‘पत्रकारितालाई सिर्जनात्मक बनाऔं’

 बुटवल ।  नेपाल अमेरिका पत्रकार संघ (नेजा)का सचिव सुरज भण्डारीलाई बुटवलमा स्वागत, बधाई तथा सम्मान प्रदान गरिएको छ । रूपन्देहीमा १५ बर्ष सक्रिय पत्रकारिता गरेर हाल अमेरिकामा पनि सक्रिय रूपमा पत्रकारिता गरिरहेका भण्डारीलाई रिपोर्टर्स क्लब प्रदेश ५ ले बुटवलमा सम्मान गरेको हो ।
शुभकामना आदानप्रदान, स्वागत सम्मान कार्यक्रममा बोल्दै पूर्व सांसद तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा रूपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडीले नेपाली पत्रकारितालाई सिर्जनात्मक कार्यमा पनि सदुपयोग गर्नुपर्ने बताए ।
छिमेकी देशहरूमा भएका विभिन्न अभ्यासहरूबाट नेपाली पत्रकारिताले पनि सिक्न जरुरी रहेको उनको भनाइ छ ।
नेपाल अमेरिका पत्रकार संघका सचिव सुरज भण्डारीले व्यवसायिकता सँगसँगै पत्रकारको क्षमता अभिवृद्धि हुनुपर्ने बताए ।
उनले विश्वव्यापीकरणको अवस्थामा नेपालका पत्रकारहरू पनि विश्वभर जोडिन सम्भव रहेको भन्दै पत्रकारितालाई मर्यादित बनाउनुपर्ने धारणा राखे ।
पछिल्लो समयमा डिजिटल पत्रकारिताले स्थान जमाइरहेको भन्दै भण्डारीले समयसापेक्ष पत्रकारिताको टे«न्ड फेर्न जरुरी रहेको बताए ।
रिपोर्टर्स क्लबका प्रदेश सदस्य कपिल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य तेजेन्द्र केसीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार