नयाँ विकासको खोज धर्ती र व्यक्तिको नयाँ प्रयोग

नयाँ विकासको खोज धर्ती र व्यक्तिको नयाँ प्रयोग विकासलाई हेर्ने दृष्टिकोणः
समाजको विकासक्रम र मानवको जीवन एक अर्कोमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । समयको विकासक्रममा प्रकृति र मानवको सापेक्ष सम्बन्धलाई नै विकास भन्ने गरिन्छ । प्रकृति भनेको धर्ती र मानव भनेको व्यक्ति भनेर बुझ्ने हो भने पनि धर्ती र व्यक्तिको सापेक्ष सुमधरसम्बन्धलाई नै विकास हो भनेर बुझ्न सजिलो हुन्छ । अर्को अर्कामा प्रकृति भनेको आमा एवं ‘मा’ हो र व्यक्ति भनेको बच्चा वा ‘नव’ हो र मा र नवको सापेक्ष रूपमा दोहोरो सम्बन्ध नै वास्तविक मानव हो र समय सापेक्ष मानवीय विकास नै वास्तविक विकास हो । पहिला भन्दै आइएको गास, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षालाई मानवीय आधारभूत आवश्यकतामा राखिएको थियो भने अहिले समय सापेक्ष खाना, छाना, नाना, स्वास्थ्य, शिक्षा एवं सुरक्षालाई मानवीय आधारभूत आवश्यकताको रूपमा लिने गरिएको छ । सबै नेपाली नागरिकहरूको आवश्यकता परिपूर्ति नै आजको वास्तविक विकास हो भनेर भन्न सकिन्छ । आम नागरिकहरूको चाहना र इच्छा पनि यही हो । राज्यको दृष्टिकोणमा राज्य ‘आमा’ हो भने नागरिकहरू बच्चा एवं नव हुन् । राज्य र नगारिकहरूलाई दोहोरो सम्बन्ध स्थापित गराई समय सापेक्षा अगाडि बढाउने जिम्मेवार निकाय भनेको ‘सरकार’ नै हो । विकासको लागि प्राकृतिक श्रोतहरू (जमिन, जल जंगल) मा मानविय श्रोतको (जनश्रम) समिश्रण हुन अनिवार्य हुन्छ । त्यो वातावरण सिर्जना गर्नको लागि जनसंगठन एवं सरकारको प्रमुख दायित्व सिर्जना भएको हुन्छ । यसरी प्राकृतिक श्रोतमा जमिन, जल र जंगल गरी ३ वटा ‘ज’ मानवीय स्रोत जनश्रम–१ वटा ‘ज’ सामाजिक स्रोतमा जनसंगठन एवं सरकार गरी एउटा ‘ज’ गरी पा“चवटा ‘ज’ को सुमधरसापेक्ष सम्बन्धबाट स्वचालित व्यवस्था नै सुशासन हो र त्यो नै दिगो विकासको आधार हो ।
अहिले विकासका कुरा गर्दा वा जमिन, जल र जंगलको प्रयोग गर्दा जलवायु परिवर्तन एवं वातावरण संरक्षणको कुरा प्रमुख रूपमा उठ्ने गरेका छन् । प्राकृतिक श्रोतहरू जमिन, जल र जंगलमा मानवीय स्रोत प्रयोग गर्दा जलवायु परिवर्तन एवं वातावरण संरक्षणलाई ख्याल गरेर विकास कार्यलाई अगाडि बढाउनु नै अहिलेको प्रमुख आवश्यकता हो । त्यतिमात्र नभएर भोलिका सन्ततीहरूलाई ध्यानमा राखी जलवायु परिवर्तन र वातावरण संरक्षण गर्दै समय सापेक्ष आधुनिक विकासलाई अगाडि बढाउनु नै दिगो विकासको थालनी हो भनेर भन्न सकिन्छ । यसको अर्थ होकी धर्ती र व्यक्ति बीचको सम्बन्ध विकास हो र त्यसैको निरन्तरता दिगो विकास हो ।
नेपालको विकासका अवस्था ः
अहिले विकसित राष्ट्रको तुलनामा नेपालको विकास पछाडि छ तर नेपालमा विश्वको तुलनामा प्राकृतिक स्रोतको यथेष्ठ रूपमा प्रयोग हुन सकेको छैन । त्यसकारण हामी नेपालीहरू विकासमा पछाडि छांै तर पनि हामी प्राकृतिक श्रोतका धनी छौं । त्यसैले विश्वको आ“खा नेपालीप्रति लोभिनुको कारण पनि यही नै हो । अरूका आ“खा जहा“ पर्दछन् त्यहा“ केही छ भनेर नेपाल र नेपालीहरूले आफैलाई आफूलाई हेर्ने बेला आएको छ । किनकि नेपाली समाजमा विकास र परिवर्तन चाहेको हो भने त्यसको अग्रसरता र सुरुवात नेपालीहरूले नेपालबाट नै गर्नुपर्दछ । त्यसमा अपनत्व र राष्ट्रिय भावना जाग्रित भएको हुन्छ ।
विकासका आधारभूत तत्व भनेको जमिन, श्रम र पु“जी हुन । गणितिय दृष्टिकोणमा (जमिन+श्रम = पु“जी) हुन्छ र पु“जी नै आर्थिक विकासको प्रमुख आधार हो । नेपालमा जमिन प्रसस्त मात्रमा छ तर त्यसलाई श्रमद्वारा परिचालित गर्न नसक्दा पु“जीमा परिणत हुन सकेको छैन र अविकसित छ भनेर भन्ने गरिएको छ । यो नै नेपालका यथार्थता हो समाजमा हुने उत्पादन प्रणाली र वितरण प्रणालीबाट नै त्यो समाजको स्तर निर्धारण गरिएको हुन्छ । नेपालको उत्पादन र वितरण प्रणाली सामन्ती प्रकारको रहेकोे हु“दा नेपाली समाज सामन्तवादी प्रणालीबाट अगाडि बढ्न सकेको छैन । आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरन्जन भनेर विश्व समाज पु“जीवादमा दौडिरहेको छ भने नेपाली समाजमा उत्पादनको मुख्य आधार कृषि क्षेत्रमा २४ घण्टा त्यसैमा जोतिनु पर्दा नेपाल पछाडि परेको छ । यसमा आमूल सुधार र परिवर्तन नगर्दासम्म नेपालको विकास अगाडि बढ्न सक्दैन । प्रशस्त मात्रमा प्राकृतिक श्रोतले धनी भएर पनि पछाडि परेको देश भनेको नेपाल नै हो । यसैले ‘माल पाएर चाल नपाएको देश भनेर’ विश्वमा चिनिएको छ । अर्को अर्थमा प्राकृतिक श्रोतमा दृष्टिमा नेपाल विश्वमा धनी छ तर उपयोगका दृष्टिमा नेपालीहरू विश्वमा गरिब छन् भनेर भन्दा अनुपयुक्त नहोला । यो किन ? यो नै सबैले संवेदनशील भएर सोच्ने विषय हो ।
आर्थिक विकास र जीवनको सम्बन्ध
फेरि पनि नेपालको विकासको कुरा गर्दा धर्ती र व्यक्तिको सम्बन्धको सिद्धान्तलाई बिर्सनु हु“दैन । जलवायु परिवर्तनप्रति ख्याल र वातावरण संरक्षणबिना गरिएको कुनै पनि विकास विनासको प्रतीक हो । आफ्नो उत्पादन ढुवानी नहुने गरिएको बाटोको निर्माणले कहिल्यै विकास हु“दैन । सामान लिएर आउने गाडीले सामान लिएर गएन भने विकासका नाममा नोक्सान हुन्छ । नेपालीले बाटो खन्ने र विदेशी सामान बेच्ने गर्नाले नेपालको विकास हुन्छ कि विदेशको विकास हुन्छ ? नेपालीहरू सबैले सोच्नु जरुरी छ । अर्कोतिर नेपालको शिक्षा प्रणाली विदेशीको प्रयोगभूमि भएको छ र यसमा नेपालीहरू पढेका छन् र शिक्षित पनि भएका छन् तर आफ्नो श्रम नेपाली भूमिमा पोखेर खान सिक्ने संस्कारको विकास भएको छैन । शिक्षा भनेको जीवनका लागि हो, तर नेपालको शिक्षा आफ्नो जीवनको लागि नभई विदेशको लागि हो भन्ने आम नेपालीमा परेको छ । नेपालको सडक र नेपाली शिक्षा विदेशको लागि प्रयोग हुन्छ भने नेपालको विकास हुन्छ कसरी ? सडक निर्माण र शिक्षालाई वातावरण संरक्षण र जलवायु परिवर्तन जोडेर हेरेमा भोलि हुने भवितव्य र विपत्तिमा कमी ल्याई आर्थिक वृद्धि ल्याउन सकिन्छ ।
यहा“ उल्लेखित कुराहरूलाई राम्रो मनन गर्ने हो भने नेपालमा नेपालीलाई बा“च्न गाह्रो छैन । नेपालको धर्तीमा जैविक विविधता छ । हिमाल, पहाड र तराई आफ्नै हावा पानी छ र सोही अनुसारको उर्वरा हुने अवस्था छ । तिनै क्षेत्रमा प्राकृतिक श्रोतहरू भरिपूर्ण छ । मात्र खा“चो छ–आधुनिक परिचालन गर्ने विधि र प्रक्रियाको । त्यसको लागी आवश्यक विधि र प्रयोग भनेको ‘धर्ती’ र व्यक्तिको नयँ“ प्रयोग नै हो ।
नेपालीमा हिमाल जस्तै सुन्दर शरीर, बलिया हात पाखुरा, जसमा श्रम लुकको छ, त्यसमा तालिममार्फत सीप प्रदान गर्ने हो भने उनीहरूको जीवन सार्थक बन्न सक्छ, अनि नेपालीहरू गरिब र निरिह हुन्छन् कसरी ? मात्र गरिबी सोंचाई को हो ? आफ्नो देशमा आफ्नो श्रम, सीप, योग्यता एवं क्षमता पोख्ने वातावरण सिर्जना गर्ने हो भने सबैको जीवन सार्थक बन्न सक्छ ।
विकासको नया“ बहस ः
मानौ, पृथ्वी ठूलो टाउको हो भने मानव टाउको सानो पृथ्वी हो । किनकि पृथ्वीमा जे रोपे पनि उत्पादन हुन्छ भने मानव टाउकोमा जुन सीप शिक्षा र ज्ञान दिएपछि सोही अनुसारको दक्षता हासिल हुन्छ । पृथ्वीका श्रोतलाई मानव श्रम, सीप र ज्ञानले अगाडि बढाई परिपालन उपयोग गर्नु नै विकास हो भने प्राकृतिक श्रोतलाई मानव श्रम र सीपमार्फत परिचालन गर्ने वातावरण सिर्जना गर्न नसकेको वर्तमान अवस्थामा नै अविकसित एवं गरिबीको अवस्था हो । नेपालको वर्तमान अवस्थालाई यही दृष्टिकोणबाट अध्ययन एक विश्लेषण गरी समाधानतर्फ अग्रसर हुनु नै अगाडि बढ्ने उपयुक्त मार्ग हो । नेपालमा परिवर्तनका नाममा धेरै आन्दोलन भए, धेरै नेपाली नागरिकहरूले रगत बगाए तर सत्तामा जाने हाली मुहाली गर्नेबाहेक केही भएन । व्यक्ति धनी भएर नेपाल धनी हु“दैन । तर, नेपाल धनी भयो भने नेपालीहरू कहिल्यै गरिब हुनु पर्दैन । यसको लागि नेपालमा रहेको प्राकृतिक श्रोतको समान रूपमा परिचालन र नेपालीहरूको श्रम परिचालन हुने सीपको लागि तालिम खा“चो रहेको छ । तर, पनि बा“च्नको लागि सीप र अगाडि बढ्नको लागि आफ्नो भूमि सुहाउ“दा सहकारिता प्रणाली शिक्षा अनिवार्य हुन्छ ।
सीपको लागि तालिमका अनिवार्य व्यवस्था ः
नेपालीहरूको सुन्दर शरीर एवं बलिया हातपाखुरीमा सीप प्रदान गर्ने हो भने उनीहरूको जीवन सार्थक हुन्छ । त्यसपछि आफ्नो जीवनमा आवश्यकताअनुसार शिक्षा लिई जीवनलाई अगाडि बढाउन सजिलो हुन्छ । सीप नभएकालाई सीप दिने, सीप भएकालाई सीप प्रमाणीकरण गर्ने र सीप प्रमाणीकरण भएकालाई रोजगार दिने र सीप प्रमाणीकरण नगरीकन रोजगार नदिने प्रक्रियालाई अगाडि बढाउने हो भने एकातिर बेरोजगारलाई सजिलै रोजगार सिर्जना गर्न सकिन्छ भने अर्कोतिर निर्माण कार्य एवं उत्पादन कार्यमा सजिलो गुणस्तर कायम गर्न सजिलो पर्दछ । यो प्रक्रियाबाट देशलाई बेरोजगार मुक्तगरी रोजगारयुक्त बनाई शान्तिपूर्वक अगाडि बढाउने उपयुक्त प्रक्रिया हो । यसको लागि शिक्षा मन्त्रालय ऋत्भ्ख्त् अन्तर्गतको ल्बतष्यलब िक्पष्िि त्भकतष्लन द्ययबचम ९ल्क्त्द्य० लाई समय सुहाउ“दो नीतिगत सुधारको परिवर्तनको आवश्यक छ । यो त भयो मानव टाउको सानो पृथ्वी परिचालन गर्ने प्रक्रिया । बा“की रहयो पृथ्वी अर्थ अर बिग हेडका कुरा ।
कृषि उत्पादन सहकारीताको विकास ः
आर्थिक विकास र उत्पादनमा विषयमा कुरा गर्दा सहकारी प्रणाली राम्रो देखिन्छ । युरोप, पश्चिमा राष्ट्र साथै रुस र यिनको आधुनिक विकासमा सहकारीको राम्रो योगदान रहेको देखिन्छ । नेपालमा सहकारीको प्रयोगलाई हेर्दा–मिनी फाइनान्स ग्रुप जस्ता देखिएका छन् । पैसाको खेती गरेर कहिल्यै नेपालको विकास हुन सक्दैन । नेपालको विकास गर्न नेपालीका कृषि प्रणाली सुधार गरी उत्पादनलाई बढाउनु अनिवार्य छ । अर्को कुरा विश्वमा प्रयोग गरिएको स्वस्थ्य, व्यस्त र मस्तको सिद्धान्त लागू हुनेगरी नेपालमा कृषि उत्पादन प्रणालीलाई ८ घण्टामा ल्याउन जरुरी छ । त्यसको लागि आफ्नो जमिन शेयर हुने गरी कृषि उत्पादन सहकारी प्रणालीलाई अगाडि सार्नुपर्दछ । व्यक्तिको ‘जमिन’ सहकारीको शेयर बनाइयो भने सञ्चालनको लागि विषयगत रूपमा धान उत्पादन तरकारी खेती, आलु खेती, बाख्रापालन, कुखुरा पालन आदिमा सरकारले अनुदानस्वरूप लगानी गर्न सक्छ । जमिन बा“झो नरहे उत्पादनशील एवं हरियाली बन्ने जमिन बा“झो नरहने हु“दा झन्डा गाड्ने झमेलो नहुने, वातावरण एवं जलवायु परिवर्तनमा असर नपर्ने, उत्पादन प्रक्रिया र बजार व्यवस्थापन साथै विज्ञको व्यवस्थापन गर्नुपर्दा नेतृत्वको राम्रो विकास हुने, समय एवं उमेरअनुसार सबैलाई रोजगार सिर्जना गरी आत्मनिर्भर विकासमा ठूलो टेवा पुग्नुको साथै अध्ययन एवं अध्यापनको समेत राम्रो वातावरणका साथ संस्था विकास गर्न सकने हुन्छ । विश्वमा जति विकास भएको र गरिएको भनिए पनि मानवको शक्तिको स्रोत र जीवनको आधार भनेको राम्रो खान नै हो । ‘राडर’ मा बसेर रोबर्ट चलाए पनि बा“च्न र जीवनको लागि आवश्यक पर्ने वस्तु भनेको कृषिबाट उत्पादित खाना नै हो । अहिले विश्वमा विकासका नाममा खाली जमिन सिद्धिएको छ । उत्पादन प्रणाली घट्दै छ र खानाको अभाव निकट भविष्यमा सिर्जना हु“दैछ । विश्वमा देखिने खानाको अभाव हटाउन कृषि उत्पादन शाहाकारी प्रणालीले अग्रणी स्थान लिई विकासमा अगाडि जाने अवसर प्राप्त हुन सक्दछ । सहकारीको अर्को सिद्धान्त भनेको ग्रामीण विकासमा जोड दिई ग्रामीण इलाकालाई सहरको तुलनामा विकास कार्यलाई अगाडि बढाउनु हो स्थानीय आवश्यकतामा स्थानीय स्रोतलाई परिचालन गर्दा वातावरण संरक्षण सहयोग पुग्न गई जलवायु परिवर्तनको असरबाट नेपाल एक विश्वलाई जोगाउनमा सहयोग पु¥याउन सकिने हुन्छ । मुख्य कुरा त नेपालको खेती प्रणालीमा २४ घण्टे डिउटी गर्ने परिपाटी र लगानी र मेहनतअनुसार उत्पादन नहुने जुन व्यक्ति प्रणाली छ त्यसलाई सहकारी प्रणालीले विस्थापित गर्नेछ र २४ घण्टे प्रणालीलाई आठ घण्टामा झारी सहकारीताको माध्यमबाट उत्पादन प्रणालीलाई अगाडि बढाई उत्पादनमा आकर्षण गर्ने निश्चित छ भने व्यक्ति अन्यत्र भएपनि जग्गाले उत्पादन दिने हुनाले पनि व्यक्ति सहजै आकर्षित हुने देखिन्छ । अहिले नपाली समाजमा जग्गा दलाली एवं भू–माफियाहरूले जग्गाको कारोवार गर्ने नाममा खेतीयोग्य जग्गालाई घडेरीमा परिणत गरी रातारात धनी भइरहेका छन् र हुने सपना देखिरहेका छन्, बैंक समेत राम्रो कमिशन पाउने हुनाले आकर्षित भइरहेको छ, त्यो कार्यलाई कृषि उत्पादन सहकारी प्रणाीबाट रोक्न सकिन्छ र भावी सन्ततीलाई पनि आवश्यक पर्ने भूमि हस्तान्तरण हुने गरी प्रकृतिलाई बिगार्नबाट बचाउन सकिन्छ ।
निष्कर्ष र सुझाव ः
वास्तवमा भन्ने हो भने समाजको विकासमा समय सापेक्ष विचारको महŒवपूर्ण भूमिका रहेको हुन्छ । विचार वस्तुगत अवस्थामा निर्भर रहन्छ । वस्तुगत अवस्थाबाट विचारको सिर्जना र विचारको सिर्जनाबाट वस्तुगत अवस्थामा परिवर्तन हुने प्रक्रिया नै समाज विकासको प्रमुख आधार हो । विश्व समाज र नेपाली समाजमा जुन किसिम घटना र परिघटना हु“दै आएका छन् तिनैको उपज हुन बर्तमान विचार र शिक्षा । यहा“ उल्लेखित मानिसका श्रम, सीप र जमिनमा देखिएको कृषि उत्पादन सहकारी प्रणाली त्यसैका उदारण हुन् । नेपाली समाज अहिले आर्थिक दृष्टिकोणबाट परिवर्तन र रूपान्तरणको दिशामा अडिएको छ । पुरानै पक्रिया र प्रविधिबाट आजको समाज कदापि अगाडि बढ्न सक्दैन । प्राकृतिक श्रोतको अभावमा विश्व कमजोर छ, नेपाल त्यसमा बलियो छ । बलियो पक्षलाई समातेर मात्र नेपाली समाज र नेपाली नागरिकहरू अवस्य पनि अगाडि बढ्न सक्छन् । त्यसको लागी नेपाली समाजमा त्यो किसिमको वातावरणको सिर्जनाको खा“चो छ । त्यसको लागि वर्तमान संरचना नीतिगत सुधार र परिमार्जन अनिवार्य हुन्छ ।
सकारात्मक दृष्टिकोणलाई अध्ययन एवं विश्लेषण गर्दा कुनै पनि कार्यमा पाएको सफलता उपलब्धि हो भने असफलता भनेको सचेतना हो । सफलताले अगाडि बढने क्रममा ऊर्जा दिन्छ भने असफलताले अगाडि बढ्ने क्रममा सचेतना प्रदान गर्दछ । जसले गर्दा असफलताबाट सजिलै जोगिन सकिन्छ । नेपालमा भएका राजनीतिक आर्थिक एवं सामाजिक घटनाक्रमलाई यही तरिकाबाट बुझ्नु र विश्लेषण गर्नुपर्दछ । नेपालको नया“ विकासको ‘बहस’ मा धर्ती र व्यक्तिको सम्बन्धलाई विशेष जोड दिई ‘धर्ती’ मा कृषि उत्पादन सहकारीता र व्यक्तिमा सीपलाई अनिवार्य गर्न पर्दछ ।
यो प्रक्रियाबाट नेपाल र नेपालीहरूको चाहना एवं आवश्यकताअनुसार अपनत्व सिर्जना गरी विश्वको सामु नेपालको विकास अगाडि बढाउन सकिन्छ । जलवायु परिवर्तनमा विशेष ख्याल गर्दै वातावरण संरक्षणमा जोड दिई भावी सन्ततीको नासोको रूपमा दिगो विकास अगाडि बढाउन सकियो भने मात्र हाम्रो वर्तमान दायित्व र जिम्मेवारी पूरा हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार