के हो ? स्क्रब टाईफस

सुदूरपश्चिममा असोज तेश्रो साता पहिलो पटक देखा परेको स्क्रब टाईफस ३ साता नहुँदै उपक्षेत्रीय अस्पताल डढेल्धुरामा मात्र ७६ जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको छ । संक्रमण फैलिएकाले अझ बढी हुनसक्ने आंशका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको छ । प्रदेशका आधारमा सवैभन्दा बढी संक्रमण प्रदेश ५ मा देखिएको छ ।जेठमा गुल्मीमा एकजनाको मृत्यु भएको थियो । बर्दिया,पाल्पा,नवलपरासी र गुल्मीमा यसको संक्रमण फैलिएको थियो ।हाल बुटवल र पाल्पामा संक्रमण महामारीकै रूपमा फैलला कि भन्ने डर छ ।
ज्वरो आएर बिरामी अस्पताल या क्लिनिक पुग्दा धृतराष्ट्र एप्रोचका स्पमा टाईफाईडको औषधी दिने प्रचलन छ । यो पूर्णरूपमा गलत नभएपनि जनचेतनाका कारण नसोधी तथा जहाँ पायो तहाको पानी र खाना नखाने बानीले संक्रमित पानी तथा खानाबाट सर्ने यो रोगमा उल्लेखनीय गिरावट आएको छ । बहुएन्टिबायोटिक दिएर ज्वरो दबाए पनि रोगको कारण थाहा नपाउँदा स्वास्थ्यमा ठूलो संकट आउने र भविष्यमा चुनौती त थपिन्छ नै बिरामीको मृत्युसमेत हुनसक्छ । हाल पानीजन्य सरुवारोग भन्दा कीटजन्य रोगहरू बढ्दो क्रममा रहेका र नामै नसुनेका केही नय“ा रोग फेला परेकाले र उच्च जोखिममा भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ । चिकनगुनिया,वेष्ट निल भाइरस,चण्डिपूरा भाइरस, निपा भाइरस, स्क्रब भाइरस, हान्टा भाइरस, क्रिमियन कंगो हेमोरेजिक फिवर, डेगु“ ज्वरो पर्दछन् । त्यसमा सबैभन्दा चर्चा र महामारीका रूपमा प्रसिद्धि कमाएको नयाँ रोग स्क्रब टाईफस हो ।
के हो स्क्रब टाईफस ?
यो रोग पहिलोपल्ट दोश्रो विश्वयुद्धताका जापानी सेनामा देखिएको थियो । घा“समा झरेको माईट युद्धमा जंगलमा सेना घर्सने क्रममा सरेको पाइएको थियो । त्यसबेला रोग थाहा नहुँदा बिरामीमध्ये ३० प्रतिशतको ज्यान गएको थियो । जापानमा पत्ता लागेकाले यसलाई सुसुगामुसी भनेर पनि चिनिन्छ । एक प्रकारको ब्याक्टेरिया—रिकेटसीयाले लगाउने रोग हो तथा मानिसबाट मानिसमा सर्दैन । तथापि संक्रमित मानिसलाई लामखुट्टे वा किर्नाले टोकेर अर्काे मानिसलाई टोके भने सर्न सक्छ । झाडी वरिपरि,कृषि काम गर्ने,जताततै बस्ने,चौर झारमा बस्नेमा यो रोग सर्ने सभावना बढिरहन्छ ।
संक्रमण धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, धादिङ, चितवन, नुवाकोट, सुर्खेत, मकवानपुर, सिन्धुली, सर्लाही, कास्की, गोरखा, बारा, बर्दिया, दाङ, राजधानी लगायत २० भन्दा बढी जिल्लामा भेटिएको छ । २ वर्ष पहिले संक्रमण ललितपुर, धादिङ, चितवन, संखुवासभा, भोजपुर, धनकुटा, सिराहा, कैलाली, रामेछाप जिल्लामा देखिएको र ६ बालवालिका तथा २ वयस्कको मृत्युसमेत भएको जानकारी नै छ । गत वर्ष पनि संक्रमित सुलसुले, उपियाँ वा सूक्ष्म कीराको टोकाईबाट सर्ने यो रोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संखुवासभा र भोजपुरका ३ बालवालिकाको मृत्यु भइसकेको छ । पछिल्लो समय नेपालमा नया“ रोग स्क्रब टाईफसको प्रकोप बढ्दै गएको छ । धेरै पहिलेदेखि रहेको दाबी गरे पनि सन २०१५ धरानमा मात्र प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो । केही जिल्लादेखि धादिङ र काठमाण्डौमै देखिएको र हाल सबैभन्दा बढी चितवनमा देखिएको यो रोग हो । मुसा वा सोही प्रजातिमा हुने एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ ।यो जुम्राजस्तै तर सूक्ष्म हुने किर्ना मुसाको कान वा अन्य जीवजन्तुमा बस्छ । घाँसपात तथा झार झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र टोक्दा रोग लाग्छ । झाडी भएका बस्तीमा बढी देखिने स्क्रब टाईफस चिगार नामको किर्नाबाट मूसा तथा मानिसमा यस्को संक्रमण हुन्छ ।
कडा टाउको दुख्ने, अचानक कडा खालको १०४ डिग्री ज्वरो आउने, शरीरका विभिन्न भागहरू गर्दन र घाँटी वरपर मसिना गुलाबी बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुन्निने, छालामा किर्नाले टोकेको दाग,रातो बिबिरा,रातो आ“खा यसका लक्षण हुन् । जीऊ, जोर्नी, मांशपेसी दुख्छ । श्वासप्रस्वासमा समस्या आउँछ । कहिलेकाही पेट दुख्ने, पखाला लाग्न सक्छ, रोग जटिल भएमा श्वासप्रश्वासमा अवरोध आउने तथा निमोनियाका कारण बिरामीको मृत्यु हुनसक्छ । स्क्राइब टाईफसको उपयुक्त उपचार नगर्दा दीर्घकालीन रूपमा सुन्ने क्षमता गुम्ने, निम्न रक्तचाप, अंगहरूमा क्षति, मिर्गौला फेल, निमोनिया,छारे रोग, अन्योल, सुस्तता, मासु कुहिने जस्ता समस्या देखिन सक्ने र मल्टिअर्गन फेलरको अवस्थामा पुग्ने एनएचएसले जनाएको छ । रोग पहिचान भए एन्टिबायोटिकले सजिलै निको हुन्छ ।
स्क्रब टाईफसको प्रभावित जिल्लामा ८२ निदान तथा उपचार केन्द्र स्थापना भएका छन् । सामान्य औषधी तथा एन्टिबायोटिकले निको हुने स्क्रव टाइफसमा उपचार नपाए मात्र रिकेटसिया नामक सूक्ष्म व्याक्टेरिया शरीरका अन्य भागमा सर्दाका कारण ज्यादै ढिलो र सिकिस्त भएमात्र स्वास्थ्य संस्था बिरामी पुग्नाले रोग जटिल देखिने गरेको छ । तथापि यो ज्यानमारा होइन । बेलायतको नेश्नल हेल्थ सर्भिसका अनुसार रिकेटसिया सुसुगामुसीबाट संक्रमित सूक्ष्म किरा माईट, जुम्राको टोकाईबाट समेत संक्रमण हुन्छ । जापानी शब्द सुसुगा को अर्थ सानो र खतरनाक एवं मुसीको अर्थ सूक्ष्म किरा हुन्छ ।
बच्ने उपाय ः
जोगीन घर वरिपरिको र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनपर्छ । लामो बाहुला भएका कपडा लगाउनु पर्छ । मुसा, किर्ना, उडुसलाई घर तथा वरपर आउने वतावरण बन्न दिन हुँदैन र टाढै बस्नु पर्दछ । हालसम्मको अवस्थालाई हेर्दा व्यक्तिगत सरसफाई, खाद्य स्वच्छता तथा किर्ना र मुसाको प्रत्यक्ष तथा अप्रत्यक्ष संक्रमणबाट जोगिनु नै रोकथाम हो । संक्रमणको शंका भए तातो, झोलिलो खाद्यपदार्थ खाने तथा आशंका भए प्रयोगशालाको रिर्पाेट नकुरी एन्टिबायोटिक दिन तथा लिन सकिन्छ । शुरुमै उपयुक्त एन्टिबायोटिकले उपचार गर्दा बिना जटिलता रोग निको हुन्छ । स्क्रब टाईफसको आंशका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधी दिन सकिन्छ । डक्सिसाईक्लिन वा टेट्रासाईक्लिनले उपचार गरे धेरैजसो बिरामीमा ४८ घण्टाभित्रै सुधार देखिन्छ र पूर्ण स्वस्थसमेत हुन्छन् । स्क्रब टाईफस रोकथामका लागि टाईफस भएका क्षेत्रमा जादा डक्सिसाईक्लिन को एक साताको उपचार प्रक्रिया गर्न सकिने बताईएको छ ।
(लेखकःन्याम्स वीर अस्पतालका सह प्राध्यापक तथा वरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन तथा नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् )

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार