तिलोत्तमामा धानको एसआरआई प्रविधि सफल

बटौली। तिलोत्तमा नगरपालिका कृषि विकास शाखाले पहिलो पटक धानमा अवलम्बन गरेको एस.आर.आई. प्रविधि सफल भएको छ ।
केही समय पहिला नगरपालिकाले प्रदान गरेको तालिममा आधारित रहेर तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का किसान चेतबहादुर डमामीले उक्त प्रविधि अनुसार धान रोपेका थिए । २५ सेन्टिमिटर बोटदेखि बोटसम्मको दुरी र २५ सेन्टिमिटर ड्याङ्गदेखि ड्याङ्गको दुरी बनाएर रोपिएको उक्त धानको एउटा बोटमा ३५ वटासम्म बोट बोट हालेको छ भने सोही अनुसार ३५ वटा धानको बाला लागेको छ ।
कृषि विकास शाखा तिलोत्तमा नगरपालिका प्राविधिक सहायक युवराज ढकालका अनुसार पहिलो पटक परीक्षणको रूपमा डेढ कठ्ठामा लगाइएको धानले राम्रो उत्पादन हुनेमा आफू ढुक्क रहेको बताए । सिस्टम अफ राईस इन्टिग्रेसन(एसआरआई) प्रविधि अपनाइएको उक्त धान ८ दिनको विरुवा रोप्नु पर्दछ । नगरपालिकाले ११ दिनको धानको बीउ रोपेका थिए । नगरपालिकाले १ हजार रूपैयाँ मात्रै सहयोगको गरेको थियो । प्राविधिक ज्ञान नगरपालिकाले पूर्णरूपमा प्रदान गरेको जानकारी दिँदै प्राविधिक सहायक ढकालले सोही प्रविधिलाई अपनाएर किसानले धान रोपेको कारण अहिले एउटा बोटबाट ३५ वटा बाला लाग्न सफल भएको बताए । अन्य सामान्य धान खेतीभन्दा पनि धानको विरुवा रोप्दा लाइनदेखि लाइनको दुरी मिलाएर रोप्नुपर्ने नियम छ । किसानहरूले लगाएको धानमा रहेको विभिन्न झारपातसमेत उखेल्नको लागि समेत सहज हुने भएको कारण अन्य स्थानमा पनि सोही अनुसारको प्रविधिको विकास गरिने तिलोत्तमा नगरपालिकाले जनाएको छ । धानको बीउ कम लाग्ने भएको कारण किसानहरूको समय, पैसासमेत बचन हुने गर्दछन् ।
प्रगति कृषक समूहका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार धान अन्यभन्दा केही अग्लो भएपनि धानको झार गेड्न सजिलो, बाली उपचार गर्न पनि सजिलो भएको छ ।
उक्त प्रविधि अनुसार एक हेक्टर क्षेत्रफलमा धान रोप्दा जम्मा ५ किलो धानले पुग्दछ । अहिले डेढ कठ्ठा धानमा किसानले जम्मा दुई मुठी मात्रै धान रोपेका छन् । पहिलो खेती गर्दा एक कठ्ठा क्षेत्रफलमा जम्मा डेढदेखि दुई क्वीन्टलसम्म धान उत्पादन हुने गरेकोको उक्त प्रविधि अनुसार करिब ३ क्वीटल धान उत्पादन हुने अपेक्षा गरिएको छ । उद्यपि यसको क्रप कटिङ्ग(बाली काट्ने कार्य) गरिएको छ । जसबाट एक मिटर चौडाई, एक मिटर लम्बाई भएको स्थानको धान काटेर त्यसलाई जोखेर पूरै धान खेति गरिएको क्षेत्रको उत्पादन दर पत्ता लगाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार