ईन्टरनेशनल ईनरह्वील डे मनाईयो

बुटवल । ईनरह्विल क्वल अफ लुम्बिनी भैरहवा, ईनरह्विल क्लव अफ बुटवल र ईनरह्विल क्लव मिडटाउन बुटवलको आयोजनामा ईन्टरनेशनल ईनरह्विल डे मनाईएको छ ।
बुटवलमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ईन्टरनेशनल ईनरह्वील डे मनाईएको हो ।

सन १९२४ जनवरी १० बाट शुरु भएको ईनरह्विल क्लवको ईनरह्विल डेको रुपमा १९६९ बाट शुरु गरीएको हो ।

बुटवलममा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेबी आचार्यले महिलाहरु अब घर भित्र मात्र सिमित नभई अब बाहीर पनि आउन आवश्यक रहेको बताईन् ।
उनले महिलाहरु केही गर्न सक्दैनन् भन्ने मान्यतालाई ईनरह्विल क्लवले हटाएको तर अझै पनि परिवतर्नका कार्यहरु गर्न आवश्यक रहेको बताईन् ।

कार्यक्रममा बोल्दै ईनरह्विल क्लव अफ लुम्बिनी भैरहवाकी संस्थापक अध्यक्ष ज्ञानु पौडेलले सबै क्लवमा आबद्द महिलाहरु नै भएकोले महिलाहरुको क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको ओल्याएकी थिईन् । उनले क्वलबाट हुने क्रियाकलापबाट धेरै कुराहरु आशा गर्न सकिने बताईन् ।

कार्यक्रममा ईनरह्विल क्लव अफ मिडटाउन बुटवलकी चार्टड प्रेसीडेन्ट आशा श्रेष्ठले बोल्दै सबै ईनरह्विलहरु एक भएर काम गर्नको लागी सबै तयार हुनु पर्नेमा जोड दिएकी थिईन् ।
कार्यक्रममा बोल्दै ईनरह्वि क्लव अफ बुटवल अध्यक्ष मुना जोसीले सबै मिलेर जाँदा महिलाहरुको क्षमता बृद्विका लागि कुराहरु भईरहेको बताईन् । उनले क्वलले आफ्ना सदस्यहरुलाई नयाँ नयाँ कार्यमा उत्प्रेरीत गर्दै आईरहेको बताईन् ।

यस्तै कार्यक्रममा बोल्दै ईनरह्विल क्लव अफ लुम्बिनी भैरहहवा अध्यक्ष बिना अग्रवालले ईनरह्विलको पृष्ठभुमिको बारेमा बताउँदै क्लवले महिलाको क्षमता बृद्विका कार्यहरु गरीरहेको बताईन् ।

यस्तै बसुन्धरा कसजु इनरव्हिल क्लब अफ वुटवल संस्थापक अध्यक्षले क्वलमा हुने बिभिन्न क्रियाकलापले आफ्नो क्षमता बिस्तार संगै नयाँ नयाँ कामको लागि पनि थालनिको बिकास हुनु पर्ने बताईन् ।

कार्यक्रममा बोल्दै ईनरह्विल क्वल मिडटाउन बुटवल अध्यक्ष राधा भट्टराईले महिलाहरु घरायसी काममा मात्रै ब्यस्त रहँदा निकै समस्या रहेको बताउँदै अब क्रियाशिल भएर समाज सुधारकको काममा लाग्नुपर्ने बताईन् । उनले यसले आफुमा आत्मक्षमतामा बृद्वि हुने बताईन् ।

यस्तै कार्यक्रममा इनरव्हिल कल्ब ट्यालेण्ट सो पनि प्रर्दशन गरिएको थियो । जसमा इनरव्हिल कल्व अफ मिडटाउन वुटवलकी रञ्जु गौतम प्रथम, इनरव्हिल कल्व अफ लुम्बिनी भैरहवा कि सबिता तुलाधर दोस्रो, इनरव्हिल कल्व अफ वुटवलकि सरस्वती श्रेष्ठ तेस्रो र इनरव्हिल कल्व अफ वुटवलकि निरा वझाले सान्तवना स्थान हासिल गरेकि थिइन।

पत्रकार अर्याललाई सम्मान

ईनरह्विल संघर्षशिल महिला पुरस्कारबाट पत्रकार ईन्दिरा अर्याललाई सम्मान गरेको छ ।
ईन्टरनेशनल ईनरह्विल डेको अवसरमा बुटवलमा भएको कार्यक्रममा पत्रकार अर्याललाई सम्मान गरीएको हो ।

उनलाई बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेबी आचार्य तथा आयोजक ३ क्वल अध्यक्षहरुले सामुहिक रुपमा सम्मान गरेका हुन् ।

उनलाई दोसल्ला ओढाएर तथा प्रमाण पत्र र मायाको चिनोले सम्मान गरीएको हो ।

ईनरह्विल क्वल मिडटाउन बुटवल अध्यक्ष राधा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सोही क्लबकी सचिव मिठु भण्डारीले गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार