ज्येष्ठ नागरिकका समस्या

ज्येष्ठ नागरिकका समस्या जेष्ठ नागरिक कति वर्षका लाई मान्ने भन्ने सम्बन्धमा थुप्रै चर्चा परिचर्चा जेष्ठ नागरिक ऐन ७० वर्ष उमेर पूरा गरेका जो कोहीलाई पनि जेष्ठ नागरिकको परिभाषाभित्र राखेको पाइन्छ । नेपालको संविधानको धारा ४१ ले जेष्ठ नागरिलाई विशेष संरक्षण र सामाजिक सुक्षाको हक प्रदान गरेको छ । मनमोहन प्रधानमन्त्री भएका बेला १०० रूपयाँले दिदै आएको वृद्धभत्तालाई नेपाल सरकारले मासिक दुई हजार रूपयाँ प्रदान गर्दै आएको छ । जसले अधिंकाश जेष्ठ नागरिकलाई हातमुख जोरन ठूलो मद्धत गरेको छ । उनीहरूको आत्मबलमा बृद्धि गरेको छ । मानवअधिकारको विश्वव्यापी घोषणा पत्र १९४८, नागरिक तथा राजनैतिक अधिकार, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ ले पनि जेष्ठ नागरिकका विषयलाई समेटेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा जेष्ठ नागरिकका सम्बन्धमा थुप्रै प्रावधान भएपनि सो को व्यवहारमा कार्यान्वयन हुन नसक्दा जेष्ठ नागरिकले घर परिवार, गाउँ समाज, स्थानीय तह तथा नेपाल सरकारसँग विभिन्न प्रकारका लडाईं लडिरहनु परेको छ । विभिन्न प्रकारका हिंसाको सामना गर्नु परेको छ । यी विविध कुरालाई हेर्दा जेष्ठनागरिकको अवस्था सन्तोषजनक छैन । जेष्ठ नागरिक सम्बन्धी संयुक्त राष्ट्रसंघीय सिद्धान्त १९९१ ले जेष्ठ नागरिकको स्वतन्त्रता, सहभागिता, हेरविचार, आत्मपरिपूरण, स्वास्थ्य, सामाजिक सुरक्षा, मर्यादा र सम्मानित जीवन जीउने अधिकारको सुनिश्चित गरेको छ । ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको प्रस्तावनामा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्न वाञ्छनीय भएकोले यो ऐन ल्याइएको भनी उल्लेख छ ।
आज जन्मेको शिशुले बालक, किशोर, बृद्ध तथा प्रौढको भूमिका निर्वाह गर्नु पर्दछ । यी भूमिका पनि समय सन्दर्र्भ र परिस्थिति अनुरूप फरक फरक हुन्छ । शिशु र बालकको अभिनयको भूमिका निर्वाह गर्दा सबै क्षेत्रबाट दया माया, सेवा, सम्मान, सद्भाव, हौसला तथा प्रेरणा मिल्छ । यो अवस्था नै मानव जीवनको फिल्मी दुनियाँको सबै भन्दा उत्तम र सर्वश्रेष्ठ अवस्थाका रूपमा देखिन्छ । यदाकदा अभिनयको भूमिकामा केही गल्ती गरिहाले पनि सबैलाई दण्डदिने कानुनले समेत दण्डनै नदिने वा दिई हालेपनि ससानो मात्र दण्ड दिने, हप्काई धप्काई सम्झाई बुझाई छोडिदिने भने पछि मानव जीवनको साँच्चिकै रमाइलो फिल्मी दुनियाँको अभिनय भनेको बाल्य अवस्थाको अभिनय हो ।
बाल्य अवस्था पार गरिसके पछि सबैले स्वतः निर्विवादरूपमा किसोर अवस्थाको सामना गर्नुपर्ने हुन्छ । किशोर अवस्थाको अभिनयमा प्रत्येक अभिनयकर्ताले हिरो हिरोनी बन्नेदेखि विभिन्न प्रकारका सानातिना झिना मसिना फिलिमको सुटिङ देखि सुख दुःखका क्षणहरूको अनुभूति गर्ने मौका प्राप्त गरेकै हुन्छ । यस अवस्थामा अभिनयको क्रममा नागरिक तथा राजनैतिक अधिकार, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार र अन्तराष्ट्रिय जगतमा सम्पन्न भएका विभिन्न प्रकारका सन्धि माहासन्धि, आलेख, प्रलेख, घोषणा पत्र तथा सम्झौता पत्रमा निहित अधिकारको मूल्य र मान्यताको उपभोग गरी अभिनय गरिएको हुन्छ । अभिनयका क्रममा यस अवस्थामा हिरो हिरोनीहरूले विविध प्रकारका अभिनयको भूमिका पत्यक्ष रूपमा निर्वाह गर्ने सुनौलो अवसर सबैलाई प्रदान गरिएको हुन्छ । यस अवस्थालेनै नागरिक समाज तथा ऐन कानुनले अन्य दुईवटा अवस्था बाल्य तथा बृद्ध अवस्थाको रेखदेख संरक्षण तथा संवद्र्धनको जिम्मेवारी पनि दिएको हुन्छ । फिल्मि दुनियाँको यस अवस्थालाई पनि नराम्रो भन्न मिल्दैन किनकि यति बेलाको कुशल अभिनयको मूल्यांकनले नै आगामी भविष्य निर्धारण गर्दछ ।
बालक र किशोर अवस्थाको अभिनय गरी सकेपश्चात फिल्मी दुनियाँको सबैभन्दा अन्तिम तथा अभिनय गर्न गाह्रो र ऐन कानुन र सन्धि महासन्धिले पनि राम्ररी हेर्न र संरक्षण गर्न नसकेको तथा गाउँ समाज, घर परिवार, छोरा बुहारीबाट पनि सम्मान प्राप्त गर्न विविध कठिनाई रहेको अवस्था वृद्ध तथा प्रोढको अवस्था हो । जसलाई अहिलेको आधुनिक विश्व जगतमा ज्येष्ठ नागरिक भनेर चिन्ने गरिन्छ । यसै जेष्ठ नागरिकको अवस्थाको बारेमा यहाँ मैले हाम्रो गाउँ समाज र चलन चल्तीमा भएका कटु यथार्थलाई उल्लेख गर्न चाहेको छु । अहिले हामीकहाँ भइरहेको नयाँ संस्कृतिको आगमनले पुरानो संस्कृति पाखा लाग्दै गएको अवस्था छ । पुरानो संस्कृति मान्नेहरू नयाँ संस्कृतिमा आफूलाई ढाल्न गारो ठानी रहेका छन् । भूमण्डलीकरणको सुखदपक्षले गर्दा मानिसको रहन सहन जीवनपद्धति सामाजिक मूल्य र मान्यतामा पनि असर पर्दै गइरहेको छ । नया पुस्ता र पुरानो पुस्ताको बीचको दूरी बढ्दा बढ्दै नयाँ पुस्ता संयुक्त परिवारबाट खण्डित भई एकल परिवारमा बस्न चाहन्छ । यस परिवेशमा नया पुस्तासँग नयाँ नयाँ जोस जाँगर, जिउ ज्यान, पेसा व्यवसाय, कला कौशल तथा अभिनय सबै थोकबाट ऊ धनी छन् तर परिवारमा बढ्दै गएको असमझदारीको कारणले ७० वर्ष पार गरेका, उमेर छंदा घर परिवार, गाउँ समाज, राष्ट्रलाई सहयोग गरेका, दुई चार गाँस खाने मन हुँदाहँुदै पनि छोरा, बुहारी नाति नातिना खालान् भनी भान्साबाट हिंडने, लामो समय छोरा बुहारीका लागि काम गरेका, खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरमा गेस्टिक पालेर बसेका, हाल उमेर सताम्य भएका, सबै कुराबाट कमजोर बन्दै गएका परिवारबाट तिरस्कृत भई जीवनयापन गर्न ज्येष्ठ नागरिकहरू बाध्य छन् ।
पछिल्ला दिनमा घर परिवार गाउँ समाजमा नयाँ पुस्ता र पुरानो पुस्ताका बिचमा विवाद बढ्दै गए पछि ज्येष्ठ नागरिकहरू घर परिवारबाट बाहिरिने क्रम बढदै गएको छ । छन पैसा सबै मेरा छैन्न पैसा सबै टेडा भनेजस्तै जतिबेला ती ज्येष्ठ नागरिसँग काम गर्ने पोरख, सीप, कला, व्यवसाय, उमेर र शक्ति थियो, फिल्मी दुनियाँमा राम्रो अभिनय गर्न सक्थे त्यतिबेला तिनै नयाँ पुस्ता भनाउँदा छोरा बुहारी गाउँ समाज, नाता कुटुम्व, आसेपासे, गासे सबैले सम्मान गर्थे, बाटो घाटोमा बोल्थे सुख दुःखमा सहयोग गर्थे । खान लगाउन दिन्थे तर अहिले उनी वृद्धवृद्धा भएको बेला सबै तिरबाट कमजोर हँुदै गएका छन् । उनको अभिनय गर्ने कला, हाव भाव गर्ने शरीरका प्रत्येक अंगहरू उनले अभिनय गर्न चाहेर पनि गर्न सक्ने अवस्थामा छैनन ।
ज्येष्ठ नागरिकलाई प्रकृतिले नै ठगेको अवस्था छ । ज्येष्ठ नागरिक सबैतिरबाट कमजोर बन्दै जाने यस चराचर जगतको नियम नै छ । उनको शरीर कमजोर हुँदा खेरी उनका सबैथोक आफसे आफ कमजोर हुन पुग्दछ । आँखाको हेर्ने शक्ति, कानको सुन्ने शक्ति, दाँतको चपाउने शक्ति, जिब्रोको स्वाद लिने शक्ति र मन मस्तिष्कले सम्झने शक्तिमा ह्रास आउने वित्तिकै नयाँ पुस्ता र पुराना पुस्ताका बिचमा सामान्य कुराहरू जस्तै चियामा गुलियो नभएको, दालमा नुन नभएको, भातमा पानि कम भएको, दूधमा चिनी नराखेको, मही वा दही राखेर दालको परिकार बनाउनुको सट्टा कालो दालमा अमिलो राखेको, घरमा आएका पाहुनालाई स्वागत गरेको, कुरा गरेको, हाँसेको, बोलेको तथा खानाका कारणबाट र राम्रो तरिकाले खान लगाउन दिएर राखेको अवस्थामा पनि जेष्ठ नागरिकको बिर्सिने बानीले गाउँ, समाज, ईष्टमित्र नाता कुटुम्बमा मलाई छोरा बुहारीले राम्रो व्यवहार गरेन्न, खाना नै दिएनन्, खाना नखाएको तीन चार दिन भई सक्यो, छोरा बुहारी राम्रो मसिनो चामलको भात खान्छन् हामीलाई मोटो चामलको भात दिन्छन् भन्ने जस्ता साना मसिना रसिला झरिला पत्यारिला अपत्यारिला समभाव असमभाव कुराले गर्दा नै आमा बुवा र छोरा छोरीका बिचमा विवाद हुँदा ससानो कुराले ठूलोरूप लिंदै जाँदा झै झगडा भई रिस थाम्न नसकि घरबार छोडी हिंड्नाले ज्येष्ठ नागरिकहरूले कठिन अवस्थाको जीवन यापन गर्नु परिरहेको छ ।
आधुनिक भनाउँदा कम्युटर र मोबाईलमा दिन बिताउने, घर परिवारका सदस्यसँग बोल्न मन नगर्ने नयाँ पुस्ताले पनि के कुरा चांही स्मरण गर्नु जरुरी छ भने आजका हामी हिरो हिरोनी पनि भोलि को एक दिन फिल्मी दुनियाँमा अभिनय नै गर्न नसक्ने अवस्थामा पुग्ने छांै र हाम्रो पनि गति हाम्रा आमा बुवाको जस्तै हुनेछ । हाम्रा सबै अंग प्रत्यङ्ग र ज्ञानेन्द्रीयहरूले पनि हाम्रा अभिभावकको जस्तै काम गर्न छोड्ने छन् । हामीले हाम्रा ज्येष्ठ नागरिकलाई ससम्मान कुनैपनि प्रकारको तनाव बिना बाँच्ने वातावरण सिर्जना ग¥यो भने भोलिको नयाँ पुस्ताले पनि हामीलाई सोही अनुरूपको व्यवहार गर्ने छ जसमा सबैको भलो पनि छ भन्ने कुरालाई मनन गर्दे घर परिवारमा सबैले आआफना अभिभावकलाई हेर्ने दृष्टिकोणमा साकारात्मक परिवर्तन ल्याउन सक्यांै भने भोलिका दिनमा गाउँ छिमेक समाजमा ज्येष्ठ नागरिकले सुरक्षित भएको महशुस गर्ने छन् ।
आज जन्मेका बालक समय सन्दर्भ र परिस्थितिले भोलि ज्येष्ठ नागरिक हुने क्रम जारी रहन्छ । यो प्रकृतिको नियम हो । आमा बुबाले बुढेस कालमा साहरा हुन्छ भनेर कोमल मनकासाथ आफु खाई नखाई विविध प्रकारका दुःख कष्ट गरेर छोरा छोरीको पालन पोषण तथा शिक्षा दिक्षाको व्यवस्था गरेको हुन्छ । आफ्नै कोखबाट जन्मेका सन्तानले भोलिका दिनमा घरबाट निकाली देला, वृद्धा आश्रममा बास गराउला भन्ने कल्पनासम्म कसले गरेको होला र ? त्यसैले धागोलाई चुडाए जस्तो व्यवहार बुवा आमासँग नगरौ । वर्ष दिनमा एक दिन असोज १५ गते जेष्ठ नागरिक दिवस मनाएर हैन सदैव जेष्ठ नागरिक मैत्री व्यवहार घर परिवार गाउँ समाजमा भयो भने पक्कैपनि जेष्ठ नागरीकहरू खुसी हुनेछन् । स्थानीय तह, नेपाल सरकारबाट जेष्ठ नागरिकलाई प्रदान गरिने सेवा सुविधामा समय परिवेश अनुसार गारो हैन सजिलो गरी पाउने व्यवस्था भएमा, सरकारले यातायात तथा स्वास्थ्यमा दिने भनेको छुट व्यवहारिक कार्यान्वयन भएमा, जेष्ठ नागरिकका सम्बन्धमा ऐन कानुन, नीति नियम र मानव अधिकारको मूल्य र मान्यता व्यवहारमा कार्यान्वयन भएमा, मातृ देवो भवः पितृ देवो भवः गुरु देवो भवः भन्ने मन्त्रलाई सबैले व्यवहारमा लागू ग¥यौं भने यसैमा सबैको कल्याण हुनेछ । जेष्ठ जागरिक खुसी हुनेछ भने मानवअधिकारको मूल्य र मान्यता, कानुनको कार्यान्वयन हुनेछ जसले मानव अधिकारको संरक्षणमा टेवा पुग्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार