अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

  • ‘अपाङ्गमैत्री प्रदेश बनाउन हातेमालो’
  • बुटवल। प्रत्येक वर्षको डिसेम्बर ३ तारिखको दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रदेश ५ मा पनि मनाइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ कमिटी र सामाजिक विकास मन्त्रालय प्रदेश ५ को संयुक्त आयोजानमा बुटवलमा प्रदेश स्तरीय २७ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।
    “अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र समावेशिता र समानताको सुनिश्चितता’ र राष्ट्रिय नारा “मलाई गणना गर, समावेश गर’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
    बुटवलको राजमार्ग चौरहाबाट व्यान्ड बाजासहित सुरु भएको विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको ¥याली मुख्य मन्त्री निवास नजिकै राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ को कार्यालय परिसरमा गएर सभामा परिणत भएको थियो ।
    ¥याली पश्चात आयोजना गरिएको सभालाई सम्बोधन गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अपाङ्ग मैत्री प्रदेश बनाउनको लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राखे । हरेक अपाङ्गता भएका व्यक्तिहरूमा फरक प्रकृतिको क्षमता हुने भन्दै मन्त्री बरालले राज्यले उनीहरूको विशेष क्षमतालाई पहिचान गरी क्षमताको उचित कदर र उचित अवसर प्रदान गर्नेमा ढुक्क हुन आग्रह गरे । उनले हजारौँ चुनौतिको सामान गर्दै व्यक्ति सफल हुने भन्दै उक्त सफलताको पाटोमा अपाङ्गता भएका व्यक्तिहरूको क्षमता साच्चै नै अनुकरणीय भएको बताएका थिए ।
    उनले भने– ‘अपाङ्गता भएका व्यक्तिहरूलाई मूलधारमा ल्याउनको लागि हरेक सचेत नागरिकहरूले साथ दिनुपर्दछ, राज्यस्तरबाट हुने अवसरमा कुनै पनि कमी हुन दिने छैन ।’ अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रदान गर्ने विषय लगायत उनीहरूको राज्यले प्रदान गर्ने सेवा सुविधा, रोजगारीका अवसरहरूमा प्राथमिकता दिने प्रतिबद्धतासमेत जनाएका थिए ।
    अपाङ्गमैत्री कानुन निर्माणको क्रममा प्रदेश सरकार रहेको भन्दै उनले कानुन कार्यान्वयनसँगै अपाङ्गमैत्री प्रदेश प्रदेश नम्बर ५ घोषणा गरिने समेत बताएका थिए । यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश ५ का सचिव कृष्ण प्रसाद ज्ञवाली, ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख सुशील वैद्य, सामाजिक विकास मन्त्रालय प्रदेश ५, महिला तथा बालबालिका जेष्ठ नागरिक महाशाखा प्रमुख सुशीला पन्थ, गैसस महासघ प्रदेश सचिव गोविन्द प्रसाद रेग्मी, संघीय अनुसन्धान समितिका सदस्य गोकर्ण प्रसाद आचार्य, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ अध्यक्ष देवीदत्त आचार्य, प्रदेश उपाध्यक्ष शारदा भट्टराई, सचिव हुमनाथ अधिकारीलगायतले बोलेका थिए । सोही कार्यक्रममा नेपालमा नै पहिलो पटक बहिरोपना भएका व्यक्तिहरूले नृत्यसमेत प्रस्तुत गरेका थिए भने एउटा खुट्टा मात्रैले संगीता चौधरीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार