किताबी ज्ञानले मात्रै अहिलेको राष्ट्रको आवश्यकता पुरा गर्न सक्दैनः बराल

बुटवल । बिगत लामो समयदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको यसक्षेत्रकै पुरानो बिद्यालय मध्ये एक मानिने कान्ति माध्यमिक बिद्यालयले ६५औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ सामाजिक विकास मन्त्री सुर्दशन बरालले गुणस्तरिय तथा सिपमुलक शिक्षा आजको आवश्यकता रहेको बताउदै खाली किताबी ज्ञानले मात्रै अहिलेको राष्ट्रको आवश्यकता पुरा गर्न नसक्ने बताउनु भयो । सोही अवशरमा मन्त्री बरालले विद्यालयले प्रकाशित गरेको कान्ति दर्पण २०७५ को विमोचन समेत गर्नु भएको थियो ।
प्रदेश नं ५ का शिक्षा निर्देशक जीतबहादुर शाहले विद्यालय भनेको विद्यार्थीहरुको भविषय निर्माण गर्ने थलो भएको हदाँ उनिहरुको रुचि र स्वभावमा केन्द्रित रहि शिक्षा प्रदान गर्नु पर्ने धारणा राख्नु भएके थियो ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष्य एवं वडा नं ४ का वडा अध्यक्ष टंकप्रसाद पराजुलीले बुटवलको शैक्षिक विकासमा यस विद्यालयको महत्वपूर्ण योगदान रहेको र अझै पनि शैक्षिक प्रगतिका लागि धेरै कामहरु गर्न बाकी रहेको बताउनु भयो । कार्यक्रममा पूर्व विदालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाई, बुटवल उपमहानगरपालीकाका शिक्षा प्रमुख लोकराज पन्थी, कालिका माविका प्राचार्य घनश्याम पाठक, नेपाल शिक्षक महासंघका अध्यक्ष दिल्लीराज भण्डारी, शिक्षा पत्रकार तथा अक्ष्यकोष दाता कृष्ण मल्ल लगाउतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेकानन्द शर्माले शिक्षाको विकासमा व्यवस्थापन समिति सक्रिय रहेको धारणा राख्नु भएको थियो । विद्यायका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ठ नतिजा ल्याउन सफल विद्याथीृहरु, उत्कृष्ठ योगदान पुराउने शिक्षक कर्मचारीहरुलाई समेत सो अवशरमा सम्मान गरिएको थियो । कान्ति मा.वि.ले वितरण गर्दै आएको अक्ष्यकोषदाताको अक्षयको रकमको व्याजबाट संकलीत रकमलाई उत्कृष्ठ नतिजा ल्याउने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई वितरण गरिएको थियो । कार्यक्रमको संचालन सह–प्रार्चाय द्धय चुडामणी पौडेल, केदारनाथ ज्ञवाली, शिक्षक द्धय राजेन्द्र पौडेल र लिधर पाण्डेले संचालन गर्नु भएको थियो । विसं. २००८ सालमा स्थापना भएको विद्यालय यस क्षेत्रकै पुरानो मध्येको विद्यालयले समयसापेक्ष शैक्षिक योगदान दिदै आएको छ । विद्यालयमा बाल शिक्षा देखी १२ सम्म करिब ३ हजार विद्यार्थीहरु र १ सय ८ जना शिक्षक कर्मचारी रहेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार