हिसांको अन्त्य आफै बाट हुनुपर्ने कार्यक्रममा बोल्ने वक्ताहरुको भनाई

वुटवल । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा महिला बाल अधिकार संजाल रुपन्देहीले लिंगको आधारमा गरिने हिंसाको समग्र अवस्था विषयक अनतरक्रिया सम्पन्न गरेको छ । लैंगिक हिंसाको अवस्था हाम्रो समाजमा हिजो के थियो  आज के छ  र अब भोलिका दिनहरुमा कसरी अगाडि भन्ने विषयमा आधारित रहि कार्यक्रम बक्ताहरुले बोलेका छन ।

कार्यक्रममा बोल्दै ५ न प्रदेशका उपसभामुख कृष्णी थारुले हिंसाको सुरुवात घरबाटै हुने भएकाले अन्त्यका लागि सुरुवात पनि घरका सदस्यले नै गर्नुपर्ने भन्दै हिंसा मानव अधिकार हननको विषय भएकाले यसको अन्त्य जरुरी रहेको थारुले बताईन।

उनका अनुसार पुराना मूल्य मान्यतामा पनि परिवर्तन जरुरी रहेको र लैंगिक हिंसा मानसिक, सामाजिक , सांस्कृतिक तथा शारिरीक जुन सुकै खालका पनि हुने भएकाले हरेक खालका हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिइन।

यस्तै कार्यक्रममा बोल्दै  मानव अधिकार आयोग प्रदेश न ५ का प्रमुख पवन कुमार भट्टले हरेक हिंसाको अन्त्यका लागि सरोकारवाला बीच छलफल र लक्षित समूहमा जनचेतना जगाउन जरुरी रहेको बताए  । यस्तै मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति डि पी खनालले लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछिको अवस्थामा हिंसाजन्य घटना बढ्दै जानु खतराजनक भएकाले यसको निर्मूल आवशयक रहेको बताए  । महिला बालअधिकार संजाल रुपन्देहीका संयोजक समिता मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईन्सेक रुपन्देहीका प्रतिनिधी रिमा विसीले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न क्षेत्रमा हुने हिंसाको खोजी र निराकरण जरुरी रहेको बताइन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वय तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न संस्थाका करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले गरेकि थिइन्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार