गरिमा बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा

बुटवल । बुटवल मिलन चोकमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ साधारण सभा सम्पन्न भएको छ ।
शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष बिष्णु बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव नारायण ज्ञवालीले बोल्दै सहकारीको बिकासका लागी बिभिन्न कार्यक्रमहरुको योजना प्रदेश सरकारले ल्याएको र सहकारीलाई ब्यवस्थीत गराउनु पर्ने बताए।
कार्यक्रममा बचत तथा ऋण सहकारी संघ रुपन्देहीका सचिव कृष्ण पाण्डेले बोल्दै सहकारी अनुगमन अन्यौलमा परेपनि सहकारीले गरेका उदाहरणीय कार्यको प्रशंसा समेत गरेका थिए ।
गरिमा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कृष्ण देबकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रममा अध्यक्ष थापाको बार्षिक प्रतिवेदन तथा लेखा समिति संयोजक नागेन्द्रराय यादबको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा एस ईई २०७५ मा उत्तिर्ण सहकारीका शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान समेत गरीएको थियो ।
कार्यक्रममा कालिका मानवज्ञान माबिका प्रतिक कुमार राना, कालिकाकै नबिन बराल, एभरेष्ठ ईंगलीस बोर्डिङ स्कुलका रिनेश यादब, स्मृति ईंगलीस बोर्डिङ स्कुलका बिपिन पौडेल, दिप बोर्डिङ माविका सफल अधिकारीर सागर खत्री , बुटवल ईमिनेन्ट ईंगलीस स्कुलका ईशान श्रेष्ठ, कान्ती पुञ्ज बोर्डिङ स्कुलका अस्मीता न्यौपाने लाई नगद सहित सम्मान गरिएको थियो ।
सहकारीका असल ऋणि तिला पाण्डेलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा शेयर सदस्य लालचन श्रेष्ठ, सहकारीका सल्लाहकार हुमाकान्त काफ्ले, सहकारीका कोषाध्यक्ष पुरुसोत्तम आचार्य लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालक सहकारीका सचिव डोलराज अर्यालले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार