विद्यालय शिक्षामा नेपाली भाषा कि अंग्रेजी ?

अहिले अधिकांश अभिभावकहरूले अंग्रेजी भाषालाई महत्व दिने गर्छन् । हुँदाहुँदा हामी अंग्रेजीबिना सास फेर्नसमेत नसक्ने अवस्थामा पुगेका छौं । ओछ्यान भान्सा जता गयो अंग्रेजी छ । अंग्रेजी भाषाको मोहमा आफ्नोपन नजानिदो गरी बिर्सेर फसेका छौं । यी कुराहरू चिया पसल तथा सार्वजनिक ठाउँहरूमा बहस हुने गर्छ । यसले समाजको रहन सहनमा समेत फेरबदल बनाइरहेको छ । पुरानो पुस्ताको योगदानलाई अंग्रेजी भाषाले ओझेलमा पारिदिएको छ ।
नेपाली भाषा नेपालमा बोलिने भाषाहरूमध्ये समृद्ध र विकसित भाषा मानिन्छ । वर्तमान समयमा नेपाली भाषा व्यापक रूपमा प्रयोग गरिदै आएको भाषा हो । नेपालका समग्र सरकारी एवम् गैरसरकारी क्षेत्रका कार्यक्रम होस् या अन्य प्रयोजनका हिसाबले पनि भाषाको रूपमा नेपालीलाई लिइन्छ । नेपालका पाठ्यक्रमहरूमा वि.सं. २०१३ सालदेखि अनिवार्य गराइएको थियो । त्यसपछि २०१५ सालको संविधानबाट नेपाली भाषालाई राष्ट्रभाषाको मान्यता प्राप्त भएको थियो । वि.सं. २०२८ सालबाट नयाँ शिक्षा लागू भएपछि नेपाली भाषालाई शिक्षा कै माध्यमको रूपमा अगाडि बढाइएको पाइन्छ । निजी शिक्षण संस्थाहरूमा नेपाली विषयबाहेक सम्पूर्ण अंग्रेजी माध्यमबाट शिक्षण गरिन्छ । यसले गर्दा भाषामा चरम असमानता छ । अंग्रेजी माध्यमबाट शिक्षण गरेका विद्यार्थीहरूले नेपाली भाषामा लेखिएका आलेख या नेपालीमा दिइने प्रवचनहरू काम नलाग्ने हुन्छन् । किनभने उनीहरूले त्यो पढेर या सुनेर मनन गर्न सक्दैनन् । अंग्रेजी भाषा खर्रर बोल्दैमा कुनै पनि व्यक्ति राम्रो ज्ञान र दक्षता हुन्छ भन्ने हुँदैन । नेपाली ग्रामीण समाजको बारेमा विद्वानहरूले जेजस्तो तर्क राखेतापनि अंग्रेजी भाषामा मात्र पढाउने शैक्षिक संस्थाबाट अधिकांश जनशक्तिले देशभित्र या विदेशमा कतै पनि योग्यता अनुसारको काम पाउन सकेका छैनन् । त्यसैले नेपालका शैक्षिक संस्थाले आफू कसका लागि र कस्तो जनशक्ति तयार गर्दछु भनेर सोंच्ने बेला आइसकेको छ । निजी शिक्षण संस्थामा पढेका विद्यार्थीहरू प्रायःजसो नेपाली भाषामा दख्खल हँुदैनन् । नेपाली भाषामा पढेका विद्यार्थीहरू भने साहित्यक यात्रामा छिटो प्रवेश गर्न मद्धत पुग्छन् । तथापि अंग्रेजी भाषाको माध्यमबाट पनि साहित्यिक यात्रालाई अगाडि बढाएको पाइन्छ तर छिटो बुझ्न भने कठिन देखिन्छ । त्यसैले गर्दा पनि नेपाली भाषाको महत्वलाई बढाएर लैजानु पर्छ ।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धीको रूपमा आफ्ना बालबालिकालाई अभिभावकहरूले उभ्याउनका लागि अंग्रजी भाषालाई आफ्नो रोजाइमा पारेको देखिन्छ । किनभने सञ्चार प्रविधिले विश्वलाई साँघुरो बनाउँदै ल्याएको अवस्था, रोजगारीको खोजीमा विश्व बजारमा भएको प्रवेशका साथै शिक्षण सिकाइका सामग्रीहरू र सन्दर्भ पुस्तकहरू समेत उपलब्ध हुने हुँदा कक्षाहरूमा मातृभाषाको ठाउँमा अंग्रेजी भाषाको लोड पर्दैन । किनभने बालबालिकाहरूले विद्यालय आउँदा नेपाली भाषा सिकिसकेका हुन्छन् । तर हामीलाई अंग्रेजी भाषा हुनु जरूरी छ । के यसले हाम्रा केराकेटीको सिकाइ उपलब्धि बढाउँछ ? बढाउने कुनै आधार छैन के अंग्रेजीले हाम्रो अर्थतन्त्रलाई उल्लेख्य फाइदा पु¥याउँछ ? त्यो पनि देखिदैन चीन, अमेरिका, बेलायत, रूसजस्ता विश्वका महाशक्ति राष्ट्रहरूले पनि आफ्ना भाषालाई मान्यता दिई त्यही भाषा प्रयोगमा ल्याउने गर्छ । अनि उनीहरूले विश्वको एक नम्बर अर्थतन्त्रमा बलियो साबित गराउँछ । त्यसैले उनीहरूले संसारभर आफ्ना मानिसलाई फिजाउन र व्यापार गर्न अंग्रेजी भाषालाई अगाल्न लाग्यो ? के नेपालसँग त्यस्तो भिजन या सम्भावनाा छ ? त्यसैले अंग्रेजी भाषा जान्ने हो भने शिक्षक त अंग्रेजीमा पोख्त हुनुपर्छ । शिक्षक अंग्र्रेजीमा दख्खला नभई उसले कुरा बुझाएर शिक्षण गर्न सक्दैन । नसकेपछि विद्यार्थीहरूले पाउनु पर्ने र जान्नु पर्ने अंग्रेजी भाषा पाउँदैनन् । आफ्नो मातृभाषालाई पनि पछाडि धकेल्ने र देशको एक मात्र माध्यम भाषा नेपालीलाई बलियो बनाउनतिर नलागेर विदेशी भाषालाई एकाएक लाद्न खोज्दा राष्ट्रियता नै कमजोर हुने त होइन ? भन्ने आवाज पनि प्रशस्तै मात्रमा सुन्न पाइन्छ । वर्तमान अवस्थाको विश्लेषण गर्ने हो भने नेपाली भाषालाई विभिन्न तौरतरिकाबाट अतिक्रमण गरेको पाइन्छ । सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठनबाट अतिक्रमण गरेको पाइन्छ । सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठनको माध्यम अंग्रेजी भाषाको प्रयोग रहेको छ । भाषाविद्हरूले भाषाको विकास र प्रचारप्रसार विद्यालय तहदेखि नै हुने गर्छ । सामुदायिक विद्यालयमा एक विषय अंग्रेजी र ऐच्छिक विषयमा पनि अंग्रेजी विषयमात्र पढाउने अरू विषय नेपाली भाषामा शिक्षकले पढाउने चलन रहेको छ । संस्थागत विद्यालयमा भने नेपाली विषय बाहेक सम्पूर्ण विषय अंग्रेजी माध्यमबाट अर्थात अंग्रेजी भाषामा पढाउने गर्छन् । यसबाट सामुदायिक र संस्थागत विद्यालय बीचको विभेद दिनपरदिन बृद्धि हुँदै गएको देखिन्छ । नेपालका दुबै प्रकारका शैक्षिक संस्था र त्यहाँ काम गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूले समेत यस विषयमा जानकारी राखेका छन् । तथापि नेपाल जस्तो देशका हुने खाने मानिने परिवार हुँदा खाने परिवारको बीचमा भाषाको बीचमा विभेद गर्ने काम सरकारले पनि कुनै न कुनै रूपबाट गरेको देखिन्छ । नसक्ने अरूको भाषा सिकाएनन् भनेर नेपाली भाषामा मात्र पढाउन सफल ती गरिब असहायलाई अपहेला गर्न पनि मिल्दैन । समाजको मूल्य मान्यता र यहाँको माटोमा स्थापित मान्यतालाई अंग्रेजी भाषाले कतै विस्थापित त गर्ने होइन ? हाम्रै समाजका मौलाएको पश्चिमा संस्कृति र भाषाले गर्दा आज हामीले आफ्नो मौलिकता गुमाउँदै र अर्कोको देशको समाजमा स्थापित मूल्य र मान्यतालाई अनुशरण गरिरहनु परेकोले भोलिको पुस्ताले भाषिक समस्यामा द्वन्द्वमा त फस्ने त होइनन् ? भाषाविद्हरू पनि चिन्तित देखिन्छन् । अर्कोको देशको भाषा नक्कल गर्ने, रीतिरिवाजलाई अनुशरण गर्दै निरन्तर अस्थितरता ल्याउने र खर्चिलो र फराकिलो मनोरञ्जनमा रमाउने परिपाटीले गर्दा नक्कल गर्ने र नगर्नेका बीचको खाडल नेपाली समाजले भोगिरहेको छन् । जस्तै नेपाल र भारतबीचको सीमानामा बसोबास गर्ने नेपाली बीचमा विद्यालय तहमा जबरजस्ती अंग्रेजी भाषालाई लाद्नुभन्दा आफ्नो मातृभाषाको माध्यमबाट पठन पाठन गरेको खण्डमा नेपालको मातृभाषालाई विकास गरेको देखिके हुनाले सो सीमानालाई रक्षार्थ पनि सहज हुनेमा भाषाविद्हरू पनि ढुक्क देखिन्छन् ।
आज नेपालमा प्रचलित प्रथा र परम्पराका नराम्रा पक्षहरूको बारेमा मात्र बढी चर्चा भइरहेको छ । यहाँ राम्रा र मननयोम्य कुनै रीतिस्थिति परम्परा र मूल्य मान्यता नै नभए झै गरेर वाह्य जगतले हामीलाई यो गर र त्यो गर भनेर सुझाव दिइरहेको अवस्था एकातिर छ भने अर्कोतिर वाह्य जगतले दिएका सबै सुझाव राम्रै होलान भन्ने अनुमानमा राजनीतिक दलका सरकारहरूले मुन्टो हल्लाएर स्वीकार्नेको जमात झन् झन् ठूलो हुँदै गएको छ । यसलाई सुधार गर्नका लागि भाषा नेपाली भाषालाई बढी जोड दिँदै विद्यालय तहदेखि नै कला, सँस्कृति र खोलानाला झर्नाहरूको महत्व बारेमा पठन पाठनमा नै विशेषरूपबाट शिक्षण गर्ने हो भने भाषाको संरक्षण र संवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेमा कसैको पनि दुईमत हुने छैन ।
अन्त्यमा, विद्यालय तहको शिक्षामा अभिभावकहरूले माध्यम अंग्रेजी भाषालाई बढी महत्व दिने हुनाले लोक संस्कार, खानपिन, उठबस, घुम्ने शैली, भड्किलो खर्च देखासिकीको विकास तीव्रता पाएको हुनाले आजको समाजको परिस्थिति निकै नैे फेरबदल बनाइदिएको छ । कमजोर कम हैसियत भएकाहरूलाई असुविधा भइरहेको छ । किनभने राम्रो पठन पाठन भइरहेका सामुदायिक विद्यालयहरूमध्ये कैयनले आफूलाई निजी विद्यालयसित प्रतिस्पर्धा बनाउन पठन पाठनको भाषा नै अंग्रेजी बनाएपछि निजी विद्यालय छाडेर अभिभावकहरूले सरकारी विद्यालय पढाउन थालेको दृष्टान्त देख्न सकिन्छ । अभिभावकहरूले अंग्रेजी माध्यममा नै पढेको देख्न चाहन्छन् भने स्थानीय सरकार वा केन्द्रीय सरकारले विशेष खालको योजना सहित पाँच, दश वर्षे रणनीति तयार गरी भाषाको विकास हुनेगरी अगाडि बढाएको खण्डमा नेपाली भाषा संरक्षण गर्दै विदेशी भाषा र आयातीत पश्चिम संस्कृतिलाई विस्थापित गर्दै नेपालीहरू बोल्ने मातृभाषाको बढी प्रयोग हुने खालको वातावरण सृजना गरी नेपाली भाषालाई समृद्धिको रूपमा लिनुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार