महिला हिंसाविरुद्धको १६ दिने अभियान शुरु

  • अभियानको प्रभावकारिता खोज्नु आवश्यक छ ः मन्त्री बराल
  • बुटवल । ‘लैङ्गिक हिंसा दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान आइतबारदेखि सुरु भएको छ ।
    २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म चल्ने उक्त अभियानमा विभिन्न संघसंस्थाहरूले हिंसा न्यूनीकरणम सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ ।

    प्रदेश नम्बर ५ ले पनि अभियान विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले १६ दिने अभियानको बुटवलमा एक कार्यक्रमबीच शुभारम्भ गरेको छ ।
    पितृसत्तात्मक साेंच, महिला र पुरुषबीच असमान शक्ति सम्बन्ध, महिला अधिकारका बारेमा न्यून चेतना तथा हिंसामा परेका महिलाहरूले प्राप्त गर्ने सीमित न्यायलगायतका कारण महिला हिंसा न्यूनीकरण हुन नसकेको गैरसरकारी संस्था महासंघ प्रदेश नम्बर ५ का सचिव गोविन्दप्रसाद रेग्मी बताउँछन् । चेतनामा कमी भएकाले हिंसाका घटना बढेको र सबैमा चेतना भएमा हिंसा न्यूनीकरण हुने उनको भनाइ छ ।


    सामाजिक विकास मन्त्री सुदर्शन बरालले निरन्तरतासँगै संचालन भैरहेका अभियानको प्रभावकारिता खोज्नु आवश्यक रहेको मन्त्रीको भनाइ छ । उनले मन्त्रालयले विभिन्न शिर्षकमा बजेट छुट्टाएको र सिमान्तकृत र पछाडि परेका महिलासमक्ष बजेट र काम हुने गरी आफूले कार्य गर्ने योजनामा रहेको बताए ।
    उनले रेमिटान्सको नकारात्मक समस्याका कारणले देशमा दीर्घकालीन पूँजी उत्पादन गर्न नसक्ने बताए ।
    मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धि अनुबन्ध १९९६ र महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि १९७९ को नेपाल पक्ष राष्ट्र भइ काम गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार