एकदिने वालिका आत्मरक्षा तालिम सम्पन्न

बुटवल । समाजमा बढ्दै गएको यौन जन्य हिंसा र बलत्कारका घटनाहरु माथी प्रतिकार गर्नका लागी बुटवल उपमहानगरपालिका १ मा रहेको सरस्वती आधारभुत विद्यालयका छात्राहरुलाई एक दिने आत्म रक्षा तालिम सम्पन्न गरिएको छ ।

इनरव्हिल क्लव अफ मिडटाउन बुटवलको आयोजना र सरस्वती आधारभुत विद्यालयकाको समन्वयमा कार्यक्रम आयोजना गरीएको हो ।

कक्षा ५ देखी आठ सम्मका छात्राहरुलाई यदी आफुमाथी कसैले यौनजन्य हिंसा गर्न खोज्दैछ भने त्यसको प्रतिकार कसरी गर्ने र आफूले आफुलाई कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा तालिम प्रदान गरीएको आयोजकले बताएको छ ।

कार्यक्रमको सहजीकरण लामो समयदेखी आत्मरक्षा तालिमको सहजीकरण गरीरहेकी वालिका चौधरीले गरेकी थिईन् ।

कार्यक्रममा बुटवल १ का वडा अध्यक्ष महेन्द्र लिगलले हालका दिनहरुका बालिका माथी हुने यौनजन्य हिंसा र बलत्कार जस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गएकाले प्रत्येक बालिकाहरुलाई यो तालिम प्रदान गर्नु पर्ने आवश्यकता देखीएको बताए ।

उनले यस तालिमले बालिकाहरु कस्तो कस्तो अवस्थामा हिंसामा पर्न सक्छन् र परेको खण्डमा कसरी आत्मरक्षा गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने भएकाले यो तालिम निक्कै फलदायी महशुस गरेको बताए ।

त्यस्तै विद्यालयका प्रअ तुल्सीराम शर्माले तालिम यस विद्यालयका छत्राहरुकालागी महत्वपूर्ण भएको यस तालिमले गर्दा आगामी दिनमा हरेक छात्रा हरु आत्मरक्षाकालागी सक्षमहुने बताए ।

कार्यक्रमा बोल्दै क्लबका अध्यक्ष राधा अधिकारी भट्राईले यस क्लवले लामो समयदेखी रुपन्देही जिल्लामा रही सामाजिक कामहरु गर्दै आईरहेको सन्दर्भमा अवको आगामी दिनमा रुपन्देही जिल्लाका अन्य विद्यालयहरुमा पुगी बालिकाहरुलाई आत्मरक्षा तालिम प्रदान गर्न लागेको जसअनुसार पहिलो पटक यस विद्यालयबाट सुरुवात गरेको बताईन् ।

उक्त कार्यक्रममा इन्नरव्हिल क्लव अफ बुटवलका अध्यक्ष मुना जोशी, पूर्व अध्यक्ष तृष्णा श्रेष्ठ लगायतकाले बोलेका थिए भने कार्यक्रमको सञ्चालन सचिब मिठु भण्डारीले गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार