७५ बर्षिय बृद्धालाई मलमुत्र खुवाउने तीन छिमेकी पक्राउ

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका मौवासीकी ७५ वर्षीया रेश्मा राईलाई मलमुत्र खुवाएर यातना दिने छिमेकीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यलयबाट गएको टोलीले रेश्मा लाई यातना दिने उनकै छिमेकका एकै परिवारका ३ जनालाई पक्राउ गरेको हो । ५० वर्षीय बक्ते राई, उनकी ४७ वर्षीया श्रीमती गर्भी र छोरा ३२ वर्षीय देवबहादुरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ललनप्रसाद राउतकुर्मीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले प्रहरी चौकी उदयपुरगढीको सहयोगमा बक्ते, उनकी श्रीमती गर्भी र छोरा देवबहादुरलाई पक्राउ गरि ल्याउदै गरेको राउतकुर्मीले बताए ।

पशु चौपाया छाडा छोड्दा आफनो बाली नष्ट भएको गुनासो गर्न पुगेकी बृद्धा रेश्मालाई ३ दिनअघि छिमेकी बक्तेको परिवारले कुटपिट गर्दै मान्छेको मलमुत्र खुवाएका थिए ।

कुटपिटबाट बृद्धा रेश्माको दायाँ आँखामा गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि निलडाम छन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको प्रहरी निरीक्षक कुर्मीले वताए ।

छिमेकीले दिनहुँजसो आफनो बारीमा बस्तु छाडा छोड्दा लगाएको बाली नष्ट भएको वृद्धा राईले बताएकी छन् ।

बस्तु नछोडन भन्दा उल्टै कुटपिट गरेर दिसापिसाव खुवाएको उनी बताउछिन् । बृद्धालाई यातना दिने तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याई पुयाएपछि हिरासतमा लिएर अनुसन्धान अगाडी बढाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार