शिक्षक कुट्ने वडाध्यक्ष फरार

प्यूठान ।  झिमरुक गाँउपालिका–८ टिमुरचौर प्यूठानका वडा अध्यक्ष तुलस बस्नेत फरार भएका छन् ।
स्थानीय जनता मावि टिमुरचौरका शिक्षक सिद्धिमान एमसीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका वडा अध्यक्ष बस्नेतमाथि जिल्ला प्रहरी कार्यालय प्यूठानले सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेपछि फरार भएका हुन् ।
शिक्षकमाथि कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय प्यूठानमा आइतबार सार्वजनिक मुद्दा दर्ता गरिएको छ । विद्यालय व्यवस्थापन समितिको बैठकमा पदेन सदस्यका हैसियतमा उपस्थित वडाध्यक्ष बस्नेतको आक्रमणबाट घाइते शिक्षक एमसीको टाउकोमा ५ वटा टाँका लगाइएको छ ।
मुद्दा दर्ता भएपछि वडा अध्यक्ष बस्नेत फरार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख निर्मल बुढाथोकीले बताए । वडा अध्यक्षलाई पक्राउ गरी अनुसन्धानका लागि लिन टिमुरचौरमा प्रहरी परिचालन गरिए पनि उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
यसैबीच, शिक्षक सिद्धिमान एमसीमाथि भएको आक्रमणका विषयमा शिक्षक महासंघ प्यूठान र शिक्षक संघ प्यूठानले गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार