्रो दिमागमा पद भनेपछि ठूलो व्यक्ति, भइहाल्ने अनि क्षमता र योग्यता कमजोर अवस्थामा रहेको भए पनि उसलाई मान्नै पर्ने हाम्रो संस्कार बनिसकेको छ । हरेक क्षेत्रमा यो परिपाटीले गर्दा योग्य र क्षमतावान व्यक्ति पाखा लाग्दै पलायन हुने खतरा त्यत्तिकै बढ्दो अवस्थामा छ । नागरिकलाई प्रतिस्पर्धी बनाउने भनेकै कार्यनीति नै हो । नीति बनाउँदा क्षमतावालालाई खोजिन्छ या पदलाई । यहाँनेर हेक्का के रहोस् भने पद जोसुकै व्यक्तिलाई बनाउँ फरक नेपाली तर योग्य र क्षमतावाला हो कि होइन ? स्वतन्त्र प्रतिस्पर्धामा लैजान सक्ने खुबी हो कि होइन ? यी कुराहरलाई सूक्ष्म तरिकाले अध्ययन गरी पदको बाँडफाँड गर्नु उचित मानिन्छ ।
विशेष गरी विद्यालय तह तथा क्याम्पसहरूमा पदलाई महत्वको साथ हेरिन्छ । किनभने पदले गर्दा विभिन्न सामाजिक संघ संस्था, नागरिक समाज, विद्यार्थी तथा अभिभावकसँग अपाm्नो क्षमता प्रर्दशन गरी राम्रो काम गरी सबैको मनमस्तिष्कमा रहिरहुँ भन्ने इच्छा तीव्र रूपमा रहेको पाउँछौ । यी कुराहरूलाई प्राप्त गर्नका लागि पदसँग सौदावाजी गर्न नमिल्ने हो । अझै भन्नुपर्दा अरूको सहारा लिएर आफ्नो नाम प्राप्त गर्नका लागि पदको दुरूपयोग गरेको सर्वत्र पाइन्छ ।
मेलाको आयोजना होस् या अन्य सभा गोष्ठीमा होस् पदीय दायित्वमा बसेको व्यक्तिबाट आफ्नो भनाइ या भाषण तथा दस्तावेज लेखन कार्य गर्नुपर्ने हुन्छ । त्यसबेला पदमा बाहिर रहेका व्यक्तिलाई लेख्न लगाइन्छ । त्यो सक्षम योग्य र पद भन्दा बाहिर बसेका व्यक्तिबाट सफलतापूर्वक निर्वाह गरेको पाइन्छ । अनि त्यही व्यक्तिलाई श्रमशोषण गरी आत्मबल गिराउने काम भइरहेको देखिन्छ । त्यसैले त भन्ने गरिन्छ योग्य व्यक्ति नै समाज तथा विभिन्न संघ संस्थामा गतिलो बन्न सक्छ । अध्ययन अनुसन्धान र विषयविज्ञताले खारिएको व्यक्ति नै योग्य मान्न सकिन्छ । विश्वविद्यालयको शैक्षिक गुणस्तर विद्यालय तहको गुणस्तर तथा सरकारी कर्मचारी र संघ संस्थाका क्षेत्रमा विभिन्न पदहरूमा बसेर काम गर्ने तौरतरिका योग्य र सक्षम छ भने पक्कै बौद्धिक स्तरको कार्यक्रम तथा आफ्ना नीति सबैलाई प्रभावित हुने खालका कार्यक्रम दिन सक्ने खुबी भएमा मात्र पदको गरिमा बढ्ने कुनै शंकै छैन ।
पद भन्नाले सरकारी सेवामा रहेका व्यक्तिहरू जस्तै खरिदार, नायब सुब्बा, अधिकृत तथा सचिव जस्तालाई जनाइन्छ । त्यसको अलवा विश्वविद्यालयका प्राधाध्यापकहरू तथा विद्यालय प्राधानाध्यापक, राजनीतिक दल, सामाजिक संघ संस्थामा समेत अध्यक्ष, उपाध्यक्ष, सचिव तथा सदस्यका रूपमा बसेर काम गर्ने हुनाले पदलाई निकै महत्वको रूपमा लिने गरिन्छ । यी पदहरूमा रहेर काम गर्ने व्यक्तिको योग्यता र क्षमता बारेमा टिकाटिप्पणी हुने गर्छ । उनीहरूले खेल्ने भूमिका, काम गर्ने शैली, बौद्धिक स्तरका कार्यक्रमहरूलाई जनमानसले नजिकबाट नियालिरहेका हुन्छन् । साथै विद्यालय तहका शिक्षक विश्वविद्यालयका प्राध्यापकहरू, जस्ता व्यक्तिहरूबाट नेपालको शिक्षा सुधार्न के कति महत्वपूर्ण भूमिका खेल्न सकेका छन् ? साथसाथै उनीहरूबाट निष्ठापूर्वक काम लागेर सक्षम व्यक्ति निर्माण गर्न पदमा रहेर सके कि सकेनन् ? त्यहाँ नेर मूल्याकंनको कसीमा राख्नु पर्ने हुन्छ । अनि मात्र बौद्धिक जमातको अर्थ रहन्छ ।
विश्वविद्यालय शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षक पदका लागि सक्षम बनाउँन डेढ महिना तालिममा विद्यालय खटाइन्छ भने क्याम्पसमै त्यसको सूक्ष्म शिक्षण गराइन्छ । यी काम गर्नका लागि प्रधानाध्यापकहरू लागि परेका हुन्छन् । अनुगमन लागि त्यत्तिकै लालायित पनि हुन्छन् ।
त्यसबेला योग्य र सक्षम व्यक्ति पाखा लगाई आफ्नो नजिकको र दलको नजिकको व्यक्तिलाई जिम्मा लगाइन्छ । त्यसले गर्दा विश्वविद्यालयको शिक्षा उत्साहजनक नहुँदा आफ्नो विषयका अध्ययन अनुसन्धानको त कुरै छोडौँ आफ्नो कक्षालाई अलिकति सृजनात्मक र कलात्मक बनाउने जाँगर समेत नभएका शिक्षक उत्पादन हुन्छन् । त्यसले गर्दा शिक्षा क्षेत्रको शैक्षिक सुधारमा सधै कमजोर अवस्थामा रहेको कुरा विज्ञहरूको ठम्याई छ ।
हुन त राजनीति क्षेत्रमा भने सामान्य लेखपढ व्यक्ति उच्च पदमा पुग्ने गर्छन् । त्यस्ता व्यक्तिबाट देशको नीति बनाउने मुख्य भूमिकामा हुन्छन् । त्यसले गर्दा योग्य र सक्षम व्यक्ति उसले खोजिकै हुन्छ । त्यसबेला पदको भन्दा सक्षम व्यक्तिको खाँचो खटाकिरहेको हुन्छ । सामान्य साक्षर भएको व्यक्ति राजनीतिमा संलग्न रहिरँहदा उले सांसद मन्त्री मेयर, उपमेयर तथा गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्षसम्म पुग्ने अवसर प्राप्त गर्छ । अनि त्यही व्यक्तिबाट देशको शिक्षा, स्वास्थ्य तथा कृषिमा रोजगारीमूलक उपयोगिता बनाउने कार्यक्रम उसको जिम्मामा संविधान तथा ऐन कानुनले दिएको हुन्छ । अनि समाजमा रहेका प्राज्ञिक योग्यता र सक्षम व्यक्तिहरूलाई पाखा लगाउँदै कोरा अयोग्य भए तापनि दल तथा पदमा भएका व्यक्तिले आफ्नो मनोमानी तरिकाले गर्दा समाजमा बेथिति निम्तिएको हो कि भन्ने आभाष हुन थालेको छ । यस विषयमा सम्बन्धित बुद्धिजीवी तथा सचेत नागरिकहरू पनि चिन्तित देखिएका छन् ।
संसारमा पदलाई भन्दा योग्यता र सक्षमतालाई निकै प्रसंशा गरिन्छ । किनभने पदमा रहेका व्यक्ति पनि सक्षम व्यक्तिबाट नै रायसल्लाह लेखापढी तथा उसले टिपोट गरेका विषयवस्तुलाई विभिन्न समारोह तथा गोष्ठीहरूमा वाचन गरेको पाइन्छ । अनि त्यस्ता व्यक्तिबाट नेपाली जनताले के आशा राख्ने ? भनी बेला बेलामा टिकाटिप्पणी हुने गरेको पाइन्छ । त्यसैले पद र योग्य तथा सक्षतामा अलग अलग विषयवस्तु हुन भन्ने चलन पनि रहेको पाउँछौ ।
यसरी हेर्दा निर्वाचनको बलबाट प्राज्ञिक योग्य र सक्षमतालाई घाँटी निमोठ्दै जाने हो भने लोकतन्त्र तथा गणतन्त्र कसरी बलियो होला ? यो प्रसंग किन उठान गरेको हो भने चेतनाका संवाहकहरू योग्य र सक्षम हुन् । तिनीहरूबाट सिकेका कुराहरू अर्थात मार्गदर्शनबाटै देश विकासमा महत्वपूर्ण प्रेरणादायी सक्ने भएकोले प्रत्येक पाइला पाइलामा उनीहरूले दिएको सुझावलाई समेत दस्तावेजको रूपमा राख्न सक्नुपर्छ ।
इतिहास आफै बन्दैन । घटना, परिघटनाको मात्र निर्माण हुने हो । त्यसलाई लिपिबद्ध तथा लेख्न सक्ने खुशी भएकै सक्षम व्यक्तिबाटै हुने हो । योग्य, अध्ययनशील र गतिशील भएका व्यक्तिहरूबाटै नीति पद्धति तथा समग्र सामाजिक वातावरण समेत सकारात्मक परिवर्तन गराउने साहस हुन्छ । उनीहरूकै साहाराबाटै देशको नीति बनाउन सक्ने हुँदा पदीय दायित्व बहन गरेका व्यक्तिहरूले के कति सहयोग गरेका छन् ? साथै जवाफदेही र पारदर्शीलाई के कस्तो रूपबाट बुझेका छन् ? सबैभन्दा महत्वपूर्ण कुरा र खासमा प्राज्ञिक मूल्य र संस्कार नै हो । नेपालमा शासन व्यवस्था फेरिएको छ । योग्य व्यक्तिभन्दा चुनावबाट छानिएर आएका व्यक्तिको पदले ठूलो र योग्य मान्ने चलन छ । त्यस्तै खालको ऐन कानुन निर्माण गरिएको छ । त्यस्ता व्यक्तिहरूबाट अनुसन्धानको साधना कम हुने गर्छ । आफूलाई राम्रो र गति दिन सक्षम व्यक्ति छनौट गरी भाषणदेखि दस्ताबेज निर्माणमा उसैकै वैशाखी बनी गतिविधि सञ्चालन गर्नुपर्ने पीडा स्वयंम पदीय व्यक्तिमा मुखबाट सुन्न पाइन्छ । अनि कसरी हुन्छ विकासको गुणस्तर ? कसरी राम्रा राम्रा कार्यक्रम आउनसक्छन् पदमा बसेका व्यक्तिबाट ? त्यसैले योग्य र सक्षम व्यक्तिलाई नै पदको जिम्मा दिने हो भने समाजको विकासमा सहज हुनका साथै आफ्नो सो विवेक प्रयोग गरी काममा अनुसन्धान गरी सक्षम र प्रभावकारी हुनेमा सरोकारवालाहरू पनि सहमत देखिन्छन् । देश विकासका लागि सक्षम व्यक्तिको आवश्यकता पर्छ । ऊ निष्ठापूर्वक आफू कार्यरत रहेको ठाउँमा गुणस्तर काम र विगारिएको कामलाई सुधार्न सक्ने ताकत रहन्छ ।
पदमा रहेका व्यक्तिहरूले आफू कति सक्षम छु भन्ने कुरा थाहा पाएका हुँदैनन् । म पदको व्यक्ति हुँ मलाई सबैले मान्नुपर्छ भनी मनमा कुरा खेलाइ रहेका हुन्छन् । त्यसले गर्दा चाकडी र जिउ हजुरले मात्र प्रशय पाइरहेको व्यवहोरा सुन्न पाइन्छ । त्यसैको फलस्वरूप आफू जुन क्षेत्रमा नेतृत्व लिएको होस्, त्यसबेला असक्षमताको बिल्ला बोकी बाहिरिनु पर्ने बेला नआउँला भन्न सकिदैन ।
अन्त्यमा, जुनबेला समाजले सक्षम र योग्य व्यक्तिको रूपमा चित्रण गर्छन् त्यसबेला मात्र आफूलाई भाग्यमानी ठान्नु बद्धिमानी हुनेछ । सिर्जनशीलताको आगो बाल्न त्यसको राप सहन र त्यसको न्यानोमा गर्व गनृ सक्ने वातावरण योग्य व्यक्तिबाटै सम्भव देखिन्छ । प्राध्यापक अथवा अन्तरमनबाटै स्वतन्त्र अनुसन्धान कर्म तथा ज्ञान साधानामा लागेका प्राज्ञहरूको सेरोफेरोमै मानव जातिको बौद्धिक जमात घुमेको छ । मानव जातिका पछिल्ला महत्वपूर्ण दर्शन था बौद्धिक बहस र आन्दोलन तथा क्रान्तिपछिको विकास अभियानमा अपवाद बाहेक ज्यादा योगदान रहेको पाइन्छ । राजनैनीतिकर्मी दल तथा सामाजिक अभियान्ता आफ्नो पदलाई सिरोपरी ठानी आफ्नो भूमिकालाई महान सम्झने तथ्यसहितको नवीन दृष्टिकोण, सोच र समग्र सामाजिक रूपान्तरणमा महत्व राख्ने विचार पस्कन सकेमा मात्र पदको गरिमा बढ्न सक्छ । केवल पदमा बस्ने बौद्धिक व्यक्तिहरूको श्रमशोषण गर्ने अनि तिनका योगदानलाई नजरअन्दाज गर्ने संस्कारले कुनै बेला पदको महत्व घटाउन सक्ने संभावना उत्तिकै रहन्छ । किनभने व्यक्तिलाई भन्दा पदलाई सम्मान गर्ने चलन छ । पदमा बसेका व्यक्तिमा अरूलाई सम्मान गर्र्ने तौरतरिका थाहा छैन भने बौद्धिक साथ नपाउने अवस्था सृजना हुन्छ त्यसबेला पदको दुरूपयोग हुँदै काम गर्न नसक्ने अवस्थाको सृजना नहोला भन्न चाहि सकिदैन । समाजमा कतिपय व्यक्ति जबरजस्त बुद्धिजीवी तथा सक्षम व्यक्तिको रूपमा मान्नु पर्ने अवस्था छ । त्यसले गर्दा सक्कली बुद्धिजीवीहरू ओझेलमा परेका छन् । हो त्यस विषयमा दबाब धेरै हुन्छ । अनि राम्रो कामको परिणाम दिन प¥यो भने पदले परिणाममुखी बनाउने हो या सक्षमले र योग्यले । यहाँनेर विश्लेषण गर्दै समाजलाई अग्रतिमा डो¥याउने हो भने पक्कै पनि सक्षम र योग्यबाटै पदको भागिदार बनाउन अब कन्जुस्याइँ गर्नु हुँदैन । यस विषयमा प्रत्येक व्यक्तिले भूमिकाको महत्व र क्षमतालाई बुझ्नुपर्छ । अनि यो नै असल नागरिकको कर्तव्य पनि हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार