पाल्पा माथागडि रुपन्देही सम्पर्क समाजको अधिवेसन

बुटवल। पाल्पा माथागडि रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका बनबाटिकामा सम्पन्न कार्यक्रममा समाजको नयाँ कार्यसमिति समेत निर्वाचित भएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्यालले बोल्दै समाजले सकारात्मक कार्य गर्दै नयाँ उदाहरण निर्माणकको भूमिकाको रुपमा कार्य गर्नु आवश्यक रहेको बताईन् । यस्तै पाल्पाको माथागडि गाउँपालिका अध्यक्ष सन्तोष थापाले बोल्दै समग्र गाउँपालिकको बिकासको लागि सम्पर्क समाजको भूमिका महत्वपूर्ण हुने बताए ।

समाजको नवनिर्वाचित समितिको अध्यक्षमा ईन्द्र प्रसाद भट्टराई, उपाध्यक्षमा ध्रुव प्रसाद कोईराला, सचिवमा राजन नेपाल, कोषाध्यक्षमा डिएस भट्टराई, सह–सचिव मनोज अर्याल लगायत १३ सदस्यहरु निर्वाचित भएका हुन् ।

राजेन्द« जिसीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

ध्रुव प्रसाद कोईरालाको स्वागत मन्तब्य तथा ईन्द्र प्रसाद भट्टराईको अध्यक्षता तथा राजन नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार