शिक्षिकाबीच भलिबल प्रतियोगिता

बुटवल । बुटवल ११ योगिकुटीमा अवस्थित मणिमुकुन्द मा.वि.÷कलेजमा गठित विद्यार्थीहरूको छाता संगठन एम.एस.सी.सी र एम.ए.एस.एसको आयोजनामा रूपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापनरत शिक्षिकाहरू बीच अन्तरविद्यालय शिक्षिका भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उप महानगरपालिकाकी उपमेयर गोमादेवी आचार्यले नेपालमा अहिले बढिरहेको महिला हिंसा, महिलाप्रतिको विभेद र महिलाहरूलाई खुलस्थरूपमा यसरी मैदानमा उत्रिएर आफ्नो कार्यकौशल प्रदर्शन गर्नमा महिलाहरू नै पछि परिरहेको अवस्थामा यस महिला भलिबल प्रतियोगिताले अझ आत्मविश्वास पैदा भई अगाडि सर्नमा सहयोग पुग्ने कुरामा जोड दिइन् । उनले हालको समयमा लैङ्गिक रूपमा अगाडि बढाउँदै यहाँको खेलले शारीरिक रूपमा अझ स्वस्थताको भूमिका निर्वाह गर्ने सन्देश व्यक्त गदै हरितालिका तीजको शुभकामना प्रदान गरिन् ।
अन्तरविद्यालय शिक्षिका भलिबल प्रतियोगितामा रूपन्देही जिल्लाका ७ वटा विद्यालय सहभगी रहेको थियो ।
उक्त प्रतियोगितामा प्रथम स्थान एक्सी मा.वि.शिक्षिकाहरू हुमा तरामु, दिव्या थापा, तारा बुढा विमला थापा, जुमुना सारु, रिना थापा र टुरमिला श्रीसको टिमले हासिल गरेको थियो भने द्वितीय स्थान लिटिल प्याराडाइज ईङ्गलिस मिडियम स्कुलका शिक्षिकाहरू सुष्मा हमाल, ज्योती गुप्ता, सुजिता गरुङ्ग, विष्णु आले, सुनिम गरुङ्ग, गौरी थापा र सावित्रा थापाको टिम रहेको थियो । साथै तृतीय स्थान हासिल गर्नेमा एभरेष्ट बोर्डिङ्ग स्कुलका शिक्षिकाहरू उमा थापा, मिना के.सी., प्रिती थापा, सोविता रिमाल, सुवर्ण के.सी., मञ्जु कार्की, मीना थापा र मञ्ज भण्डारीको टिम रहेको थियो ।
यसैगरी खेलको उत्कृष्ट खेलाडीको रूपमा एक्सीस मा.वि.शिक्षिका रिना थापा र उत्कृष्ट सर्वरको रुपमा एक्ससी माविकै शिक्षिका जुमुना सारु चयन भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडी, उत्कृष्ट सर्वरहरूलाई मेडल, शिल्ड र प्रमाण पत्र वितरण गरिएको थियो ।
मणिमुकुन्द मा.वि.÷कलेजमा गठित विद्यार्थीहरूको छाता संगठन एम.एस.सी.सीकी अध्यक्ष समी रजालीको अध्यक्षता, विद्यालका प्राचार्य टुकबहादुर क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश सुवेदीले गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार