‘आज’को विकल्प ‘हिजो’ होइन

अक्सरमान्छे अतीतमुखी हुन्छ । ओहो मेरो हिजो ! त्यो इतिहास । मैले हिजो व्यतीत गरेको मिठो पल । अथवा हिजो भोगेको त्यो दुःख । त्यो सास्ती । त्यो हण्डरया त्यो पीडा । मैले प्रदर्शन गरेको त्यो साहस । मेरो त्यो सुन्दरअनि कलात्मक प्रस्तुति, यस्तै यस्तै । जब वर्तमान जटिल बन्दै जान्छ, मान्छे भविष्य भुल्दै अतीततर्फ फर्किन थाल्छ । कहिले विगतसोंच्दै खिन्न हुन्छ त कहिले पुलकित । कहिले उदास हुन्छ त कहिले उत्साहित ।
किनकि खासमा मान्छेलाई अतीतको स्मृतिले सताउने गर्दछ । राम्रो होस् वा नराम्रो अतीतमा घटेका घटनाहरुले मान्छेको मनमस्तिष्कमा अड्डा जमाइरहेको हुन्छ । त्यसैले मान्छे अतीतबाट मुक्त हुन सक्दैन । अक्सरमान्छेका कुरा विगतबाटै सुरु हुन्छ । झन् गारोसारो पर्दा त विगतकै झल्को आउँछ रमान्छे इतिहासकै मृगमरिचिकामा अल्झिन पुग्दछ ।
फेरिसजिलो पनि भोलिको योजना भन्दा हिजोको कल्पना गर्नै हुन्छ । किनकि बितेको हिजो सम्झन जति सहज हुन्छ, अनिश्चित भोलिको चित्र निर्माण गर्न त्यत्ति नै कठिन छ । हिजो हामीले भोगेको हो तर, भोलि हाम्रो वशमा हुँदैन । अझ व्यवस्थापकीय दृष्टिकोणबाट भन्दा भोलिका बारे हामीसँग कुनै पनि सूचना वा पर्याप्त जानकारी हुँदैन, त्यसैले हामी भोलितिरहोइन, हिजोतिरै फर्किन सहज मान्छौं । किनकि हामीसँग हिजोको पर्याप्त सूचना, जानकारी रभोगाई हुन्छ ।
यो मान्छेको आम प्रवृत्ति हो । त्यसैले आज बिग्रियो भने भोलि सपार्ने अठोट गर्ने होइन, बरु हिजै ठिक थियो भन्ने सहज निश्कर्षतिरमान्छे पुग्छ । त्यसैले निराशाभाव बढ्दै जाँदा मान्छे अतीतमुखी भइदिन्छ रउसको मानसपटलमा विगतकै झझल्को आइदिन्छ ।
यस्तै केही अतीतमुखी टिप्पणी हेरौं । केही दिन अघि प्रभावशाली टेलिभिजन प्रस्तोताको छवि बनाएका भुषण दाहालले ट्वीट गरे –‘राजा वीरेन्द्रलाई धेरै कोणबाट सम्झिन्छन् नेपालीहरु । तर, मचाहिँ मुलुक जुन मोडमा पुगेरफसेको छ, आजका सत्ताधारीहरुलाई आह्वान गर्दछु, दुईटै छिमेकीहरुसँग मुलुकको हित हुनेगरी ५० वर्षे सन्धि गरौं । खाकाको अभाव हो भने राजा विरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव खोजे विष होइन, ओखती नै हुनेछ’
दाहालका अनुसारआजको समय सन्दर्भमा दुई छिमेकीहरुसँग हामीले राजनीतिक रकुटनीतिक हैसियत कायम गरी नयाँ मैत्रीसन्धि गरौं भन्ने भनाई सहि नै हो । यद्यपि हामीले बुझ्नुपर्ने कुरा भने चीन रभारतसँगको सम्बन्धमा हाम्रो परम्परागत व्याख्या कहाँनेरफेल भयो भन्ने हो । हामीले कुन धरातल अनि मानकका आधारमा सम्बन्धको परिभाषा गरेका छौं ? हामीले विगतमा दुईदेशीय सम्बन्धलाई हेर्ने नजरिया कस्तो रह्यो ? आज कुन दृष्टिकोणबाट हेरिनुपर्छ ? हाम्रा अन्तरदेशीय सम्बन्धका नयाँ आधारहरु के के हुन् ? यी प्रश्नहरुको नयाँ तरिकाले हल खोजिनु पर्छ ।
यदि हामीले पुरानै भौगोलिक वस्तुस्थितिकै आधारमा मात्रै सम्बन्धको व्याख्या गर्ने हो भने जस्तोसुकै सन्धि रसम्झौता गरे पनि हाम्रो हिनताबोध कम हुनेछैन । सबैभन्दा दुःखको कुरा हामीले हिनताबोधमै विगत बितायौं । दुई ठूला देश भनेका दुई ठूला अर्थतन्त्र पनि हुन् । दुई ठूला विश्व बजारहुन् । ती बजारबाट हामीले पनि लाभ लिनसक्छौं रलिनुपर्छ भन्ने मान्यताका साथ सम्बन्धको पुनःपरिभाषा जरुरी छ । यदि हामीले अन्तरदेशीय सम्बन्धको नयाँ आयाम खोतल्न सकेनौं रपुरानै दृष्टिकोणबाट सम्बन्धलाई परिभाषित गर्ने हो भने त्यसले हाम्रो बृहत्तरहित हुन सक्दैन ।
रह्यो कुरा शान्ति क्षेत्रको । नेपाल ‘अशान्ति क्षेत्र’ भएकै कारण प्रगति नभएको होइन शायद । शासकहरुको नालायकीका कारण प्रगति हुन नसकेको हो । हिजो राजतन्त्र थियो । पञ्चायत थियो । अनि बहुदलीय व्यवस्थासहितको प्रजातन्त्र पनि थियो । तर, यी सबै तन्त्रहरुले नेपालमा काम गरेन रहामीले गणतन्त्रका लागि संघर्ष ग¥यौं । अहिले गणतन्त्रमा पनि पुरानै राजनीतिक संस्कारहावी हुँदा यसले यथोचित परिणाम दिन सकेको छैन । अर्थात् गणतन्त्रको आभास आम नागरिकको घरदैलोमा पुग्न सकेको छैन । यसको मतलब यो होइन कि हिजो राजतन्त्र पुगेको थियो, पञ्चायतले गुल्जारगरेको थियो, अझ बहुदलीय प्रजातन्त्रले त उत्पातै मच्चाएको थियो !
कहिल्यै पनि शासन व्यवस्थामा गणतन्त्र जस्तो अब्बल अरु व्यवस्था हुन सक्दैन । हो गणतन्त्रलाई कसरी नागरिकको घरदैलोसम्म पु¥याउने भन्ने विषय चैं निकै महत्वपूर्ण छ । फेरिआजको २१ औं शताब्दीको मानव चेतनाको युगमा कुनै व्यक्ति वा वंशले शासन गर्ने पद्धति कुनै पनि मानेमा विकल्प हुन सक्दैन । त्यसैले अहिले केही अफ्ठेरो आइप¥यो भन्दैमा नोस्टाल्जिक भएरविगततिरै झुल्नु भनेको समय बर्बाद गर्नु हो । यसले विकल्प दिँदैन ।
त्यस्तै आफ्नो पेसागत जिम्मेवारी छाडेरवैकल्पिक राजनीतितिरलागेका पूर्वपत्रकाररविन्द्र मिश्रले ट्वीट गरे –‘डा तुलसी गिरी पञ्चायती निरंकुशताको जग हाल्नुभन्दा बीपीसँग मिलेरअघि बढेमात्र देशको आमूल रुपान्तरण सम्भव छ भनेरराजा महेन्द्रसँग अड्डी लिएको भए आज नेपाल नितान्त भिन्न हुनसक्थ्यो । र, गिरीको उचाई सगरमाथाजस्तै हुने थियो ।’
मिश्रजीको यो पनि अतीतमुखी सोंच नै हो । डा. तुलसी गिरी जसले पञ्चायती शासन व्यवस्थाको इन्जिनियरिङ्गकै जिम्मा लिएरकाम गरे उनैले बीपीसँग मिलेरकाम गरेको भए हुन्थ्यो भन्नु ‘बाघ मांशहारी भएकै कारण मृगहरु मारिए, त्यसैले बाघ साकाहारी भएको भए मृगहरु बाँच्थे’ भनेजस्तै हो । साकाहारी बाघको परिकल्पना गर्नु रतुलुसी गिरी अनि महेन्द्रहरुबाट लोकतन्त्रको सम्बद्र्धनको कल्पना गर्नु उस्तै हो ।
ठीक छ, महेन्द्रले त्यो बेला जसरी शासन गरे – उनले देशको हित नै चाहेका थिए रे ! तर, उनले लोकतन्त्र रराजनीतिक स्वतन्त्रताको मूल्यमा आफ्नो शासनसत्ता चलाएका थिए । अनि आफैंले घोषणा गरेको हावापानी रमाटो सुहाउँदो विकासको मूल त नफुट्दै सुकेको यथार्थलाई चाहिं कसरी भुल्न सकिन्छ ? महेन्द्रको महिमागान गाउँदै गर्दा उनले स्थापना गरेका पञ्चायती व्यवस्थाले भर्खरै मात्र पलाएको लोकतन्त्रको विरुवालाई कसरी निमोठियो ? यसमा पनि बहस गरिरहनुपर्छ र?
आफ्नै जीवनकालमा पञ्चायतदेखि गणतन्त्रसम्मको राजनीतिक व्यवस्थाबाट लाभैलाभ हासिल गरेका अर्का चतुरराजनीतिक खेलाडी कमल थापाले अझ राजतन्त्र रलोकतन्त्रलाई सँगसँगै लैजानुपर्ने तर्क गर्द ट्वीट गरे –‘आखिरराजासहितको लोकतन्त्रमा जाँदा के बिग्रिन्थ्यिो र? विगतका कमजोरी हटाई संविधान रसंसदको परिधिभित्र रहने राष्ट्रिय एकताको प्रतीकको रुपमा राजसंस्था कायम राख्दा देशलाई राम्रै हुने थियो । राजादेखि माओवादीसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रबारे पुनर्विचारगर्ने बेला भयो कि ?’
ठीक छ, अझैपनि राजतन्त्रकै वकालत गरेरराजनीति गर्छु भन्न पाइन्छ । आफूले कल्पना गरेको व्यवस्थाका लागि संघर्ष गर्नु नाजायज होइन । तर, राजतन्त्रलाई नै आदर्श मान्नेले गणतान्त्रिक मुलुकको संविधान अनुसारसपथ खाएरलाभको पदमा बस्नु कुन नैतिकता हो ? संविधान समातेरसपथ खानु अनि त्यही संविधानविपरीत हुनेगरी अझै पनि राजसंस्थाकै वकालत गर्नुले राजनीतिक दिवालियापनकै संकेत गर्दछ । यो त गैरराजनीतिक रअवसरवादी चरित्र हो । अनि भावनाले राजनीति धान्ने कलुषित चेष्टा । यस्तो सोचले अबको विकल्प सुझाउने कुरै भएन ।
यी केही प्रतिनिधि घटनाहरु हुन् जसले अतीतमुखी चरित्रलाई उजागरगरिदिएको छ । यद्यपि अतीतमुखी सोंचले सुन्दरभविष्यको मार्गचित्र तय गर्न सक्दैन । अतीतमुखी चिन्तन रव्यवहारले भावनात्मक रुपले प्रभावित पार्न त सकिएला तर, ठोस रुपमा भविष्यतर्फको विश्वास दिलाउन सकिँदैन । अनि अब आउने भनेको भोलि हो, हिजो होइन ।
त्यसैले बिर्सन नहुने महत्वपूर्ण कुरा चाहिं के छ भने आजको विकल्प किमार्थ हिजो हुन सक्दैन । आजको विकल्प भोलि हो । आज बिग्रियो भने भोलि सपार्ने अठोट नै सही कदम हो । त्यसैले अतीतमुखी दृष्टिकोणलाई भविष्यमुखी बनाएरहेर्नुपर्छ । अतीतमुखी चस्माको नजाराले सुन्दरभविष्य चियाउन सक्दैन । वर्तमानको जटिलता चिर्दै सुन्दरभविष्यको चित्र कोर्न भविष्यमुखी टेलिस्कोप आवश्यक हुन्छ, अतीतमुखी चस्मा होइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार