लुम्बिनी भ्रमणवर्ष कार्यक्रम – २०७६

प्रदेश सरकार प्रदेश नम्बर ५ ले प्रदेशको समग्र विकास गरी ‘समृद्ध प्रदेश खुसी जनता’ को नारा प्रस्तुत गरेको व्यहोरा यहाँहरूलाई विदितैै छ । यो नारालाई मूर्त रुप दिन तत्कालका लागि कृषिलाई उच्च प्राथमिकता दिने र पर्यटन उद्योगलाई आर्थिक समृद्धि र दिगो विकाससँग जोड्ने नीति प्रदेश सरकारले लिएको छ । यही नीति अनुरुप पर्यटनको विकास र प्रवद्र्धनकालागि वि.सं.२०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने निर्णय भएकोे व्यहोरा अवगत गराउन चाहन्छु ।
प्रदेश नं. ५ पर्यटनको हिसाबले अत्यन्तै सम्भावनायुक्त प्रदेश हो । प्रदेशका आकर्षक पर्यटकीय क्षेत्र मध्ये महामानव गौतमवुद्वको जन्मस्थल लुम्बिनी पनि एक होे । लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक स्थान हो । पवित्र चार बौद्ध गन्तव्य मध्ये सबैभन्दा महत्वपूर्ण गन्तव्य हुनुका कारण विश्वभरिका डेढ अर्ब बौद्धमार्गीहरूको लागि लुम्बिनी आकर्षक तीर्थस्थल हो । ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसाबले पनि यो स्थान पर्यटकहरूका लागि उत्तिकै महत्वपूर्ण छ । जीवनमा एक पटक बुद्धको पावन जन्मभूमिमा पुग्ने आकाङ्क्षा बोकेका दुनियाँभरिका डेढ अर्ब बौद्धमार्गीहरूलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ भन्ने निष्कर्षकासाथ प्रदेश सरकारले लुम्बिनी भ्रमणवर्ष २०७६ मनाउन लागिरहेको छ । लुम्बिनी भ्रमणवर्षको सफल कार्यान्वयनबाट यस प्रदेशको मात्र नभई देशकै पर्यटन उद्योगमा बिल्कुलै नयाँ अवसर र अवस्था सिर्जना हुने विश्वास प्रदेश सरकारको रहेको छ ।
लुम्बिनी भ्रमणवर्षको सीमा लुम्बिनी क्षेत्रमात्र होइन । सिद्धार्थ गौतम बुद्ध भन्दा अगाडि जन्मिएका क्रकुच्छन्द र कनकमणि बुद्ध कपिलवस्तुको गोटीहवा र अरौराकोटमा जन्मेका हुन् । त्यसो हुनाले लुम्बिनी क्षेत्र बुद्ध जन्मस्थल मात्र होइन बौद्ध दर्शन र शान्तिको पवित्र उद्गमस्थल समेत हो । बौद्ध संस्कृति र सभ्यताको हिसाबले कपिलवस्तु खुला संग्राहालय नै हो । त्यसबाहेक बुद्धको मावली देवदह, कोलीय सभ्यताको केन्द्र रामग्राम, सैनामैना लगायतका बुद्ध परिपथसँग सम्बन्धित दर्जनौं ऐतिहासिक पुरातात्विक स्थलहरू पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । लुम्बिनीलाई ग्रेटर लुम्बिनीको रुपमा विकास गर्दा कपिलवस्तु र नवलपरासी समेतलाई बौद्धमार्गीहरूको आकर्षक गन्तव्य स्थल बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यही विश्वासका कारण ०७६ लाई प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा गरेको हो । यो वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म भ्रमण वर्षको रुपमा मनाउन व्यापक प्रचारप्रसार गर्ने, आन्तरिक तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्ने, यसको विकासका लागि भौतिक संरचना निर्माण गर्नेदेखि प्रदेशका अन्य आकर्षक पर्यटकीय स्थानसँग जोडेर लैजाने र नेपालीहरूमा पनि भ्रमण सँस्कृतिको विकास गर्नेजस्ता महत्वपूर्ण कार्यहरू यस अवधिमा गरिने छन् ।

भ्रमण वर्षको मूल नारा
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं ः शान्तिको सन्देश फैलाऔं’
लुम्बिनी भ्रमण वर्षका उद्देश्यहरू
ड्ड नेपाल सरकारबाट सन् २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाउन लागिएको कार्यक्रमलाई आधार प्रशस्त गर्ने ।
ड्ड पर्यटन प्रवद्र्धनमार्फत समृद्धि हासिल गर्न टेवा पु¥याउने ।
ड्ड यस क्षेत्रको धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरूको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउने ।
ड्ड लुम्बिनी आउने पर्यटकहरूको बसाई अवधि लम्ब्याउने ।
ड्ड लुम्बिनी क्षेत्रलाई सिद्धार्थ,कनकमुनि र क्रक्कुछन्द बुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिकोे उद्गम स्थलका रुपमा व्यापक प्रचार गर्ने ।
ड्ड लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार र प्रबद्र्धन गर्ने ।

लुम्बिनी भ्रमण वर्ष कार्यक्रम २०७६ का विशेषताहरूः
१ लुम्बिनी भ्रमणवर्ष शुभारम्भ समारोह –२०७६ जेष्ट ४ गते
२.मायादेवी प्रसुती उत्सव —२०७६ जेष्ठ ५ गते
३. लुम्बिनी फुड फेस्टिबल
४.सुजाता खीर उत्सव
५. सडक प्रदर्शनी
६.मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन
७ मासिक फूल मून डे (पूर्णिमा) उत्सव
८. धार्मिक यात्रा र त्रिपिटिक वाचन
९ योग तथा ध्यान शिविरहरू
१०. स्थानीय उत्पादनहरूको विक्रीकक्ष (कोसेली घर) को व्यवस्था

अपेक्षित उपलब्धि ः
ड्ड राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार भई सो क्षेत्रको महत्व बढ्ने र विकास हुने,
ड्ड लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या र उनीहरूकोे बसाई अवधिमा वृद्धि हुने ,
ड्ड लुम्बिनी क्षेत्रका स्थानीय उत्पादन तथा व्यापार व्यवसायमा वृद्धि हुने,
ड्ड होटेल, ट्राभल एजेन्सी ,यातायात लगायतका पर्यटन व्यवसायको प्रवद्र्धन हुने ,
ड्ड रोजगारीको सिर्जना हुने,
ड्ड .प्रदेश सरकार र लुम्बिनी विकास कोष बीच समन्वय र सहकार्य भई यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने ।

भ्रमण वर्षको तयारी र क्रियाकलाप
(क) सांगठनिक तथा जनशक्ति व्यवस्थापनः
प्रदेश सरकार
उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय
लुम्बिनी विकास कोष
लुम्बिनी भ्रमण वर्ष सचिवालय
स्थानीय तहहरू
सरकारी गैरसरकारी संघ संस्थाहरू
(ख) लुम्बिनी भ्रमणवर्ष कार्यक्रम २०७६
मूल समिति
कार्यकारी समिति
उपसमितिहरू
 उद्घाटन तथा स्वागत सत्कार
 कार्यक्रम सञ्चालन
 सुरक्षा तथा यातायात
 प्रचारप्रसार
 कोसेली (स्थानीय उत्पादन विक्री कक्ष) घर व्यवस्थापन
 साहित्य तथा संस्कृति
उल्लिखित उपसमितिहरूले बैठक बसी तोकिएको कार्यका लागि कार्य प्रकृतिका आधारमा कार्यदल गठन गरी आ¬–आफ्ना जिम्मेवारी अनुसारका कार्य गरिरहेका छन् ।
(ग) क्रियाकलापहरू ः
ड्ड लोगो तथा जिंगल निर्माण,
ड्ड एफ.एम. रेडियो, टेलिभिजन र पत्र –पत्रिकाहरूबाट प्रचार प्रसार
ड्ड बुद्ध सर्किटसँग सम्बन्धित ब्रोसर तयारी
ड्ड बुद्ध सर्किट सूचना तथा होर्डिङ्ग बोर्ड तयारी तथा जडान
ड्ड सडक प्रदर्शनी
ड्ड टि¬¬–सर्ट र क्याप तयारी तथा वितरण
ड्ड राष्ट्रिय झण्डा निर्माण तथा व्यवस्थापन
ड्ड भ्रमण वर्षको स्टिकर तयारी
ड्ड प्रदेशभित्रका पर्यटकीय उत्पादन विक्री कक्षको व्यवस्थापन
ड्ड मूल समिति,कार्यकारी समिति र विभिन्न उपसमिति र कार्यदलहरूको नियमित बैठक
ड्ड बुद्ध दर्शन र शान्ति विषयक निबन्ध प्रतियोगिता
ड्ड पर्यटक गाइड र स्वयम् सेवक तालिमको तयारी

लुम्बिनी भ्रमण वर्ष कार्यक्रम प्रदेशकै गौरवको कार्यक्रम भएको र पर्यटन क्षेत्र जीवनका प्रत्येक पक्षसँग सम्बन्धित भएकाले यो कार्यक्रमको सफल कार्यान्वयनका लागि सबैक्षेत्रको सहयोग अपेक्षित छ । विशेष गरी यस कार्यक्रमलाई मानिसको मन¬–मनका, घर–घरमा र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पु¥याउन सञ्चारकर्मीहरूको अहम् भूमिका रहेको हुन्छ । त्यसैले यसको सफल कार्यान्वयनमा सञ्चारक्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण छ ।

पर्यटनको सोझो सम्बन्ध आर्थिक क्रियाकलापसँग रहेको छ । आर्थिक क्रियाकलापको सम्बन्ध समाजको समूल विकास र समृद्धिसँग जोडिएको छ । प्रदेशले लिएको ‘समृद्ध प्रदेश खुसी जनता’ को लक्ष्यप्राप्तिको दिशामा लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम कोशेढुङ्गाको रुपमा स्थापित हुन सक्ने सम्भावना रहेकोले यसको सफल कार्यान्वयनका लागि सञ्चारकर्मीहरूमार्फत समाजका सबैपक्षहरूसँग हार्दिक अपिल गर्दछौं ।
लुम्बिनी भ्रमणवर्ष कार्यक्रम २०७६ का सन्दर्भमा प्रदेश सरकार प्रदेश नं.५का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीबाट जारी प्रेस विज्ञप्ति

ताजा अपडेट
सम्बन्धित समाचार