स्वर्णिम सहकारीको साधारणसभा

  • ‘सहकारीले रोजगारमूलक क्षेत्रमा लगानी गर्नुपर्छ
  • बटौली । स्वर्णिम बचत तथा क्रृण सहकारी संस्था बुटवल ५ को १० औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे ।
    सो अवसरमा बोल्दै मन्त्री गिरीले सहकारी ऐनको पालना सबै सहकारीले गर्नुपर्ने बताए । सहकारी सम्बन्धी बनेको ऐन कार्यान्वयनको चरणमा रहेको भन्दै मन्त्री गिरीले ऐन नियमभित्र बाँधिएर सहकारी सञ्चालन गरे सहकारी उत्कृष्ट हुने बताए । उनले सहकारीले अब लगानीको क्षेत्र विस्तार गर्दै रोजगारमूलक र युवा स्वरोजगारतर्फ गर्नुपर्ने बताए ।
    साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष पारु ध्वजूले सहकारीले आगामी बर्षमा सेयर सदस्यहरूको क्षमता बृद्धि गर्ने तालिमहरू सञ्चालन गर्दै जाने बताइन् । बृद्ध जेष्ठ सदस्यहरूलाई बृद्धभत्ता प्रदान गर्ने, शेयर लगानी १० प्रतिशतले बृद्धि गर्दै जाने, विपन्न वर्गका छात्रछात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने सहकारीको लक्ष्य रहेको बताइन् ।
    बचत तथा ऋण सहकारीका सचिव कृष्ण पाण्डेले एउटै प्रकृतिका सहकारीमा एक ठाउँमा मात्र सहकारी सदस्य बन्न पाउने नियमको पालना गर्न सहकारी सदस्यहरूलाई आग्रह गरे । उनले सहकारी नियम अनुसार १० प्रतिशत निक्षेप सहकारीमा राखेर ऋण लगानी गर्नुपर्ने बताए । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष देवेन्द्र ध्वजू, सल्लाहकार सावित्रा अर्याल, उपाध्यक्ष, जेनि श्रेष्ठ, प्रेस सल्लाहकार कल्पना तिवारीलगायतले बोलेका थिए ।
    संस्थामा हाल १ हजार ३५ सदस्यहरू रहेका छन् । ८१ लाख ८७ हजार ४ सय ६ रूपैयाँ शेयर पुँजी रहेको सहकारीमा असार मसान्तसम्म कुल बचत निक्षेप १ करोड ११ लाख ५५ जार ८ सय १ रूपैयाँ रहेको छ । संस्थाले ऋणतर्फ १३ प्रतिशत देखि १८ प्रतिशत व्याजदरमा ऋण लगानी गरेको तथा बचततर्फ ७ देखि ११ प्रतिशतसम्म व्याज दिने गरेको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार