करणीपछिको बिवाह रद्द

  • घटना मिलाउन पीडक पक्षद्वारा ५ लाख नगद र २ बिघा खेत दिने प्रस्ताव
  • कपिलवस्तु । बलात्कारको घटना भएपछि कपिलवस्तुका एक युवतीको तय भएको विवाहसमेत रद्द भएको छ । जसले गर्दा उनी र उनको परिवारमा पीडा थपिएको छ । गत असोज १७ गते करणीको घटना भएपछि शिवराज नगरपालिका– १० लापुरकी एक युवतीको तय भएको बिवाह टुटेको हो । २० वर्षिया ती युवतीलाई छिमेकी २ जनाले बलात्कार गरेका थिए । भात खाएर नलमा चुठ्न जाने क्रममा उनीहरुले बलात्कार गरेको पीडित युवतीले तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा बताइन् । २१ वर्षे रहमान गद्दी र ५१ वर्षे जैसुल्लाह गद्दीले बलात्कार गरेको उनले बताइन् । घर पछि रहेको मासको खेतमा दुबैले मुख थुनेर बलात्कार गरेको पीडित युवतीले बताइन् । सो घटना सार्वजनिक भएपछि छोरीको बिवाह नै टुटेको पीडित युवतीकी आमाले बताइन् ।
    ‘आउने वैशाखमा छोरीको बिवाह तय भएका थियो, केटा पक्षले घटना थाहा पाएपछि बिवाहबाट पछि हटेका छनर’ उनले दुःखी हुँदै भनिन् ।
    बलात्कारको घटनापछि छोरीको जीवन अन्धकार भएको उनले बताइन् । ‘अब कसले मेरी फूलजस्ती छोरीलाई बिवाह गर्छ’, उनले गहभरी आँसु झार्दै भनिन् । घटनापछि झन् पीडक परिवारले आफूहरुलाई मानसिक तनाव दिने गरेको उनले बताइन् । ‘पीडितका काका काकी र उनका परिवारले गाली गलौच गरी दिनहुँ धम्की दिने गरेका छन्,’ उनले भनिन् । पीडकका काकाले घटनालाई मिलाउन २ बिघा खेत र ५ लाख रुपैयाँको प्रस्ताव गरेको पीडितकी आमाले बताइन् । पीडकका काका लालमोहम्मदले दिनहुँ आफूहरुलाई मुद्दा फिर्ता लिन दबाव दिने गरेको बताइन् । ‘मैले त्यो प्रस्ताव ठाडै अस्विकार गरेको छु, मैलाई न्याय चाएिको छ पैसा होइन,’ उनले भनिन्– ‘छोरीको ईज्जतसँग पैसा साटदिन, दोषीहरुलाई कडा कारबाही होस्, यही मेरो चाहना हो ।’ घटनाको तेश्रो दिन ५१ वर्षे जैसल्लाह घरबाटै पक्राउ परेका थिए । अर्का आरोपी रहमान भने घटनापछि फरार भएका छन् ।
    श्रोतका अनुसार उनी भारतको सिद्धार्थनगर जिल्लाको थाना ढेबरुवा खर्री स्थित आफ्नो घरमा छन् । पक्राउ परेको जैसुल्लह काठ ब्यापारी हुन् । उनको प्रहरीसँग हिमचिम रहकोले घटनापछि पनि ढुक्कसँग घर बसेका थिए । गाउँलेहरुको दवाब पछि प्रहरीले उनलाई पक्रेको थियो । यसअघि पनि युवतीहरुको घटनामा पटक पटक उनी मुछिएका छन् ।
    ४ महिनाअघि पनि गाउँकै १७ वर्षे युतवीलाई जबरजस्ती गरेको आरोपमा गाउँलेहरुले उनलाई कुटेका थिए । लेनदेनपछि सो घटना मिलाइएको थियो । अहिलेको घटना मिलाउन पनि पीडकका काकाले प्रहरीलाई २ लाख रकम दिएको कुरा सुनेको पीडित युवतीकी आमाले आरोप लगाइन् ।
    प्रहरीले समेत फरार रहेको ओरोपीलाई पक्राउ गर्न कुनै चासो नदिएको र पक्राउ परेका गद्दीलाई समेत छुटाउन चलखेल गरेको उनले आरोप लगाइन् । प्रहरी श्रोतका अनुसार शिवराज अस्पताल बहादुरगंजमा युवतीको परिक्षणपछि बलात्कार गरिएको पुष्टि भएको छ । रहमानले बलात्कार गरेपछि जैसुल्लाले बलात्कार गर्न जाँदा युवती चिच्चाएपछि गाउँलेहरु जम्मा भएका थिए । त्यस बेला दुबै आरोपी फरार भएका थिए ।
    पीडित युवतीका दुई छोरा बैदेशिक रोजगारमा छन् । घरमा दुई छोरी र उनी छन् । उनका श्रीमान् १५ अघि नै बितेका थिए । प्रहरी नायब उपरीक्षक रवि रावलले घटनाको अनुसन्धान र फरार रहेका अभियुक्तको खोजी भइरहेको बताए । ‘हामीले घटनाका सूक्ष्म अनुसन्धान गरिरहेका छौँ, फरार रहेको युवकलाई पनि केही दिनमै पक्राउ गर्छौं’, उनले भने । प्रहरीले रहमानलाई जबरजस्ती र जैसुल्लाहलाई करणी उद्योगको मुद्दा चलाएको छ ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार