पानी परेपछि रोकिन्छ पढाइ

पाल्पा । चार दिनयता परेको अविरल वर्षाले विद्यालयबाट घर फर्किएका विद्यार्थीहरू खोलामा अलपत्र परेको घटना ताजै छ । माथागढी गाउँपालिका वडा नम्बर ५ धामीगाका विद्यार्थीहरू विद्यालयबाट घर फर्किदै गर्दा गाउँपालिकाको वडा ५ मा पर्ने नाद खोला एक्कासी बढेर आएपछि अलपत्र परेका थिए । सातपोखरी माध्यमिक विद्यालयमा अध्ययनरत २३ जना विद्यार्थीहरू रातीसम्म अलपत्र परेका हुन् । अलपत्र विद्यार्थीहरूको पाँच घण्टापछि उद्दार गर्न स्थानीय र सुरक्षाकर्मी सफल भएका थिए ।
विद्यार्थीहरू खोलाको बीच भागमा रोई, चिच्याई गरेको स्थानीयले थाहा पाएपछि मात्र प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयको पहलमा उनीहरूको उद्दार गरिएको थियो । माथागढी गाउँपालिकाका वडा नं. ६ का वडा अध्यक्ष रनबहादुर खाम्चाका अनुसार विद्यार्थीहरू खोला तर्दै गर्दा खोलाको बीच बगरमा अलपत्र परेका हुन् । नाद खोलामा दुईवटा भंगालो रहेको र एउटा पार गरी अर्को तर्ने क्रममा खोला थप बढेकाले विद्यार्थीहरू बीचमै अलपत्र परेका थिए ।
कतिपय विद्यार्थीहरू ढुंगा समातेर बाँच्न सफल भए । केही विद्यार्थीहरू रुखमा चढेर बसेका थिए । खोला बढ्दै गएकाले समयै उद्दार गर्न सकिएको थिएन । खोला बढ्दै गएको र रात परेकाले उद्दारमा समस्या भएको थियो । पाँच घण्टापछि डोरीको सहायताले उनीहरूको उद्दार गरिएको हो । अभिभावलाई पहिले नै जानकारी गराइएको र उद्दारपछि विद्यार्थीहरूलाई जगातमा ल्याई खाना, बस्नको व्यवस्था गरिएको अध्यक्ष खाम्चाले बताए । उनले भने– ‘विद्यार्थीहरू पानीले भिजेको अवस्थामा रहेकाले उनीहरूलाई लत्ताकपडा समेत दिइएको छ ।’ माथागढी गाउँपालिकाका अधिकांश खोलाहरूमा पुल नहुँदा पानी परेसँगै हरेक वर्ष सास्ती खेप्नु पर्छ । गाउँपालिकाभित्र रहेका केही खोलाहरूमा पुल निर्माण कार्य भएको र केहीमा काम भइरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । केही स्थानहरूमा साना खोलाहरू रहेको र ती खोलाहरू वर्खाको समयमा मात्र बढ्ने हुँदा उनीहरूको पनि विकल्पको खोजी गरिएको अध्यक्ष थापाले बताए । यो एउटा केही दिन अघिको उदाहरण मात्रै हो । दोभान, गोठादी, रहवास, झडेवा, बहादुरपुर, मित्याल, ज्यामिरेलगायतका गाउँका विद्यार्थीहरू अहिले पनि सास्ती खेप्न बाध्य छन् ।
जिल्लाका अधिकांश खोलामा अझै पनि पायक पर्ने पुल छैनन्, खोला बसेर सास्ती खेप्नुपर्ने बाध्यता जिल्लाका धेरै गाउँमा छ । यतिसम्मकी विद्यार्थीलाई समेत घर जान नसक्ने अवस्था छ । चाडपर्वका बेला खोला बढेर घण्टौं लगाएर झोलुङ्गे पुल खोज्न हिंड्नुपर्ने गाउँ पनि नभएको होइन । जिल्लामा निर्माणाधीन पुलहरू अलपत्र हु“दा स्थानीयले सास्ती खेप्दै आएका छन् । यहा“का १५ बढी स्थानमा पक्की पुल निर्माण सुरु भएको छ । अधिकांश पुल समयमा निर्माण कार्य सम्पन्न नहु“दा स्थानीयले बर्खा याममा बढी सास्ती खेप्नु परेको हो । असारदेखि असोजसम्म नै अधिकांश स्थानमा खोला बढ्ने गर्छ । त्यस्ता खोलामा मोटरसाइकल, साना सवारी साधन चल्न सक्दैनन् ।
‘खोला बढेपछि सवारी साधन चल्न सक्दैन,’ तिनाउ गाउ“पालिका, ५ बिस्कुनडा“डाका भुपालसिंह घर्ती मगरले भने, ‘पुल कहिले बन्ने हो र हामीले सधै सवारी साधन चलाउन पाउने हो थाहा छैन ।’ सिद्धार्थ राजमार्गबाट कोलडा“डा जोड्ने पुलको काम अघि बढेको छ । जिल्लाका अधिकांश खोला भएका स्थानमा सवारी साधन चल्न सक्दैनन् । बोकाएर खोला तार्नुपर्ने बाध्यतासमेत छ । खोलामा पानी बढेपछि टेक्टरले तानेर पनि जीप संचालन गर्दै आएका छन् ।
‘वर्खामा खोलामा जीप फसेपछि पैसा तिरेर टोचन लगाएर निकाल्नुपर्छ,’ रम्भा–१, हु“गीका नारायण भट्टराईले भने, ‘यस्तो समस्या समयमा पुल निर्माण कार्य नसकि“दा नै भएको हो ।’ कालीगण्डकी करिडोरको पिपलडा“डाबाट बा“कामलाङसम्म १० बढी पुल अलपत्र छन् । यहा“ खोला ठूलो हुनासाथ सवारी साधन बन्द गर्नुपर्ने बाध्यता छ । पिपलडा“डा, हु“गी, हेक्लाङ, गेझा, खालीवन, रामपुर, दर्छा, गाडाकोट, बा“कामलाङका विभिन्न स्थानमा पक्की पुल निर्माणका लागि ठेक्का भएका छन् ।तर निर्माण व्यवसायीले समयमा काम नगर्दा स्थानीयले झन सास्ती खेप्न बाध्य छन ।
‘भएको खोलाको बहावसमेत बिगारेर छाड्दा सवारी चलाउनै समस्या हुन्छ,’ रामपुर नगरपालिका, ५ का चालक दिनेश पोखरेलले भने ‘अहिले पहिलाभन्दा झन बढी सास्ती खेप्नु परेको छ ।’ चालकका अनुसार पुल बनाउन थालेर अलपत्र पार्दा खोलाको बहाव नै बिग्रन्छ । त्यसपछि गाडी तार्न झन समस्या हुन्छ । पहिला एउटा बाटोमा हिडेको गाडी पुनः अर्को बाटोमा हिड्नु पर्दा झनै समस्या हुने उनले बताए । स्थानीय बासिन्दा झन समस्या परेका छन । कचल खोला र दोभान खोलामा पुल नबन्दा बजार गर्न आउ“दा जा“दा चार घण्टा बढी हिड्नुपर्ने बाध्यता छ ।
कालीगण्डकी नदीमासमेत पुल निर्माण सुरु भएपनि सम्पन्न भएका छैनन । तिनाउको कचल जाने सडक पक्की पुल नभएकै कारण तीन महिनादेखि बन्छ । दोभानबाट नुवाकोट हु“दै बेलबास रूपन्देही जोड्ने सडक पनि पक्की पुलकै कारण तीन महिनादेखि सवारी साधन बन्द भएको छ । दोभान खोला र कचल खोलाका पुल पनि अलपत्र छन । पुल बन्ने हो भने दोभान, कचल लगायतका गाउ“का बासिन्दाले साना सवारी साधन सहज सञ्चालन गर्न सक्थे ।
‘पुल नभएकै कारण समस्या बेहोर्नु परेको छ,’ तिनाउ–२ की मधु जैसीले भनिन, ‘अहिल चार÷पा“च घण्टा हिड्नुपर्ने बाध्यता छ ।’ कोलडा“डा, सत्यवती, विस्कुनडा“डामा पनि सवारी साधन चल्न सकेको छैन । पुल नहु“दा निस्दीको अर्चलेको अवस्था पनि उस्तै छ । ज्यामिरेमा पनि पुल नभएकै कारण दुई महिनादेखि सवारी साधन चल्न सकेको छैन । अरूणखोला क्ष्ँेत्रमा पनि समस्या छ । बहादुरपुर, ज्यामिरे, मित्यालका बासिन्दा वर्खा लागेपछि तीन÷चार घण्टा हिडेर बजार जानुपर्छ ।
सहलकोट, गा“डाकोट, झिरुवासमा पनि अहिले सवारी साधन चलाउन समस्या छ । ‘खोलामा पुल नबन्दासम्म सधै दुःख पाउने भइयो,’ अर्चलेका होम राईमगरले भने, ‘जहिले खोलाकै सास्ती छ ।’ उनका अनुसार वर्खाको तीन महिना यस्तै समस्या छ । जिल्लाको तिनाउ खोला बढ्दा अम्ल्याहानमै समस्या छ । यसवर्ष ठूलो पानी नपरेकाले यहा“ यातायात सहज छ । गतवर्ष यही खोलामा ८ जनाले ज्यान गुमाएका थिए । ठेक्का लागेको पुल समयमा सम्पन्न नहुने, कतिपय खोलामा पुलको योजना नै नपर्दा अझै पनि धेरै गाउ“मा हिउ“दमा मात्र सवारी साधन चल्ने गर्छ ।
कालीगण्डकी करिडोर, जिल्ला समन्वय र सडक डिभिजन अन्तर्गत यस्ता पक्की पुल निर्माण भइरहेका छ । सडक डिभिजन कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी पवित्रमणी आचार्यका अनुसार कचल र दोभान पक्की पुलको म्याद बा“की रहेको बताए । ‘काम गरे अनुसारको भुक्तानी दिन नै सकिएको छैन,’ उनले भने, ‘पुल निर्माण अलपत्र जस्तो देखिएपनि काम भएको छ ।’ जिल्लाका निस्दी, अरूणखोला, तिनाउ, कचल लगायतका खोलामा पक्की पुल नबन्दासम्म त्यहा“ चल्ने सवारी साधन वर्खामा चल्न सक्दैनन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार