दैनिक पत्रमा गोरखापत्र संस्थानका पूर्व अध्यक्षलाई स्वागत

बुटवल।  बुटवल मिडिया प्रकाशन प्रा.लि. द्वारा प्रकाशित दैनिक पत्र दैनिक र जनसंघर्ष साप्ताहिकको कार्यालयमा गोरखापत्र संस्थानका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा रातोपाटी अनलाइनका संस्थापक ओम शर्मालाई एक कार्यक्रमबीच हार्दिक स्वागत गरिएको छ ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि ओम शर्माले मोफसलको पत्रकारितामा दैनिक पत्र दैनिक र जनसंघर्षको विशिष्ट र मौलिक पहिचान रहेको बताए ।
रातोपाटी अनलाइनका प्रबन्ध निर्देशक अर्जुन पन्तले दैनिक पत्र र जनसंघर्षको कार्यालय र व्यवस्थापनबाट आफू निकै प्रभावित भएको बताउँदै यो संस्थाबाट अन्य प्रकाशन गृहहरूले पनि पाठ सिक्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै दैनिक पत्रका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले पत्रकारिता पेशा इमान्दारिताको पर्याय भएको बताउँदै इमान्दारहरू मात्र योे पेशामा लामो टिक्नसक्ने बताए ।
उनले यो पेशा सुन्दर भएर पनि चुनौतीपूर्ण भएको बताए । कार्यक्रममा कार्यालय सचिव मञ्जु पौडेल, लेखा प्रमुख उषा पौडेल, बजारमा कार्यरत कर्मचारी कृष्ण रणपाल, देवकला खरेललगायतले बोल्दै दैनिक पत्र र जनसंघर्षमा कर्मचारी भएर काम गर्न पाएकोमा गौरवबोध भएको बताए । सरकारले मोफसलका संस्थागत र व्यवसायिक मर्यादाका साथ अघि बढिरहेको सञ्चार माध्यमहरूलाई प्रोत्साहन दिनुपर्ने उनीहरूको सुझाव रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार