सिबिटि पासलाई शुभकामना तथा सम्मान

बुटवल । बुटवलको ट्राफिकचोकमा रहेको न्यु होराईजन कोरियन ल्याङ्गवेज ईन्स्टीच्युटको जे.एन. सरको कोरीयन कक्षाबाट सिबिटि उत्तिर्ण भएका बिद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
कार्तिक १ गते सार्वजनिक भएको नतिजामा जे.एन. सरको क्लासबाट सहभागी ११ मध्ये ६ जना उत्तिर्ण भएका हुन् । नेपाल भरबाट ३ हजार ३ सय ४ मध्येबाट ७ सय २७ बिद्यार्थी उत्तिर्ण भएका थिए ।
कोरीयन भाषाको बैकल्पीक उपायको रुपमा चिनिने जे.एन. सरको अध्यक्षतामा ईन्स्टीच्युट कार्यालयमा एक कार्यक्रमका बिच उत्तिर्ण हुने बिद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
ईन्स्टीच्युटबाट माधब गौतम, गिरिराज भुषाल, कृष्ण शर्मा, रामकृष्ण घिमिरे, बिशाल गौडेल र यम बहादुर गैह्रे पास भएका हुन् ।
कार्यक्रममा बोल्दै उत्तिर्ण बिद्यार्थीद्वय माधब गौतम र गिरिराज भुषालले बोल्दै आफुहरु सही स्थानमा आएकोले आफुहरु पास भएको बताउँदै सम्भवत नेपालमै सबैभन्दा बढि पास गराएको जिकिर समेत गरेका थिए । कोरिया पुगेर ५ वर्ष पश्चात फर्केर कम्प्युटर पद्धतिबाट परिक्षा दिनु नै सिबिटि भएको बताए ।
कार्यक्रममा रोजगार पूर्वाधार बिकास प्रदायक संस्था प्रालीका सञ्चालक अर्जुन बिश्वकर्मा, पासर तथा प्रशिक्षक उमानन्द घिमिरे, शालिकराम अधिकारी लगायतको उपस्थीति रहको थियो । कार्यक्रमको सञ्चालन प्रदीप गैह्रेले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार