कपिलवस्तुमा पनि सामुहिकरूपमा मनाइयो छठ

कपिलवस्तु। अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ मंगलबार पर्व छठ मनाइएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्लास्थित सझिया घाटका रूपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटमा छठी माताको पूजाआजा गर्दै यो पर्व मनाइएको हो । यस्तै कृष्णनगर, बहादुरगन्ज लगायतका स्थानमा रहेका पोखरीमा समेत भक्तजनहरूले सूर्यको विशेष पूजापाठ गरी सामूहिकरुपमा यो पर्व मनाएका हुन् । मधेसी, पहाडी, दलित, जनजातिले सामुहिकरूपमा छठ स्थलमा पुगेर सामुहिक पूजाआजा गरेका थिए ।
जमुहार नालामा ३ हजार जार बढी श्रद्धालुहरूले र पाँच सय बढीले रामघाट नदीमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजाआजा गरेका थिए । उनीहरू त्यहाँ जम्मा भएर सामूहिकरूपमा पूजापाठ समेत गरेका थिए । पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदमयका सहभागी थिए । विशेष पूजाको अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधनासमेत गरेका थिए । छठमा उपबास बसी पूजाआजा गर्नाले परिवारको सुख संवृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधीसमेत निको हुने श्रद्धालु भक्तजनहरूको विश्वास छ । उनीहरूले उक्त नदीमा पूजा गरी प्रसादका रूपमा बाँसको सामग्रीमा अर्घ दिएर केरा, ठेकुवा र भसुवा, मूला, उखुलगायतका परिकार चढाएका थिए । छठ पवका लागि पूजा ब्यवस्थापन समिति गठन गरी जमुहार नदीमा पूजाआजाका लागि विशेष व्यवस्था गरेको थियो । समितिले टेन्टलगायतका सामग्रीहरूको व्यवस्था गरेकोले यस वर्ष छठ पर्वकमा रौनक देखिएको थियो ।
चार दिनसम्म मनाइने छठ बुधबार बिहान सम्पन्न हुँदैछ । आइतबार चोखो भोजन ग्रहण गर्ने, सोमबार सूर्यास्तपछि एक छाक खाने, मंगलबार अस्ताउँदो र बुधबार उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ । पूजा स्थलको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो । जुमहार नालामा कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मी कसौधन र प्रमुख कार्यकारी अधिकृत विमलराज आचार्य पुगेर भक्तजनहरूलाई शुभकामना दिएका थिए । उपमेयर गुप्ताले साझा पर्व बन्दै गएको छठले केही वर्षयता रौकता थपेको बताइन् ।
मैथिली समुदायमा लोकप्रिय भएको छठ पर्वको यहाँका मधेशी समुदायमा पनि रौनक देखिएको छ । उनीहरूले ‘छठ पर्व’ मनाउन रूपन्देहीको शुद्धोद्धन गाउँपालिका–१ स्थित घमाहा खोलामा माटोको वेदी बनाउनेदेखि लिएर केरा र उखुको बोट गाडेर पूजास्थल सजाउन थालेका छन् ।
केही वर्षअघिसम्म ‘छठ पर्व’का बारेमा जानकारी नभएको बताउने यस क्षेत्रमा सात वर्षदेखि मात्रै मनाउन थालिएको स्थानीय दौलती लोधले जानकारी दिइन् । उनले भनिन्, “श्रीमान्को लामो आयु र आरोग्य तथा सु–स्वास्थ्यका लागि ‘छठ पर्व’ मनाइन्छ ।” मधेशी समुदायका अधिकांश महिला र पुरुष व्रत बसेर खोलामा नै रातभर जाग्राम बस्छन् र आज अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् भने भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
उनी भन्छिन्, “छठ पर्वमा विष्णु भगवान्को पूजा गरिन्छ त्यसैले सूर्यलाई अर्घ दिइन्छ ।” यस क्षेत्रमा स्थानीय किसुली, चानापार, बेलवा, मनरखनीलगायतबाट स्थानीय महिला पूजा गर्न आउँछन् । जिल्लाको सियारी गाउँपालिका, गैडहवा गाउँपालिका, शुद्धोद्धन गाउँपालिकालगायत मधेशी समुदायको बाहुल्यता रहेको क्षेत्रमा छठ पर्व मनाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार