बुद्ध महिला बचतमा नयाँ नेतृत्व

कपिलवस्तु।  बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था लि. वाणगंगा नगरपालिका ७ चप्परगाउँ कपिलवस्तुको ११ आैँ साधारण सभा तथा ७ आँै अधिवेशन मंगलबार वनगाईमा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशनबाट आगामी तीन वर्षका लागि कस्तुरा भुसालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कल्पना शर्मा कोषाध्यक्षमा माया पोख्रेल, सचिवमा हरिकला पौडेल रहेका छन् । त्यस्तै नवगठित समितिको सदस्य पदमा जानका चौधरी, जमुना भाट, पार्वती पन्त, सीता अधिकारी, सरस्वती वेलवासे चयन भएका छन् । त्यस्तै उषा गुरुङको संयोजकत्वमा तीन सदस्यीय ऋण समिति र माया सापकोटको संयोजकत्वमा तीन सदस्यीय लेखा समितिसमेत चयन भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्र्दै बोल्ने वक्ताहरूले संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै नवगठित समितिका पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए । साथै संस्थाका व्यवस्थापक गंगा बगालेले १ करोड ७६ लाख ३ सय ४७ रूपैयाँ बराबरको आयव्याय प्रस्तुत गरेका थिए ।
कार्यक्रम संस्थाकी अध्यक्ष विमला नेपालीको अध्यक्षता जिल्ला सहकारी संघका उपाध्यक्ष तेजप्रसाद आचार्यको प्रमुख आतिथ्यतासहित कार्यपालिका सदस्य गिता भुसाल, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, वडा सदस्य मोमबहादुर पाण्डेको विशिष्ठ आतिथ्यता रहेको थियो । वडा नम्बर १ की वडा अध्यक्ष वालकुमारी पन्तलगायतको उपस्थिति रहेको कार्यक्रममा हरिकला पौडेलको स्वागत र उर्मिला आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार