टिप्पर आतङ्क

टिप्परमा स्वरोजगार
तिनाउ गाउँपालिकामा विगत ७ वर्षदेखि खानी सञ्चालनमा आएको हो । सो खानी सञ्चालनपछि दोभान बासीको आम्दानीको श्रोत भने बलियो बनेको छ । जसका कारण जीविको पार्जनमा पनि सहज वातावरण बनेको छ । खानी सञ्चालन भएदेखि दोभानबाट अधिकाँश युुवामा हुुने विदेश पलायन रोकिएको एआर एम सप्लायर्सका राम थापाको भनाइ छ । आफूपनि विदेशमा धेरै चक्कर काटेपछि हाल खानीपानी सञ्चालनपछि यही आफ्नै भूमिमा आफ्नो परिवारसँग रमाएको उनको भनाइ छ । दोभानका हाल सयौं युुवाहरूले ३० प्रतीशत आफ्नो लगानी र ७० प्रतीशत बंैकको लगानी गरी करीब साढे ७ करोड बराबरको लगानी दोभान बासीको टिप्पर सञ्चालनमा रहेको टिप्पर सञ्चालक तोया लम्सालले जानकारी दिए । तिनाउ गाउँपालिकाको वडा नं १,३,६, मा खानी सञ्चालनमा भइरहेका छन् । खानी सञ्चालन पछि दोभान गाउँपालिकामा वार्षिक ८ लाखका दरले लिएको खानीबाट आम्दानी भएको र हाल वार्षिक एक करोड राजश्व संकलन हुुने तिनाउ गाउँपालिकाका अध्यक्ष ओम घर्ती मगरले जानकारी दिनुुभयो । हाल हरेक ट्रान्सपोर्टको काममा र टिप्परमा स्थानीय युुवालाई स्वरोजगार सहज माध्यम बनेको छ । दोभानका अधिकांश अन्य व्यवसाय छोडेर हाल टिप्परमा लगानी गर्ने प्रचलन बढेको छ । अन्य क्षेत्रमा भन्दा आम्दानीका सहज वातावरण भएपछी यो क्षेत्रमा आकर्षण बढेको हो । टिप्पर चालक सहचालक र ट्रान्सपोर्ट गरी सयौं युुवालाई रोजगारीको वातावरण सिर्जना भएको छ । हाल १६ वटा ट्रान्सपोर्ट सञ्चालनमा रहेका छन । टिप्पर सञ्चालनको लगानीमा विभिन्न सरकारी तथा गैरसरकारी जागीरमा संलग्न भएकाले समेत यस क्षेत्रमा लगानी गरेका छन् । अझैपनि पाल्पाको विभिन्न ठाउँमा खानी सञ्चालन हुुने तयारीमा रहेको छ । टिप्पर चालकको पनि महिनाको आम्दानी आकर्षक भएका कारण पनि चालकको परिवार राम्ररी धानीएको अवस्था छ । विगतमा दोभान बासीको आम्दानीको श्रोत कृषि र वैदेशिक रोजगार थियो भने हाल खानी सञ्चालनपछि गर्जो टार्नका लागि निकै सहज भएको स्थानीय दोभान बासीको भनाई छ । हाल बर्खाको समयमा भने ४ महीना बन्द हुुँदा दैनिक २१ लाख आम्दानीमा कमी आउने टिप्पर सञ्चालक हरूको भनाई छ ।
टिप्परका कारण भएका केही नकारात्मक पक्षहरू ः
विगत केही वर्षयता पाल्पाका विभिन्न ठाउँमा खानी सञ्चालन भएपछि टिप्परको संख्यामा ह्वात्तै वृद्धि भएपछि टिप्पर आतंक पनि उत्तिकै बढेको छ । जसका कारण आम नागरिकले सडक प्रयोग गर्दा त्रसित बन्नुु पर्ने बाध्यता छ । यो आर्थिक वर्षको जेष्ठ मसान्तसम्म टिप्पर दुुर्घटनाका कारण ज्यान गुुमाउनेको संख्या बुुटवल र आसपासमा मात्रै ५ पुुगेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरीको तथ्यांकमा देखिए पनी टिप्परका कारण ज्यान गुुमाउनेको संख्या र घाइते हुुनेको संख्या अधिक रहेको छ । टिप्परले जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रुुलाई होस् या सडकमा चलेका कुुनैपनि साना तथा ठूला सवारी साधन होस् आँखा चिम्लेर ट्राफिक नियमको समेत उलङ्घन गरी हुुईकाउने पवृित्तले गर्दा सडक प्रयोगकर्ता आतंकित बन्नुु परेको छ । ट्रिप अनुसारको भत्ता पाइने हुुँदा तीव्र गतिमा चालकले कुुदाउँने गर्दछन् । जसका कारण दुुर्घटना बढेको ट्राफिकको भनाई छ । सहरी क्षेत्रमा अहिलेसम्म ट्राफिक प्रहरीको तर्फबाट नियन्त्रणका लागि कुुनैपनी संयन्त्र नभएको प्रहरीको भनाई छ । तीव्र गतिमा चलाउँदा भएका घटनामा संलग्नलाई प्रहरीले कार्वाही त गरेकै छ तर घटना भने सोचेको जस्तो कम हुुन सकेको छैन । सवारी साधनको गति नियन्त्रण गर्ने र व्यवस्थित गर्ने कुुनै प्रविधि र आवश्यक मेनपावर पनि नभएको कारण दूर्घटना न्यूनीकरण हुुन नसकेको ट्राफिकको भनाई छ । सडकमा अनगिन्ती सवारी साधन मानव चाप र पार्कीङ्गको अभाव सडकमा गरिने पार्किङ्ग ,नगरपालिका जस्ता स्थानीय निकाय र सरोकारवाला निकायले यथेष्ट ध्यान पुु¥याउन नसक्दा जस्ता कुुरा मात्रै नभएर हाम्रा सेरोफेरोमा बनेका सडकको अवस्था लगाएतका विषय दुुर्घटनाका कारक तत्व बनेको छ । अर्को तर्फ पैदल यात्रुु पनि जेब्रा क्रस भन्दा अन्य ठाउँबाट बाटो काट्ने ट्राफिक चेतनाको कमी र स्वयं हेलचेक्र्याईका कारण दिनानुुदिन दुुर्घटनामा वृद्धि भएको छ । ट्रिपका आधारमा महिना भरिमा राम्रै आम्दानी हुुने भएकाले पनि टिप्पर तीव्र गतिमा चलाउने गरिन्छ । अहिले टिप्परलाई आम नागरिकले यमराजको संज्ञा दिएको पाइन्छ । यसरी सडक प्रयोग गर्ने पैदल यात्रुुले जेब्राको सही प्रयोग होस् या सवारी साधन आआफ्नो लेन प्रयोग गराउन सकेमा र सहरी क्षेत्रमा गति नियन्त्रण गर्न र क्षमता भन्दा बढी भार बोक्नेलाई कार्वाही गर्ने र निरुत्साहित गर्न सकेमा सडकको दिगोपना र दुुर्घटनाबाट आम नागरिकलाई जोगाउन सकिने र क्षति न्यूनीकरण गर्न सकिन्छ । यसमा सम्बन्धित निकायको समयमै ध्यान जान जरुरी देखिन्छ । सडकमा प्रहरी बस्ने भन्दापनि आजको युुग विधि र प्रविधीमैत्री बन्न सके र बनाउन सकेमा दुुर्घटना न्यूनीकरण गर्न सम्भव छ ।
खानी सञ्चालनमा स्थानीय निकाय भूमिका बिहीनः
मुुलुुकमा नेपालको संविधान २०७२ लागू भएपछि संघीय संरचनामा गएको भनेर निकै प्रचारमा भएपनि यसको व्यवहारिक कार्यान्वयनको पक्ष भने अझैपनि अन्यौलको अवस्थामा रहेको केही उदाहरण स्थानीय निकायको भनाइबाट प्रस्ट हुुन्छ । दोभान तथा बिभीन्न ठाउमा हाल संचालनमा रेहेका खानी सञ्चालनका लागि खानी विभागबाट प्रत्यक्ष स्वीकृति लिएपछि खानी सञ्चालन गर्न सक्छन् । तर यो विषयमा तिनाउ गाउँपालिकाका अध्यक्षको भने गुुनासो रहेको छ । खानी विभागबाट काम हुुने भएपछि स्थानीय निकायको त्यसमा कुुनै भूमिका नहुुने तिनाउ गाउपालिकाका अध्यक्ष ओम घर्ती मगरको भनाइ छ । खानी विभागबाट स्वीकृति लिएपछि अन्तमा औपचारिकताका लागि मात्र गाउँपालीकासँग अनुुमति लिने गरेको उहाँको गुुनासो छ । अबका दिनमा स्थानीय निकायलाई नै व्यवस्थित बनाउन र बलियो बनाउनका लागि स्थानीय तहका हरेक अधिकार प्रदान गरेमात्र यथार्थ संघीयताको अर्थ र व्यवहारिक कार्यान्वयन गराउन सकेमा स्थानीय विकास सम्भव हुुने घर्तीको भनाइ छ । तर गाउँपालीकाको राजश्व भन्दापनि अहिले संघीय सरकारलाई १० प्रतिशत बुुझाउँदै आएपनि अबका दिनमा प्रदेश सरकारले २५ प्रतीशत स्थानीयले २५ र संघीय सरकारले ५० प्रतीशत कर लिने व्यवस्था गरिएको छ । हाल एकटनको ६० रूपैयाँ कर तिर्नुुपर्ने प्रावधान रहेको भएपनि अझैपनि स्थानीय निकायको भूमिका के कति भन्ने कुुरामा अस्पष्ट रहेको छ । जसले गर्दा स्थानीय निकायको राजश्वमा समेत प्रभाव परेको जनप्रतिनिधिको भनाई छ ।
खानी सञ्चालनपछी विकास निर्माण र स्थानीयको पहुुँच बजारसम्म ः
खानी सञ्चालन भएदेखि कल्पना नगरेका ठाउँहरूमा समेत बाटोको सहज पहुुँच सिर्जना भएको छ । खानीका लागि बनाइएको बाटो सयौं घर धुुरीले प्रयोगमा ल्याउँदा त्यहाँको कृषिजन्य उत्पादित वस्तुुहरू बजारसम्म ल्याउन सहज भएका कारण कृषकहरू लाभान्वित भएका छन् । यातायात नहुुँदा त्यहाँ उत्पादित वस्तुु त्यसै कुुहिएर जाने गर्दथ्यो । हाल सडक निर्माण भएपछि यो समस्या समाधान भएको स्थानीयको भनाई छ । वर्षभरि वर्षायामबाहेक ८ महिनासम्म टिप्पर सञ्चालन हुुने गर्दछन् । कुुनै समयका लागि टिप्पर यमराज भएपनि गाउँले नागरिकलाई भने एम्बुुलेन्सको रूपमा समेत काम गरेको छ । ग्रामीण भेगमा नियमित यातायात नभएका कारणसहज यातायात सुुविधाका लागि टिप्परले गाउँका नागरिकका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । टिप्परलाई यमराजको रूपमा भन्दापनि एम्बुुलेन्सका रूपमा हेर्नका लागि आमनागरिकले चासो देखाएका छन् । सम्बन्धित निकायले पनि यसको व्यवस्थापन कुुनै स्वार्थ बिना गर्नसकेमा ट्राफिक व्यवस्थापनले नागरिकको ज्यानको रक्षा गर्न र मर्यादित ढंगबाट व्यवसाय सञ्चालन गर्न सहज हुुने थियो । सञ्चारका माध्यमले पनि घटना भइसकेपछि भन्दा पनि पहिले सावधानीका लागि व्यवसायिक हित र आम नागरिककको हितमा निस्वार्थ रूपमा आफ्नो भूमिका निर्वाह गर्नुुपर्ने आवश्यकता देखिन्छ । तर बजार क्षेत्रमा टिप्पर सञ्चालन र यसको गतिलाई भने सम्बन्धित निकायले नियन्त्रण गर्न भने जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार