जन्मदिन मनाउने संस्कृति

हाम्रो संस्कृति बडो रमाइलो छ । यो रमाइलोभित्र अर्थपूर्णता पनि उत्तिकै छ । सतही रूपमा हेर्ने हो भने हाम्रा साँस्कृतिक क्रियाकलाप फगत रमाइलो, केटाकेटी खेलेजस्तो देखिन्छ । अर्थ न बर्थको अन्धानुकरणजस्तो देखिन्छ । तर गहिरिएर हेर्दा संसारका सबै छेउकुना र विकासपथका, विज्ञानपथका, आधुनिकताका मार्गदर्शक छन् हाम्रा संस्कृतिका स्वरूप र यिनीहरूका अन्तर्वस्तु । धेरै समर्थक वा अनुयायी हुनु नै सारगर्भित हुनु त होइन, तर हाम्रो संस्कृतिमा रहेका अन्तर्वस्तु कालजयी छन्, मृत्युञ्जयी छन् । मानिस दिनदिनै मरिरहेका छन्, तर समाज रित्तिएको छैन । अनेकौं प्रकारका भौतिक विकासले चमत्कार गरिरहेको छ, सुखभोग बढिरहेको छ, तर सन्तुष्टि नाप्ने नापो मानिसको उही मन मात्रै हो, फेरिएको छैन । भौतिक प्राप्ति सुखको ‘कारण’ हुनसक्छ, तर सन्तुष्टिको मानक हुन सक्दैन । सन्तुष्टि त मानिसको मनले नाप्छ— हिजो, आज र भोलि पनि यस्तै रहनेछ । ‘वस्तु नष्ट हुँदैनन्, उनीहरू रूपान्तरित हुन्छन्’ भन्ने विज्ञानलाई समातेर भन्ने हो भने भन्न सकिन्छ— ‘देश—काल फरक हुन सक्छ, तर संस्कृतिको सार उही रहन्छ ।’ व्युत्पत्तिक र सान्दर्भिक अर्थ धेरै लाग्न सक्दछ, वास्तवमा सजिलो शब्दमा भन्ने हो भने संस्कृतिको सार भनेको सामाजिक स्मरणशीलता हो । यसको आयोजन स्मरणशीलताको जीवन्तताको लागि हो । हाम्रो संस्कृतिका अनेकौं आयोजनहरूले यिनै विषयहरूलाई स्मरणशीलतामा सुरक्षित गर्न भूमिका खेलिरहेका हुन्छन् । यिनै संस्कृतिमध्येको एक हो— जन्मोत्सव । मानिसको जीवनमा जन्म स्वयं एउटा उत्सव हो । मानिसले मात्रै होइन, सम्पूर्ण सजीव प्राणीले जन्मलाई हर्षको विषय मान्दछ । किनभने जन्म नै जीवनको प्रारम्भ हो । जीवन प्रिय नहुने कोही हुँदैन । सबैले आफ्नो जीवनलाई प्रिय मान्दछ । जीवनप्रतिको अनुरागले संसारमा सबैलाई आशावादी बनाउँछ । त्यसैले हाम्रो समाजमा मात्रै होइन, प्रायः सबै समाजमा जन्मदिन मनाउने चलन छ । अरू समाजले जन्मदिनलाई जे मानेर मनाएको भए पनि हाम्रा समाजले जन्मलाई सम्पूर्ण जीवनसँग एकाकार गरेर हेर्छ ।
मानिस र अन्य प्राणीसमेत जन्मेपछि आप्mनो दीर्घजीवनको आशा र कामना गर्दछन् । कामना कर्मको आधार हो । कर्म सफलताको सोपान हो । सफलता सन्तुष्टिको माध्यम हो । सन्तुष्टि जीवनको उत्कर्ष हो । यही उत्कर्ष प्राप्तिका लागि मानिस सङ्घर्षमा हुन्छ । अरू प्राणी कामना, कर्म, माध्यम, सफलता र सन्तुष्टिको कालक्रमका बीचमा त्यति लामो दुरी रहँदैन होला, जति मानिसमा रहन्छ । मानिसका सफलतामा अन्य मानिसहरूको पनि शुभेच्छा, सहयोग, सहानुभूति, सहकार्य रहेको हुन्छ । यहीँनेर मानिसले आपूmले प्रत्यक्ष नदेखेका पक्षहरूको पनि साङ्केतिक, प्रतीकात्मक शक्तिहरूको सान्निध्यको अपेक्षा गर्दछ । यिनीहरू नै ग्रह, नक्षत्र, देव—देवी, ऋषि, पूर्वज आदि हुन् । कसैकसैले यी सबैलाई काल्पनिक मानेर यिनको सान्निध्यको अपेक्षालाई ‘वाहियात्’ मानेका पनि हुनसक्दछन् । तर पनि कामनाको कामना थाप्न र कामनाको कामना गर्न भने कसैले छोडेका हुँदैनन् । केही नै नहुने भए पनि जन्मदिनको शुभकामना दिएकै हुन्छन्, शुभेच्छा प्रकट गरेकै हुन्छन् र शुभेच्छा प्राप्त गरेकै हुन्छन् । यदि यस्तो हुन्छ नै भने यसका विधि पनि हुन्छन् भनेर मान्न कर लाग्छ । विधि नै हुन्छ भने त्यसको औचित्य पनि स्वीकार्नै पर्ने हुन्छ । औचित्य स्वीकार गरिसकेपछि स्वीकार गर्न बाँकी नै केही रहँदैन । त्यसैले जन्मदिनको महत्व छ, विधि छ, औचित्य छ र सर्वस्वीकार्यता पनि छ । जन्मेको दिन माता—पिताको सङ्कल्प र कामना पूरा भएको दिन हो । बाल्यकालमा माता—पिता, आफन्तले मनाइदिने जन्मोत्सव वहाँहरूकै खुसियालीको निरन्तरता हो । हुर्कि–बढिसकेपछि मनाइने जन्मदिन जीवनको पहिलो दिनको सम्झना हो । उमेरको स्मरण हो । सफलताहरूको मापनको माध्यम हो । दायित्व तथा सफलताहरूका लागि सङ्कल्प लिने दिन पनि हो । हाम्रो समाजमा जन्मोत्सव मनाउने चलन पुरानो चलन हो । मानिसको आर्थिक, सामजिक अवस्थाले यस दिनलाई सबैले उत्सव बनाउन नसकेपछि क्रमशः यो चलनको गति मन्द हुँदै आयो । राजा, राजपरिवार, ठूलाबडाहरूका जन्मोत्सव मनाइइरहे । पछिल्लो कालमा क्रमशः यो चलन गच्छे अनुसार हुने गरी सबैका घरघरमा पुनर्जागृत हुँदै आएको पाइन्छ । हो, वास्तवमा जुनकुनै कार्यको शुभारम्भ र त्यसको वार्षिकोत्सव मनाएजस्तै हो— जन्मदिन मनाउनु पनि । यसले पुनर्ताजगी दिन्छ । वचनबद्धता प्राप्त गर्दछ र स्वयं पनि वचनबद्ध हुन्छ । हाम्रो धर्म—संस्कृतिमा यसबारे व्यवस्था छ ।
मानिसका लागि सबैभन्दा मुख्य मानिस आपूm स्वयं नै हो । मानिस आपूm स्वयं छैन भने उसका लागि केही पनि छैन । मानिसले सामान्य सुख चाहने भनेको होस् वा स्वर्ग प्राप्ति, त्यो आफ्नै लागि हो । मानिसले चाहना गर्ने सबै परिवर्तन वा रूपान्तरणहरूको मुख्य विषय पनि आप्mनै सन्तुष्टिका लागि नै हो । मानिस सुख चाहन्छ । मानिस सन्तुष्टि चाहन्छ । मानिस खुसी चाहन्छ । मानिस स्वर्ग चाहन्छ । मानिस विजय चाहन्छ । मानिस ठूलो मानिस हुन चाहन्छ । मानिस सबैको गन्यमान्य हुन चाहन्छ । मानिस सुन्दर हुन चाहन्छ । मानिस धनी हुन चाहन्छ । मानिस विद्वान् हुन चाहन्छ । यस्तै यस्तै हुने शुभेच्छा, कामना र आशीष—आशिर्वादहरू चाहन्छ ।
उपरोक्त चाहनाहरूको प्राप्तिका लागि मानिस परिश्रम गर्दछ । बुद्धि—विवेक लगाउँदछ । कहिलेकाहीँ त छलकपट र तिग्डम पनि गर्दछ । दान पनि गर्दछ । मन्दिर धाउँछ । देवी—देवताको भाक्कल गर्दछ । ग्रहहरूको जाप गराउँछ । अनेकौँ माला लगाउँछ । रत्न, मुँगा आदि जडित औँठी लगाउँछ । जन्तर(यन्त्र) लगाउँछ । मानिसले जीवनकालमा जे गरे पनि उसको पहिलो र महत्वपूर्ण दिन भनेको उसको जन्मदिन नै हो । ऊ जन्मनु पनि स्वयंमा एउटा ठूलो विजय हो । त्यसैले समाजमा मानिस जन्मेको दिनलाई यथायोग्य, यथाशक्ति मनाउने गर्दछन् । यस दिनमा अरू मानिसहरूले ‘जन्मदिनको शुभकामना !’ ‘ज्बउउथ द्यष्चतजमबथ’ भनेर शुभेच्छा प्रकट गर्दछन् । यिनै शुभेच्छाहरूलाई शुभाशीष—आशिर्वादका रूपमा ग्रहण गरिन्छ र आनन्द मानिन्छ । यसका लागि आफन्त, इष्टमित्रहरूलाई बोलाएर पार्टी—भोज गर्ने पनि गरिन्छ ।
मानिसको आपूmपछिको महत्वका मानिस आफ्ना सन्तान नै हुन्छन् । सबैका आमा—बाबा आफ्ना सन्तानको सुख, समृद्धि, सफलताका लागि चिन्तित र क्रियाशिल रहन्छन् । उनीहरूको स्वास्थ्य, उनीहरूको शिक्षा, उनीहरूको उज्यालो भविष्यका लागि आमा—बाबाको अपार लगानी भइरहेको हुन्छ । सन्तानको सफलतामा बाबा—आमाको खुसियालीको सिमा रहँदैन । बाबा—आमाका मनरूपी देवता आफ्नै बोलीका मन्त्रद्वारा आशीष दिन्छन् र हात रूपी फूल उनीहरूको शिरमा राखिदिन्छन् । उनीहरूको स्वार्थ र सदासय हुन्छ— हाम्रा मुटुका टुक्रा, मनका धड्कन, यी सन्तानको जीवन सदा सफल रहोस्, यिनीहरू सदा सुखी रहून् ! यिनका मनले चिताएको पूरा भइरहोस् !!
हाम्रो समाजमा जीवनका उत्तरदायित्व र कमाइको उत्तराधिकार सन्तानले पाउँछ । त्यसैले सन्तान प्राप्ति हाम्रा समाजको अहं विषय हो । सन्तान जन्मियोस् भनेर हरेक प्राणीले कामना गर्दछ । मानिसमा यसको मोह अझ धेरै छ र अझ हाम्रा समाजमा सन्तानप्राप्तिलाई जीवनका सफलतामध्ये एक मानिन्छ । राजादेखि रङ्कसम्मका मानिसलाई सन्तानको कामना हुन्छ र आफ्नो सन्तान सबैलाई उत्तिकै प्रिय हुन्छ । सन्तानको जन्मलाई मानिस उत्सव मात्र होइन, महोत्सव नै ठान्दछ । यो सामान्य जीवनगतिको कुरो हो । असामान्य जीवनको होइन ।
हरेक मानिस आफ्ना सन्तानको चिरजीवनको चाहन्छ र यसको कामना गर्दछ । सन्तानको सुस्वास्थ्यको ख्याल गर्दछ । सन्तानको सुस्वास्थ्य, सफलता, सुख, समृद्धि र दीर्घजीवनका लागि आफ्नो मन, वचन र कर्म समर्पित गर्दछ । मानिसको सुस्वास्थ्य, सफलता, सुख समृद्धि र दीर्घजीवन सबै आफ्ना हातमा छ र छैन पनि । तात्पर्य के भने मानिस एक्लैले सबै कुरा गर्न र त्यसको प्रतिफल प्राप्त गर्न सक्दैन ।
भन्न त भनिएको छ ः
आयु कर्म च वित्तं च विद्या निधनमेव च ।
पञ्चैतान्यपि सिज्र्यन्ते गर्भस्थस्यैव देहिनः ।।
अर्थात् मानिसको आयु, कर्म, धन, विद्या र मृत्यु गर्भदेखि सृजित हुन्छ । हो, यसका वैज्ञानिक आधार छन् । तर यसको अर्थ यो होइन कि मानिसले केही नगरीकनै सबै कुरा पाउँदछ । यी सबैका लागि उसको सुरक्षित जन्म, स्नेहपूर्ण पालनपोषण, उपयुक्त भौतिक वातावरण आदि आवश्यक पर्दछ । मानिसमा ग्रहगोचरको प्रभाव पनि पर्दछ । जन्म समयमा ग्रहका निकटता वा दूरीले मानिसको स्वभावमा दूरगामी प्रभाव पार्दछ ।
अभिवादनशीलस्य नित्यं वृद्धोपसेविन ः
चत्वारि तस्य वर्धन्ते आयुर्विद्यायशोबलम् ।
अर्थात् अभिवादनशील र सधै बुढापाकाहरूको सेवा गर्ने मानिसको आयु, विद्या, यश र बल बढ्दछ ।
हाम्रो पूर्वीय मान्यतामा आशीष वा आशिर्वाद दिने चलन छ । आशीष वा आशिर्वाद ठूलालबाट सानाले प्राप्त गर्ने गरिन्छ । शुभेच्छा प्रकट गर्ने, शुभकामना दिने भने बराबरीका र आपूmभन्दा सानाले ठूलालाई पनि दिने गरिन्छ । पश्चिमी मुलुकहरूमा यी सन्दर्भहरूलाई ध्ष्कजभक वा द्यभिककष्लन भनिन्छ । पूर्वीय मान्यतामा कामनाहरूको प्रभावलाई अत्यन्तै महत्व दिइएको छ । त्यसैले हरेक राम्रा कार्यको थालनीमा, यात्रामा, परिक्षा आदिमा शुभकामना दिने, आशीष वा आशिर्वाद दिने लिने गरिन्छ । यात्रा प्रारम्भ गर्दा ‘शुभ यात्रा !’ विहान उठ्दा ‘शुभ प्रभात्, शुभ बिहानी !’ र राती सुत्दा ‘शुभ रात्री !’ आदि भन्ने चलन छ । यस्तो गर्नाले मानिसमा आत्मविश्वास बढ्ने, आपूm एक्लो नभएको महसुस हुने र सफलतामा बल पुग्ने विश्वास गरिन्छ । यस्तो प्रथा पश्चिमी मुलुकहरूमा पनि चलेको पाइन्छ । उनीहरूले पनि न्ययम ःयचलष्लन, न्ययम ल्ष्नजत,ज्बउउथ व्यगचलथ,द्यभकत या गिअप, ब्िि तजभ द्यभकत, द्यभकत ध्ष्कजभकक आदि भन्ने गरेको पाइन्छ ।
यस्ता विषयहरूको अर्को पनि महत्व छ र त्यो हो मानिसका बीचमा एक अर्काप्रतिको निकटता तथा सामाजिक उत्तरदायित्वहरूको अपेक्षा, अर्थात् यी सबै मानव व्यवहारहरू अरूसँग पनि जोडिएका विषय हुन् र सबैको सबैप्रति केही न केही दायित्व रहेको आभास पनि हो ।
जन्म दिनको उत्सव वा आयोजन गर्नाले उसलाई आफ्नो विगतको सम्झना हुन्छ र आगत अर्थात् आउने दिनबारे सचेत हुन मद्दत पुग्दछ । आफन्त र शुभेच्छुकहरूका आशीष वा आशिर्वाद, शुभेच्छा शुभकामनाले उत्साह बढाउँछ भने आपूmमा एउटा नयाँ सङ्कल्प वा प्रतिबद्धता विकसित हुन्छ ।
ससाना बालबालिकाहरूलाई पनि आफ्नो स्तरमा सुसङ्कल्पित हुने प्रेरणा दिन सकिन्छ । आजदेखि मेरो उमेर बढेको छ, ममा फरक आएको छ र आउनु पर्दछ भन्ने बोध गराउन पनि जन्म दिनलाई विशेष विधिबाट मनाउन आवश्यक हुन्छ । विगतका सफलताहरूको विजय उत्सव र भावी सफलताका लागि प्रतिबद्ध भइरहन यस दिनलाई उचित विधिबाट मनाउनु सान्दर्भिक हुनेछ । जन्मदिन मनाउने भनेको खाने, राम्रा लुगा लाउने, ज्बउउथ द्यष्चतजमबथ तय थयग !! भनेर गाउनु मात्र होइन, वास्तवमा यो दिन त वर्षमा एक पटक आउने अत्यन्तै ठूलो महत्वको दिन हो । आफ्ना विगत वर्ष भरिका कामहरूको समिक्षा गर्ने र भावी कामको योजना र त्यसका लागि प्रतिबद्धता व्यक्त गर्ने अत्यन्तै ठूलो महत्वको दिन हो । विजयको, समृद्धिको, सफलताको, सुस्वास्थको, दीर्घ जीवनका लागि शुभाशीष र शुभकामनाहरू दिने र लिने दिन हो । हामीले यो दिनलाई जत्तिको महत्व दिन्छौँ, कामनाहरू प्नि त्यत्ति नै प्राप्त गर्न सक्दछौँ । त्यसैले यो उत्सव हो ! जन्मोत्सव हो !! महोत्सव हो !!! खाने, लाउने, रमाइलो गर्ने, उपहार, लिने—दिने यी सबै कार्य यस उत्सवमा गर्नु झनै राम्रो हो ।
तर मिठो खाने वस्तु केक (ऋबपभ) को मध्यभाग वा यसभित्र आफ्नो वा जसको जन्मोत्सव हो, उसको नाम लेखेर, त्यसमाथि उमेर लेखेर, उत्ति नै सङ्ख्यामा मैनबत्ती (ऋबलमभि) बालेर त्यही जीवनका प्रतिक बत्तीहरूलाई निभाएर नाम, उमेर र शुभकामना (ज्बउउथ द्यष्चतजमबथ तय थयग !)लेखिएको केक (ऋबपभ)लाई छियाछिया पारेर काट्ने कुराले के सङ्केत गर्दो होला ? हाम्रो नाम, उमेर, फोटो भएको कागजलाई जन्म दिनको शुभकामना वा (ज्बउउथ द्यष्चतजमबथ तय थयग !) भन्दै धुजाधुजा, छियाछिया पारिनु शुभ कार्य हुन सक्दैन । केक (ऋबपभ) बजारमा सजिलो गरी उपलब्ध हुने मिठो खाद्य वस्तु हो, तर त्यसमा नामै लेखेर त्यसैमाथि धारिलो चक्कू चलाउनु, आफ्नै नामको प्रतिक वस्तुलाई चिराचिरा, क्षत—विक्षत, धुजाधुजा, चकनाचूर पारेर आफैले आफन्तलाई बाँड्ने र (ज्बउउथ द्यष्चतजमबथ तय थयग !) को शब्दसँगै त्यसैलाई क्वाम्म—क्वाल्र्याम्म पार्नु गतिलो सङ्केत हो जस्तो लाग्दैन । अनि, के त जन्मदिन नै नमनाउनू त ? होइन । बत्ती निभाएर होइन, बत्ती बालेर जन्मदिन मनाउन सकिन्छ ।केक (ऋबपभ) र कोक (ऋयपभ)सँग मात्र होइन, अन्य गतिला मिष्ठान्न र खाद्य तथा पेय परिकारसँग मनाउन सकिन्छ । हृदयभित्रैदेखि सकारात्मक तरङ्ग सृजना हुने गरी मनाउन सकिन्छ, पूmल—माला र चन्दन—टीकासहित मनाउन सकिन्छ र यसरी नै जन्मोत्सव मनाउनु पर्दछ ।
यी सबै उत्सवहरू मानिसभन्दा जेठा छैनन् । मानिसले नै प्रारम्भ गरेका प्रथाहरू हुन् — सबै उत्सवहरू । चलन पनि चलाएरै चलेका र चल्ने हुन् । चलनहरू चलाउने र फेर्ने मानिसले नै हो । नराम्रोलाई छोड्दै जाने र राम्रालाई विकास गर्दै जाने काम वर्तमान पुस्ताको हो ।
जन्मोत्सवमा अष्टचिरञ्जीवीहरूको पूजा गरिन्छ । मानिसले पुरुषार्थ गरेर चिरञ्जीवी हुन्छ । जसले अमर हुने काम गर्न सक्छ, उही चिरञ्जीवी हुन्छ । शास्त्रमा तलउल्लेख गरिएका आठ जनालाई चिरञ्जीवी मानिएको छ ।
अष्टचिरञ्जीवीहरू तथा तिनीहरूका विषयमा यस्तो लेखिएको छ ः
अश्वत्थामाबलिव्र्यासः हनूमानविभीषणः ।
कृप परशुरामश्च सप्तैते चिरजीविन ः ।
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम् ।
जीवेद् वर्षशतं साग्रमपमृत्युविवर्जितः ।।
अर्थात् अश्वत्थामा, बलि, व्यास, विभीषण, कृपाचार्य, परशुराम, हनुमान यी सात र आठौँ मार्कण्डेयलाई सधै सम्झनू । यसो गर्नाले अपमृत्युमा परिँदैन र सय वर्षसम्म बाँचिन्छ ।
शास्त्रमा यस्तो लेखिएका हुनाले हाम्रो समाजमा अष्टचिरञ्जीवीको पूजा गर्नाले दीर्घायु प्राप्त हुन्छ भन्ने विश्वास छ । सामान्यतः एउटै मानिसमा धेरै गुण र विशेषता हुँदैनन् । तर मानिसको जीवनमा धेरैथरी गुणको आवश्यकता हुन्छ । मानिसले आपूmमा नभएका त्यस्ता गुण, विशेषता वा शक्ति अन्य मानिसबाट प्राप्त गर्दछ । मानिसले मानिसबाट मात्र नभई अन्य अनेकौँ स्रोतको उपयोगबाट आपूmलाई बलशाली बनाएको छ । बल, बुद्धि, अहङ्कार, समर्पण, भक्ति, कूटनीति, उच्चता, विनयशीलता एउटै मानिसमा नभए पनि मानवजीवनमा नभई नहुने पक्ष हुन् । अष्टचिरञ्जीवी यिनै विशेषताका प्रतीक प्रवृत्तिका रूपमा चिरञ्जीवी मानिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार