स्वदेशमै रोजगारको व्यवस्थाको माग

बुटवल। युवाहरूलाई देश निर्माणमा परिचालन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । युवाहरूलाई स्वदेश मै रोजगारको व्यवस्था गर्नका लागि उद्योग कारखानाहरू स्थापना गर्नुपर्ने बताए ।
विदेश पलायन युवाहरूलाई स्वदशमै रोकेर उत्पादनमूलक क्षेत्रमा परिचालन गरिएमा देशको अर्थतन्त्र बलियो हुने बताए । अखिल नेपाल युवक संघ रूपन्देहीको पांँचांै जिल्ला सम्मेलनमा बोल्ने वक्ताले देशलाई सम्वृद्वितर्फ उन्मुख गराउन युवाहरूलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुको विकल्प नभएको बताए । भएका उद्योग र कलकारखानाहरू बन्द गरेर देशको सम्वृद्वि हुन नसक्ने बताए । उनीहरूले राष्ट्रिय पूंजीको विकासका लागि राज्यले त्यस प्रकारको नीति बनाएर उद्योग कलाकारखानाहरू सञ्चालन गर्नुपर्ने बताए । सोही कार्यक्रममा बोल्दै अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव कृष्णराज पौडेलले युवाहरूलाई समाज परिवर्तनको दिशामा अगाडि बढाउनु पर्ने बताए । दक्ष जनशक्तिलाई विदेश पठाएर देशको विकास हुन नसक्ने बताउंदै राज्यले युवामैत्री नीति ल्याउनु पर्ने बताए । उनले समाज परिवर्तन र राष्ट्रिय सार्वभौमिकता, अखण्डता र एकताको पक्षमा युवाहरूलाई परिचालन गर्नुको विकल्प नभएको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य तारा जीसी, पूर्वसभासद सन्तबहादुर नेपाली, राष्टिय जनमोर्चाका रूपन्देही सचिव दीपक पौडेल, अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव लक्ष्मी न्यौपाने, रुक बहादुर पराजुली, नारायण जीसी, रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, बुद्धिजीवी संघका दुर्गानाथ खरेल, अखिल छैठौंका रूपन्देही अध्यक्ष सरोजमान सिंह, गंगालाल सापकोटा, गणेश थापा, हरि योगी, सुरेन्द्र थापा, ज्योती फौजा मगरलगायतले बोलेका थिए । गोपाल बञ्जाडेको अध्यक्षतमा सम्पन्न अधिवेशनले गोविन्द खनालको अध्यक्षतामा १३ सदस्यीय रहेको अखिल नेपाल युवक संघ रूपन्देही गठन गरिएको । जसको जसको उपाध्यक्षमा रमा जीसी, सचिव गणेश थापा, सहसचिव शंकर पौडेल र कोषध्यक्ष मिलन पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सदस्यहरूमा अर्जुन घर्ती, दुर्गादेवी काउचा, प्रिया अधिकारी, रमेश भन्डारी, यमबहादुर क्षेत्रीलगायत रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार