मुख्यमन्त्रीलाई हस्ताक्षर हस्तान्तरण

बुटवल।  बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलका विद्यार्थीले यौन हिंसाविरुद्ध संकलन गरेको हस्ताक्षर मंगलबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएका छन् ।दशैं–तिहारकोे विदामा विद्यार्थीहरूले किशोरीमाथि हुने यौन हिंसाविरुद्ध सडक नाटक प्रर्दशन गर्दै हस्ताक्षर अभियान चलाएका थिए ।
अभियानका क्रममा विद्यार्थीहरूले मुख्यमन्त्री पोखरेललाई समेत हस्ताक्षर गराएका छन् । मंगलबार हस्ताक्षर गर्दै मुख्यमन्त्री पोखरेलले अभियान चलाउने विद्यार्थी र हस्ताक्षर गर्ने सबैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् । हिंसामुक्त र सुरक्षित समाज निर्माणका लागि सबैको सक्रियताबाटै संभव भएको भन्दै उनले विद्यार्थीको अभियान प्रशंसनीय रहेको बताए ।
विद्यार्थीहरूलाई आत्म जागरुक बनाउँदै किशोरीहरूलाई हिंसाका विरुद्ध नीर्भिक रूपमा उभिन सक्ने बनाउन यस प्रकारको अभियान सञ्चालन गरिएको दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपानेले बताए ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा सञ्चालित अभियानअन्तरगत यसअघि कार्तिकको दोस्रो साता बुटवलका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन गरिएको दिनेश खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार