अपाङ्गता र दीगो विकास

विकासका मूल खेमाहरूमध्ये शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक विकासका साथै सशक्तिकरणले मुख्य महत्व राखेको छ । अहिलेको बदलिंदो राजनैतिक परिवर्तनसँगै देशका प्रत्येक नागरिकहरूको विकासका मूलधारमा पहुँच हुने आशा पलाएको छ । समग्रमा व्यक्तिमा ज्ञान, सीप र चेतनामा बृद्धि भएपनि दिगो विकासका लागि नितान्त आवश्यक समूहको पहिचानका साथै बृद्धि विकासकालागि विषय विशेषज्ञको अझै अभाव भएको हामीले महसुस गरेका छौं । समाजलाई अगाडि बढाउने प्रत्येक नागरीकको उतिकै भूमिका रहेको जानकारी हामी सबैलाई सर्वविदितै छ तै पनि अपाङ्गता भएका व्यक्तिहरू त्यसमा पनि अधिकांश अति अशक्त एवम् पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूको अवस्था दयनीय नै छ । अपाङ्गता महिला तथा बालबालिकाहरू त झनै दोहोरो विभेदको शिकार बन्न विवश छन् । व्यक्तिगत, पारिवारिकका साथै समाजको नकरात्मक सोंचका कारणले मात्र नभई राज्यबाट पनि यस्ता समूहलाई उपेक्षा गरेको अवस्था छ ।आएका केही नीतिनियमहरूमा अधिकारका कुरा गरे पनि यसको कार्यान्वयन पक्ष एकदमै फितलो छ । तर केही वर्ष यता सरकारी एवम् गैरसरकारी क्षेत्रबाट भएका प्रयासहरूको परिणाम स्वरूप अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा केही हदसम्म सकारात्मक परिवर्तन भएको र आय आर्जनका लागि विभिन्न सीपमूलक तालिमहरू दिई व्यवसाय गर्न प्रेरित गरिएको जसको फलस्वरूप उनीहरूको आर्थिक स्थितिमा सुधार हुने क्रम बढेको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार, ५ नम्बर प्रदेशको कुल जनसंख्या ४४९९२७२ मध्ये ८५२७६ जना व्यक्तिवा १.८९५कुनै नकुनै कारणबाट अपाङ्गता भएका छन् । तर हाल विश्व स्वास्थ्य सँगठनको प्रतिवेदन अनुसार विश्वमा करिब १५५अपाङ्गता भएका व्यक्तिहरू रहेका अनुमान गरिएको छ भन्ने तीमध्ये ८० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू विकासोन्मूख देशहरूमा रहेको तथ्यपनि सार्वजनिक भएकोले हाम्रो जस्तो विकासोन्मुख देशमा पनि माथि उल्लेखित अपाङ्गताको दर हुने तथ्यलाई नकार्न सकिन्न । त्यसै अनुसार अनुमान गर्दा निकै ठूलो सँख्यामा अपाङ्गता भएका व्यक्तिहरू यस प्रदेशमा पनि रहेको पुष्टि हुन्छ ।
यति धेरै संख्यामा रहेका यी व्यक्तिहरूलाई मूलधारमा नल्याईकन समृद्ध नेपालको नारा यथार्थमा उतार्न सम्भव छ ?यी सम्भाव्यताका उत्तरहरू सारा नेपालीले खोजिरहेका छन् । कति नाराहरू वर्षै पिच्छे आए गए तर अवस्थामा खासै परिवर्तन भएको देखिएन,ती नाराहरूको सुन्दा, पढ्दा अति नै अर्थपूर्ण लाग्छ तथापि यसले व्यक्तिमा खोजिएको परिवर्तन पक्कै पनि आएको छैन । जिम्मेवार व्यक्ति, समाज, सँघ संस्था र उत्तरदायित्व बोकेका राज्यले कहिले यसमा गम्भीरताका साथ अवलम्बन गर्ने । सकारात्मक परिर्वतनको आशा बोकी यो वर्ष २०१८ को अन्तर्राष्ट्रिय नारा “अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितता” रहेको छ भने राष्ट्रिय नारा“मलाई गणना गर, समावेश गर” रहेको छ । जसलाई हामी आआफ्नो तर्फबाट सहयोग गरौं र सफल पारौं । यी दुईवटै नारालाई केलाएर हेर्दा हामी कुन अवस्थामा छौं भनेर पनि देखाउँछ ।
अपाङ्गता र गरीबीको चक्रलाई जबसम्म हटाइँदैन तबसम्म वास्तविकअधिकारलाई सुनिश्चित अथवा गुणात्मक जीवनतिर उन्मुख हुँदैन किनकि जहाँ अपाङ्गता छ त्यहाँ गरीवी पनि छ भन्ने यसको ठ्याक्कै उल्टो जहाँ गरीबी छ । त्यहाँ अपाङ्गता हुने सम्भावना धेरै छ । पिक्चर १ मा देखाएजस्तै यी दुई बीचको चक्रलाई तोड्नु पर्छ ।
त्यसैले सही तथ्याँकको अत्यन्त जरुरी सबै तहले महसुस गरेपनि यसको नेतृत्व लिने पक्ष कमजोर रहेको छ । तथापि दिगो विकासका लक्ष्य पूरा गर्न अथवा नेपालको सँविधानमा उल्लेखित अधिकारहरूलाई साश्वत बनाउन समावेशी त्यसमा पनि भबखभ लय यलभ दभजष्लम” कोही पनि पछाडि नछुटून भन्ने नारालाई सार्थक बनाउनु पर्ने अवस्था छ ।
धेरै किसिमका अपाङ्गतालाई अहिलेको नयाँ प्रविधिले यदि समयमै पहिचान हुँदो हो भन्ने यसको व्यवस्थापन गरी जीवनस्तरमा वा दैनिकीमा अमूल सकारात्मक परिवर्तन ल्याउन सम्भव पनि छ । त्यसैले सेवाप्रदायक संस्थाको मूल्याङ्कन अथवा अनुगमन राज्यबाट हुनु पर्ने र सक्दो यस्ता जीवन परिवर्तन हुने सेवाबाट पूर्ण लाभ लिन सेवाग्राहीको पहुँचलाई सरल बनाउन सबैको सामुहिक पहल हुन जरुरी छ ।
मुलुक सङ्घीय संरचनामा प्रवेश गरेसँगै केन्द्रको अधिकार समेत स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने काम भइरहेको छ । यस्तो परिस्थितिमा स्थानीय तहमा रहेका स्रोत साधनलाई विभिन्न सरोकारवालाहरू वा विशेषज्ञताको सामेल गर्दै समन्वय अनि सहकार्यमा योजनाबद्ध ढङ्गबाट काम अगाडि बढाउनु पर्ने एक किसिमको चुनौती हुनुका साथै अवसर पनि छ ।
ँष्नगचभ ण्द्द
समाजका जोखिममा परेका व्यक्तिहरूमध्ये अपाङ्गताभएका व्यक्तिहरू पनि मूलधारमा रहेका छन, साँच्चै यदि यी व्यक्तिहरूलाई विकासका मूलधारमा ल्याएर दिगो विकास गर्नु छ भने फिगर २ मा देखाइएको हरेक पाईलामा यी व्यक्तिहरूको यथार्थपरक संलग्ता खोज्नु अत्यन्तै जरुरी छ ।
अपाङ्गता व्यवस्थापनकै क्रममा अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाद्वारा अहिलेसम्म नेपालको विभिन्न जिल्लाबाट करिब ८३ हजार अपाङ्गता भएका बालबालिकाहरूले प्रत्यक्ष चिकित्सीय र पुनःस्र्थापनका सेवाहरू लिई सकेका छन् ।
त्यसमध्ये धेरैको जीवन स्तरमा सकारात्मक परिवर्तन भई सामान्यतया गुणस्तरीय जीवन व्यतीत गर्न सफल भैसकेका छन् । यसै कार्यक्रमको निरन्तरताको लागि तीन वटा जिल्ला (रूपन्देही, गुल्मी र अर्घाखाँची) मा केन्द्रित भएर सक्षम परियोजना २०१७ देखि २०२१ सम्म लागू गरिएको छ भन्ने सेवाविस्तारकै क्रममानेपालगँजमा पनि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेका छौ । यी स्थानबाट अपाङ्गता भएका बालबालिकाहरूले चिकित्सीय सेवा,फिजियोथेरापी, सहायक सामग्री, गृहभेट र परामर्शका साथै एकीकृत पुनःस्थापनका क्रियाकलापहरूमार्फत सेवा प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार