मोवाईल किनेका पाल्पाका तुफानले स्कुटर उपहार पाए

बुटवल । कलर्स मोवाईलको ह्याप्पी दशै सवारी कार्यक्रम अन्तरगत गुल्मी ठुलो लुम्पेकका तुफान तमारुले स्कुटर उपहार पाएका छन् ।

कलर्स मोवाईलको दशै तिहारमा सवार दिनदिनै उपहार कार्यक्रम अन्तरगत कलर्स मोवाईलको खरीदमा तमारुले सुजुकी कम्पनीको स्कुटर उपहार प्राप्त गरेका हुन् ।

पाल्पाको गैरे मोवाईल सेन्टरबाट मोवाईल किन्दा प्राप्त गर्नु भएको कुपनबाट स्कुटर प्राप्त गरेका भएका तमारुलाई कलर्स कम्पनीले बुटवलमा शुक्रबार एक कार्यक्रम गरि स्कुटर प्रदान गरेको हो ।

कलर्सको प्रत्यक हप्ता स्कुटर उपहार दिने कार्यक्रममा तमारुले दोस्रो चरणमा स्कुटर पाउनु भयो भने यसअघि पहिलो चरणको उपहारमा नवाकोटका सुर्यबहादुर कार्कीले स्कुटर प्राप्त गरेका थिए।

कलर्सको प्रत्यक दिन उपहार कार्यक्रममा ७ हप्तामा प्रत्यक हप्ता एकएकवटा सुजुकी स्कुटर, ३० वटा ३२ इन्चको कलर्स टिभी, दिनदिनै नगद उपहार र १५ सयबढीका गिफ्ट उपहार रहेको कलर्सका क्षेत्रीय बजार प्रवन्धक किशोर डागिले बताए । उनले प्रत्यक हप्ता स्कुटर उपहार अनुसार अझै ५ वटा स्कुटर वितरणको कार्यक्रम रहेको र कलर्सका विभिन्न मोडलका मोवाईल खरिदमा ग्राहकले स्कुटर प्राप्त गर्न सक्ने बताए ।

स्कुटर वितरण कार्यक्रममा मोवाईल समिति बुटवलका अध्यक्ष विष्णु ज्ञवालीले यस्ता कार्यक्रमले ग्राहकलाई ठुलो राहत मिल्ने उल्लेख गर्दै मोवाईल खरिदमा स्कुटर उपहार कार्यक्रम ग्राहकको मन जित्ने राम्रो कार्यक्रम भएको बताए।

कलर्स मोवाईलले नेपाल भित्रिएको करिव १० वर्षमा ४० लाख बढी विभिन्न मोडलका मोवाईलहरु विक्रि गरि सकेको जनाएको छ ।

झविन्द्र देवकोटाकाे सहयाेगमा 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार