सै‌ैंजू परिवारलाई मातृ शोक

बुटवल । वुटवल मिडिया प्रकाशन प्रा.लि. का संस्थापक सञ्चालक तथा सल्लाहकार अनुपमान सै‌ैंजूलाई मातृशोक परेको छ । सैजू परिवारकी अभिभावक कृष्णपियारी सैजूको ८३ वर्षको उमेरमा आइतबार बिहान ६ः३५ मा काठमाण्डौ स्थित ग्राण्डी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
बुटवलका बरिष्ठ समाजसेबी स्वर्गीय गणेशमान सैंंजूकी धर्मपत्नी कृष्ण पियारी गणेशमान सैंजू संगै सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । लायनेश क्लव अफ बुटवलकी सस्थापक तथा पूर्व अध्यक्ष कृष्णपियारीले लायनेश क्लवका माध्यमबाट समाजसेवामा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएको थियो ।
कृष्णपियारीका २ छोरा र ५ छोरी छन् । छोरा अर्जुनमान सैजू बुटवल उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष लगायतका बिभिन्न संघसंस्थामा सक्रिय छन् । त्यस्तै अर्को छोरा अनुपमान सैजू बुटवल उद्योग वाणिज्य संघको कार्यमिति सदस्य, नेपाल जेसिजको पूर्व राष्ट्रिय अध्यक्ष तथा बिवेकशील साझा पार्टीको प्रदेश नम्वर ५को संयोजक रहेका छन् भने छोरीहरु पनि सामाजिक क्षेत्र र व्यवसायमा आवद्ध रहेका छन् । जेठो छोरा सुरेशमान सैजुको केही बर्ष अघि नै निधन भएको छ । कृष्ण पियारीका १६ नाती नातिना छन् ।
कृष्णपियारीको निधनको खबरले दैनिकपत्र परिवार अत्यन्तै दुःखित भएको भन्दै प्रधान सम्पादक बालकृष्ण चापागाईंले समवेदना व्यक्त गरेका छन् । साथै सैंजू परिवारका शुभेच्छुक, आफन्त तथा बिभिन्न संघसंस्था र राजनीतिमा क्रियाशील व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार