१० अर्ब लगानीमा कर्णालीमा सिमेन्ट उद्योग

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको लखरपाटा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढेको छ । बराहताल गाउँपालिका वडा नं. ७ मा रहेको लखरपाटा सिमेन्ट उद्योगको निर्माण कार्यका लागि विशाल सिमेन्ट उद्योगसँग सम्झौता भएको छ । करिब एक बर्षअघि टेण्डर आव्हान भए पनि काम अघि बढ्न सकेको थिएन ।
सरकारले एक बर्षअघि टेण्डरमार्फत भारतीय कम्पनी फस्टपाटीसँग सम्झौता गरेको थियो । जुन समयमा सम्पर्कमा नआएपछि कालोसूचीमा राखिएको थियो । त्यसपछि अहिले विशाल सिमेन्ट उद्योगसँग सम्झौता भई आवश्यक प्रक्रिया अगाडि बढेको छ । सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन संघर्षरत पूर्व सांसद नरबहादुर विष्टले अब लखरपाटा सिमेन्ट उद्योगको काम अघि बढेको जानकारी दिए ।
निर्माण गर्न लागिएको सिमेन्ट उद्योगबाट दैनिक तीन हजार मेक्ट्रिक टन सिमेन्ट उत्पादन हुने सर्वेक्षण गरेको थियो । उद्योग सञ्चालनमा ल्याएको सुरु–सुरुमा १२र१५ सय मेक्ट्रिक टनसम्म उत्पादन हुन सक्ने र पछि विस्तारै परिमाणमा वृद्धि हुने छ । पूर्व सांसद विष्टका अनुसार, कर्णालीमा रहेको लखरपाटा सिमेन्ट उद्योगले अबको २ वर्षभित्र उत्पादन थाल्ने छ ।
सम्झौता भए अनुसार करिब १० अर्वको हाराहारीमा लगानी हुनेछ ।
निर्माण कम्पनीका प्रबन्ध निर्देशक अमित श्रेष्ठले अबको करिब १–२ महिनाभित्र डिटेल सर्वेक्षण हुने छ । ‘भर्खर सम्झौता भएको छ, हामी डिटेल सर्वेक्षणका लागि एक दुई महिनाभित्र लखरपाटा आईपुग्ने योजनामा छौँ’ उनले भने–‘त्यसपछि कामका लागि अन्य आवश्यक प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार