भैंसीको हाटबजार हरैंया

ललित पाण्डेय / रुपन्देही । हाटबजार भन्ने बित्तिकै तपाईले के सोच्नुहुन्छ ? दैनिक उपभोग्य बस्तु खाद्यान्न, तरकारी , लुगा आदि किन्ने ठाउँ । के तपाईले भैंसीको हाट बजार देख्नुभएको छ । कस्तो हुन्छ होला भैंसीको हाटबजार ? रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाको साविक रुद्धपुर गाविसमा रहेको हरैया बजारमा शनिबार लाग्ने हाट बजारमा भैंसीको कारोबार हुने गर्दछ । भैंसीको हाट बजार भनेर पनि हरैया बजारलाई चिनिन्छ ।
प्रत्येक शनिबार यँहा भैंसीका ब्यापारीहरु जम्मा भएर भैंसीको किनमेल गर्दछन । बिहानको ५ बज्न नभाउँदै हाट बजारमा भैंसी ब्यापारीहरुको चहलपहल सुरु हुन्छ । भैंसीले भरिन थाल्छ हाट बजार । कपिलबस्तुका मनोवर मुशलमानले भैंसीको कारोबार गर्न लागेको ३० वर्ष वित्यो । कपिलबस्तुदेखि भैंसीको ब्यापार गर्नको लागि मुशलमान शनिबारको दिन हरैंया बजारमा आईपुग्छन । अरु दिन उनले गाउँभरी भैंसी खोज्दै गाउँ डुल्दछन । एक सातासम्म किनेका भैंसीलाई शनिबार उनले बजारमा ल्याईपुराउँदछन । एक सातामा ५५ वाटा जत्ती भैंसी जम्मा गरेर बेच्ने गरेका छन ।
यँहा ल्याएका भैसीहरु ५० हजारदेखि १ लाखसम्मा विक्रि हुने गरेको मुशलमानले सुनाए । उनले भने– गाउँमा अहिले भैंसी पाउन पनि छाडेको छ , पहिले प्रसस्त मात्रामा भैंसी किन्न पाईन्थ्यो । अहिले भैंसी पाल्न पनि छाडे , पाले पनि एउटा दुईटा मात्र पाल्छन , त्यसैले भैंसी पाउँन मुस्किल छ । मनोबरका बुबाले पनि पहिले भैंसीको ब्यापार नै गर्दै आएको सुनाए ।
बजारमा रुपन्देही लगायत कपिलबस्तु , नवलपरासी , पाल्पा , अर्घाखाँचीबाट ब्यापारीहरु आउँने गर्दछन । यँहा बेचिने प्राय भैसी माशुको लागि काठमान्डौं , पोखरा ,वुटवल जाने गरेको अर्का ब्यापारी ईस्ताक मुशलमानले बताए । भैसीको कारोबार नै गरेर परिवार पाल्दै आएको उनले सुनाए । ६ दिनसम्म उनि पनि गाउँमा भैंसी किन्न जान्छन र शनिबार बजारमा ल्याएर बेच्ने गरेको सुनाए ।
सुँगुर र हात्तीको लडाईबाट सुरु भएकोे हरैयाको हाटबजार अहिले भैंसीको हाटबजार भनेर पनि प्रचलित रहेको स्थानीय जगिलाल थापाले बताए । हरैंयाको हाटबजार पुरानो बजार पनि हो उनले भने –यँहा खाद्यान्न , लत्ता कपडा मात्र नभएर भैंसीको समेत कारोबार हुने बजार भएकाले प्रख्यात छ ।

हरैया माविको जग्गामा सञ्चालनमा आएको यस हाटबजार हरैया माविकाको आम्दानीको मुख्य श्रोत भएको थापाले सुनाए । वि.स. २०२४ सालमा स्थापना भएको विद्यालय सञ्चालन गर्नको लागि हाट बजार सञ्चालनमा आएको उनले बताए । पहिले हाट बजारबाट आएको पैसाले विद्यालय सञ्चालन हुने गरेको थापाले सुनाए ।

हाट बजारबाट वार्षिक रुपमा १३ लाख आम्दानी हुने गरेको विद्यालयका प्रधानध्यापक मेघराज शर्माले बताए । विद्यालयको करिब १ विगाहा क्षेत्रमा रहेको हाटबजार वर्षेनी ठेक्कामा जोने गरको र त्यहीबाट आएको पैसाले विद्यालय सञ्चालन हुने गरेको उनले सुनाए । शर्माले भन्छन –हाटबजार ठेक्कामा गएर आएको पैसाले विद्यालयमा निजी श्रोतका शिक्षकलाई तलब दिन पुगेको छ , केही पैसाले भौंतीक निर्माणको काम समेत भएका छन ।

ताजा अपडेट
सम्बन्धित समाचार