चुक्यो प्रहरी, ढाकछोप गर्नु झन ठूलो अपराध

रिमा बि.सी

देशमा हत्या, हिंसा र बलात्कारका घटनाहरू दिनप्रतिदिन बाहिर आइरहँदा मनमा पीडा,क्रोध र निराशपनले सताइरहेको छ । छोरी भएर जन्मनु भनेको समाजका ब्वाँसोरूपी मानवका निम्ति शिकार गर्ने जीव भएर तड्पी तडपी मर्नु पर्दोरहेछ । पछिल्लो कञ्चनपुरको घटनाले यस्तै खालको पीडा दिएको छ । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना २ महिना पुग्न लाग्दा समेत अझै अनुसन्धानले गति लिन नसक्नु आफैमा लज्जास्पद विषय बन्यो । हाम्रा सुरक्षा संयन्त्रहरू महिला र बालिका माथि हुने घटनाहरूमा कत्तिको संवेदनशील छन् भन्ने कुरा कञ्चनपुर घटनाबाट अल्ट्रासाउण्ड गरे जस्तै छर्लङ पा¥यो । यो लेखमा बलात्कारका घटनाहरूमा प्रहरी कत्तिको संवेदनशील हुँदोरहेछ र कञ्चनपुरको घटनाको अनुसन्धान कसरी हुनुपथ्र्यो, कसरी गरियो र कसरी प्रमाण मेटाउन थालियो भन्ने विषयलाई उठान गर्न खोजेको छु ।
हुनत म सामान्य मान्छे हुँ अनुसन्धान गर्ने मेरो काम होइन् । तर मलाई कुनै पनि घटना भएपछि अनुसन्धान कसरी गर्नुपर्छ ? अनुसन्धान गर्दा के कस्ता कुराहरूलाई ध्यान दिनुपर्छ भन्ने विषयमा अध्ययन गर्न रुचाउने र रुचिराख्ने मान्छे हुँ । म समाजशास्त्रको विद्यार्थी भएकोले पनि मलाई यो विषयमा चासो लाग्छ । मलाई यति बेला धेरै पीडा बोध भएको छ । एउटी बालिकालाई बलात्कारपछि हत्या गरेर उखुबारीमा मिल्काइन्छ । घटनाको विषयमा प्रहरीलाई जानकारी हुन्छ । प्रहरी घटनास्थल पुग्छ । तर प्रहरीले घटनामा संवेदनशीलता देखाउँदैन । घटनाको सूक्ष्म अनुसन्धान गर्ने, प्रमाण बटुल्ने र प्रमाण जोगाउने तर्फ प्रहरी लाग्दैन । बरु कसरी प्रमाणलाई मेटाउन सकिन्छ भन्नेतिर लागेको देखियो ।
१३ वर्षीया बालिका जसले कति ठूलो भविष्य सोंचेकी थिइन होला । भविष्यमा केही गर्छु, पढेर ठूलो मान्छे बन्छु र समाजलाई एउटा असल नागरिक बनेर केही देखाउँछु जसको रहर यौन पिपाशुहरूले निमोठ्यान्नै पारेर कहिल्यै नउठ्ने गरी कहिल्यै नब्यूँतिने गरी मारेरै उखुबारीमा मिल्काई छाडे । कति चिच्याइ होलिन् कति हार गुहार गरि होलिन् । उनले कही बतै कसैको गुहार पाउन सकिनन् । कति अभागी रहिछौ निर्मला तिमी । लुटेराहरूले तिम्रो यौवन लुटे, ती दानवहरूले तिम्रो बाँच्न पाउने अधिकार खोसे, तिम्रो परिवारले न्याय माग्दा तिम्री आमाले दशधारा आँसु बगाउँदा नी हामीले तिरेको कर खाएर सुरक्षाको जिम्मा लिएको प्रहरीले वास्ता गरेन ।
सडकमा आगो बल्यो । तिम्रो न्यायका लागि सडक आन्दोलनमा १४ वर्षीय बालकलाई गोली ठोकेर मारियो । घटना घटिसकेपछि जे जसरी घटनाको अनुसन्धान हुनुपथ्र्याे । प्रहरीले त्यो अनुसन्धान गर्न सकेन । यो अत्यान्त्यै दुखद र लाजमर्दो विषय हो । घटनाका विषयमा जे जस्तो अनुसन्धानको प्रकृया सुनियो यो आफैंमा मृतक निर्मला पन्तले न्याय पाउने खालको देखिदैन । घटनाको विषयमा प्रहरीले जे जसरी अनुसन्धान गर्नुपथ्यो त्यो विषयमा त्यत्ति संवेदनशील नभएको देख्दा मन थाम्नै सकिन र तिम्रो न्यायको निम्ति केही शब्द लेख्न विवश भए निर्मला ।
तिमीलाई यौन पिपाशु अपराधीले तडपाइ तडपाई मा¥यो । तिम्री आमाले तिमीलाई खोज्न आग्रह गर्दा प्रहरीले आज रात प¥यो भोली खोजौंला भनेर फर्कायो । तिम्री सहेलीले तिम्रो आमालाई तिम्रो छोरी पोइल गईहोली भनी अपमान गरी फर्काइन । अपराधीहरूले मारेर फाले । सुदूरपश्चिमको प्रहरी जसले तिमी र तिम्रो परिवारलाई न्याय दिनुपथ्र्यो अनुसन्धानलाई चुस्तदुरुस्त पार्नपथ्र्याे उसले न्याय दिनुको सट्टा तिम्रा प्रमाणहरू सबै नष्ट गर्ने काममा तल्लीन रह्यो । अपराधीहरूलाई उम्काउने र नक्कली अपराधी खडा गरेर मानसिक समस्या अर्थात मनोरोग भएको व्यक्तिलाई खडा ग¥यो । तर समाज त्यत्ति बुज्रुक थिएन । तिम्रो परिवारको पीडामा मलम लगाउन समाजले साथ दियो । राज्यलाई दबाब दियो, घटनाको विषयमा सत्यतथ्य छानबिन गर्नका लागि देशका विभिन्न कुनाकाप्चाबाट स्वतस्फूर्त रूपमा नागरिकहरूले सडक र सदन घेराउ गरे । अहिले घटनाको विषयमा छानविन गर्ने छानविन समिति गठन भएको छ ।
घटनाको विषयमा प्रहरी त्यत्ति संवेदनशील देखिएन । किनभने प्रहरीले घटनाको विषयमा जानकारी पाउने वित्तिकै घटनास्थललाई सुरक्षाको घेराबन्दीमा राख्नुपर्ने हुन्छ प्रहरीले त्यसो गरेको देखिएन । किन घेराबन्दीमा राख्ने भन्दा घटनास्थल र लासको वरिपरि प्रमाणहरू हुन सक्छन् ती प्रमाणहरूलाई नमेटाऊन् कसैले नछोऊन् भन्नका लागि तर दुःखको कुरा प्रहरीले घटनास्थलको सुरक्षाका विषयमा एक प्रतिशत पनि साेंचेको देखिएन । घटना भएको स्थानमा पीडित र आरोपित बीचमा प्रतिरक्षा गर्ने कुरा हुन्छ त्यस्ता खालका विषयहरूमा प्रहरी जाँदै गएन । प्रहरीको पहिलो काम भनेको घटनास्थलको सुरक्षा गर्नु हो । घटनास्थल÷शव भएको ठाउँमा डोरी, तार अथवा टेपको प्रयोग गरेर घेराबन्दी गर्नुपथ्र्यो । घटनास्थल वरिपरिका वस्तुहरू छुन, चलाउन दिनुहुँदैन्थ्यो तर प्रहरी यो विषयमा पनि चुकेको देखिन्छ ।
यो घटना सामान्य घटना थिएन । एउटा निर्दोष बालिकालाई बलात्कार गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दा थियो । यस्ता खालका जघन्य अपराधका घटनाहरूमा प्रहरीले घटनास्थललाई तबसम्म सुरक्षित राख्नुपर्छ जबसम्म अनुसन्धानको विशेष टोली पुग्दैन । विशेष टोली घटनास्थल पुगेपछि फिंगर प्रिन्टको विशेषज्ञ, कपाल, ¥याल, वीर्य थुक संकलन गर्ने विशेषज्ञ र क्याम्राको विशेषज्ञ टोली पुग्नुपर्छ । घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको प्रयोग पनि गर्नुपर्ने हुन्छ यी सबै कुराहरूमा ध्यान दिएको देखिएन । यस्ता खालको विधिहरूको प्रयोग नगर्नुले प्रहरीले अपराधको घटनामा कतै अपराधीकरण गरेको छैन भन्ने शंका बढ्छ । कञ्चनपुर निर्मला पन्त घटनाको विषयमा पनि त्यही भएको हो भन्ने मलाई लाग्छ ।
मृतक निर्मलाको शरीर जस्तो अवस्थामा भेटिएको थियो त्यस्तै अवस्थामा जाँच गर्नुपथ्र्याे । अझ परीक्षणमा पनि भिसेरा जाँच गर्नुपथ्र्यो । भिसेरा जाँचमा मानिसको भित्री अंगहरूको परिक्षण गर्ने विधि हो । जसमा गिदी, कलेजो, मृगौला, मुटु, फोक्सो, आमाशय, आन्द्रा र छालाको परीक्षण गर्नुपथ्र्याे । यस्तो खालको जाँचले हत्या कसरी गरियो भन्ने कुराको पत्ता लाग्छ । मृतकको नङ काटेर प्रयोगशालामा परीक्षण गर्नुपथ्र्याे । बलात्कार भएको बेला प्रतिवाद गर्न खोज्दा कोपरेको, चिथोरेको, थिचेको हुन सक्थ्यो । केही न केही प्रमाणहरू हुने थिए,जसले अनुसन्धानलाई सजिलो पाथ्र्यो । अझ बढी प्रमाणहरू यौनाङ्गमा हुन सक्थ्यो तर यी र यस्ता संवेदनशील विषयहरूमा प्रहरीले ध्यानै दिएन । जसले घटनालाई झनै शंकास्पद गरेको छ । प्रहरी अनुसन्धानको मामिलामा हरेक ठाउँमा चुकेको देखिन्छ ।
स्थानीयले अपराधलाई लुकाउनका लागि मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलाई सार्वजनिक गरेर प्रहरीले सन्तोषजनक काम नगरेको आरोप पनि प्रहरीलाई छ । प्रहरीले मृतकको शरिरमा के कस्ता घाउ चोट, दागहरू थिए ती प्रमाणहरूलाई संकलन गर्नुपथ्र्याे, मृतकका हातका औंलाहरूको नमूना संकलन गर्नुपथ्यो र घटनामा शंका लागेका सबै आरोपितहरूको शरीरको जाँच गर्नुपथ्र्यो । मृतकको लास जलाइसकेको छ । स्थानीयहरूले प्रहरीले प्रमाण संकलन गर्नुको सट्टा प्रमाण नष्ट गर्नतिर जोड दिएको आरोप लगाइरहेका छन् ।
अर्को कुरा निर्मलाकी साथी भनिएकी रोशनी बम र निज रोशनीकी दिदी बविताको पनि घटनामा संलग्न रहेको भन्ने स्थानीयको जुन खालको शंका छ । त्यसको विषयमा पनि फराकिलो गरी अनुसन्धान गरिनुपर्छ । घटनामा कञ्चनपुरका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुषसँग कतै आपत्तिजनक स्थितिमा देखेर घटना बाहिर आउने डरले पनि हत्या गरेको हुनसक्छ । त्यसकारण पनि यो विषयमा सूक्ष्म अनुसन्धान गरिनुपर्छ । अर्को कुरा दुईतले घरमा दुइजना दिदी बहिनी मात्र बस्ने भिआईपी पर्सनको आवत जावत बाक्लो हुने भन्ने जुन स्थानीयको कुरा छ, घरमा कतै यौन व्यापार त चलिरहेको थिएन ? निर्मलालाई पनि ग्राहकसँग सम्बन्ध राख्न भन्दा नमान्दा यस्तो घटना पो भयो कि यो विषयमा पनि अनुसन्धान गरिनुपर्छ । शरीरमा मृतकको मात्र होइन, आरोपितको शरीरमा पनि चिथोरेको, कोपरेको, नीलडामहरू हुनसक्छ त्यसलाई पनि राम्रोसँग अनुसन्धान गरेर लग्नुपथ्र्यो । त्यसकारण आरोपित रोशनी, बबिता, एसपीका छोरा र मेयरका भतिजाको शरीर पनि जाँच गर्नुपर्छ । निर्मलाको व्यक्तिगत जीवनका विषयमा जस्तै साथी संगत र सम्बन्धको विषयमा पनि थप अनुसन्धान गर्नुपर्छ,।
सुरुको अवस्थामा जति प्रमाण पाउन सकिन्थ्यो अब त्यत्ति सजिलो पक्कै हुँदैन । ती प्रमाणहरू पाउनका लागि तर अनुसन्धानमा जो खटिएको थियो उसले प्रमाण नष्ट ग¥यो वा अधिकारलाई दुरूपयोग गरी कर्तव्य पालना गरेन भने त्यस्ता जो सुकै कर्मचारी वा प्रहरी होस त्यस्तालाई कडा भन्दा कडा कारवाही गरिनुपर्छ । कञ्चनपुर घटनामा एसपी डिल्लीराज विष्टले पीडितलाई न्याय दिनुको सट्टा पीडितका प्रमाणहरू नष्ट गराउने र निष्पक्ष अनुसन्धान नगरेको आरोप छ । प्रहरीले एसपी विष्टलाई निलम्बित गरेको छ । तर निलम्बन गर्नु भनेको यो घटनामा न्यायपूर्ण सजाय होइन् यस्ता अधिकार दुरूपयोग गर्ने एसपी निलम्बन होइन् बर्खास्त गर्नुपर्छ । अपराध गर्नु भन्दा ठूलो अपराध अपराधीलाई संरक्षण गर्नु झन ठूलो अपराध हो । त्यसैले शक्ति अर्थात अधिकारको दुरूपयोग गर्ने एसपीलाई निलम्बित होइन, मुलुकी अपराध संहिता अनुसार कारवाही गर्नुपर्छ । निलम्बित गर्नु भनेको ६ महिनापछि फेरि काममा फर्क भन्नु हो । यसमा मेयर जसले स्थानीय सरकारको प्रतिनिधित्व गरेको छ । त्यस्तो व्यक्तिले अपराधलाई लुकाउने मतियार पनि दोषी भएकोले कानुन बमोजिम सजाय पाउनुपर्छ । यस घटनामा जो जति दोषी छन त्यस्ता दोषीहरूलाई कानुनको कठघारामा उभाइनुपर्छ अनि मात्र विधिको शासन स्थापित हुन सक्छ । गृहमन्त्रालयले पनि यस्ता आफ्नो मातहतमा रहेका निकायहरूको नियमित अनुगमन गर्ने काम गर्नुपर्छ ।
प्रहरी प्रमुख आइजिपी सर्वेन्द्र खनालले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा आमालाई भेटेर प्रहरीको सुरुवाती कामप्रति तपाईहरू असन्तुष्ट देखिएपछि नयाँ अनुसन्धानको टोली बनाएर अनुसन्धान अगाडि बढाएको बताएका थिए । उनले भने म एसपी हुँदा डिएसपीलाई कारवाही गरेको मान्छे हुँ यस घटनाको विषयमा कुनै पनि प्रहरी कर्मचारी दोषी देखिए एसपी त के एआइजीसम्मलाई छाडिन्न तपाईहरू ढुक्क हुनुस् भनेर मृतकका परिवारलाई आश्वासन दिएका छन् । अब निर्मलाले न्याय पाउने कुरा भोलिका दिनमा हेर्न बाँकी छ । निर्मलालाई न्याय दिनका लागि पहल गर्न म तपाई अनि हामी सबै लाागेमा लागेमा यस्ता अपराधीहरू कानुनको कठघारामा उभाउन सकिन्छ । त्यसैले सबैले आ–आफ्नो स्थानबाट लागि परौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार