मिस बुटवल नेपाल हुँदै

बुटवल । प्रदेश नम्बर ५ को राजधानी बुटवलमा पहिलो पटक मिस बुटवल नेपाल २०१८ हुने भएको छ ।  बुधबार द नेक्स रेभुलेसन नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको फर्म सार्वजनिक गरेको हो ।
सोही अवसरमा सौन्र्दय प्रतियोगीता प्रतिको नकरात्मक भ्रमहरुलाई चिर्दै समाजका उदाहरणहरु उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ।
विजेताले द हिडेन ट्रेजर नेपाललले सञ्चालन गर्ने मिस नेपालमा सिधै प्रतिस्प्रधा गर्न पाउने द हिडेन ट्रेजर नेपाललका लगानीकर्ता तथा पूर्व अध्यक्ष सुवर्ण क्षेत्रीले बताए ।
फर्म सार्वजनिक गर्दै द नेक्स रेभुलेसन नेपाललका म्यानेजङि डाईरेक्ट राजिव खनालले मंसिर २ गते वाट कलेज भ्रमण, मंसिर ८÷९ मा अडिसन र त्यसपछि फाईनल २५ प्रतिस्पर्धीलाई तलिमको लागी छनोट गर्ने बताए ।
मिस नेपालका प्रशिक्षक महेश दाहाल, पूर्व मिस नेपालकी जज तथा गाईनोकोलोजिस्ट ज्योति राना, मिस नेपालकी कोरीयोग्राफर रचना गुरुङ , महिला अधिकार कर्मीतथा महिला युवा प्रशिक्षक उषा मल्ल सिंह, युथ स्पीकर रोहीत मल्ल लगाएतका प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।
साथै उक्त कार्यक्रमको अफिसियल कोरीयोग्राफर सृष्टि घिमिरे रहेकी छन् भने अफिसियल डिजाईन् राज बुटिक, मेकअप न्यु एज ब्युटि पार्लर, हस्पीटालीटि पार्टनर एभरेस्ट ईन्टरनेशनल होटल, मिडिया दैनिक पत्र र बुद्ध टेलिभिजन, फोटोग्राफि आज केछ डट कम, सिल्भरस्पोन्सर टियुटियु हाजीमा स्टोरले गर्ने कार्यक्रम निर्देशक सेराज मिश्राले बताए ।
करिब १ महिना चल्लने कार्यक्रमको खर्च करिब ३० लाख लाख्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको फाईनल पुष ७ गते गर्ने तयारी भईरहेको छ।
कार्यक्रमको सञ्चालन रेभुलेसनकी शुरक्षा चापागाईंले गरेकी थिईन् । प्रतियोगितामा १९ देखि २५ वर्ष उमेर समुहका नारीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार