चापागाईंको जन्मदिवसमा भट्टराईसहित ३ जना सम्मानित

बुटवल । बरिष्ठ साहित्यकार तथा पत्रकार रामचन्द्र भट्टराई सहित ३ जना सम्मानित भएका छन् ।

दैनिक पत्र दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंको ५६ औँ जन्मदिवसका अवसरमा पत्रकारिता, साहित्य र नागरिक अधिकारका क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै वरिष्ठ साहित्यकार तथा अग्रज पत्रकार र रामचन्द्र भट्टराई , नागरिक अधिकारकर्मी मैया भट्टराई र अग्रज पत्रकार चतुर्भुज आत्रेयलाई एक समारोहका बीच नगद तथा फुलमालाले सम्मान गरिएको छ ।


कार्यक्रममा वोल्दै वरिष्ठ साहित्यकार तथा पूर्व सांसद रामचन्द्र भट्टराईले जीवनको हरेक मोडमा चापागाईंले पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदान नेपालको इतिहासमा चर्चित रहेको बताए ।

दैनिक पत्रको कार्यालय बुटवलमा भएको कार्यक्रममा चापागाईंकी आमा डिल्ली कुमारी चापागाईं, पूर्व सांसद विनोद पहाडी , दैनिक पत्रका प्रबन्ध सम्पादक ऋषि आजाद, दैनिक पत्रका कार्यकारी सम्पादक सीपी खनाल, कार्यालय सचिव मञ्जु पौडेल, दैनिक पत्रका पूर्व प्रमुख सञ्चालन अधिकृत मनिकर कार्की, रासस कर्मचारी सुमित्रा अधिकारीलगायतले वोल्दै पत्रकारिता र नेपालको लोकतान्त्रिक आन्दोलनमा चापागाईंले पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै चापागाईंलाई उत्तरोत्तर प्रगतिका लागि शुभकामना ब्यक्त गरेका थिए ।

चापागाईंले जन्मदिनको अवसरमा बुटवल–४ लक्ष्मीनगर स्थित शान्ति उद्यान परिसरमा बोधि वंशबृक्षको प्रतीकको रुपमा रहेको पिपलको विरुवा रोपेर जन्मदिवस शुभारम्भ गरे ।

उनले जन्मदिवसकै अवसरमा शनिबार सोही समारोह बीच आफ्ना सहोदर माईलो भाइ स्व. भागिरथ चापागाईंको सम्झनामा बुटवलको नहरपुर माविमा स्व भागिरथ स्मृति छात्रबृत्ति अक्षयकोषको स्थापना गर्ने गरी पहिलो चरणमा रु १० हजार अक्षयकोषका लागि उपलब्ध गराउने जानकारी गराए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार