दैनिक पत्रले तीजको दर खुवायो

बुटवल। बुटवल मिडिया प्रकाशन प्रा.लि.ले कर्मचारीहरूलाई तीजको दर खुवाएको छ । आइतबार कार्यालयमै एक कार्यक्रमको आयोजना गर्दै दैनिक पत्रले कर्मचारी र संस्थाबीचको सम्बन्धलाई अरू सुदृढ र मैत्रीपूर्ण बनाउनका लागि तीजको उपलक्ष्यमा दर खुवाएको हो ।
दर खाने कार्यक्रममा बोल्दै बुटवल मिडिया प्रकाशन प्रा.लि.का कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले महिलाहरूको खुसीको पर्व तीजलाई सबैको साझा पर्वको रूपमा मनाएको बताए ।
कार्यक्रममा प्रबन्ध सम्पादक ऋषि आजाद, कार्यकारी सम्पादक सी.पी.खनाल, कार्यालय सचिव मञ्जु पौडेल, भैरहवा शाखा प्रमुख उमा पौडेल, पूजा पन्थी, कृष्ण रणपाल, पाल्पा शाखाका कर्मचारी जमुना पाण्डे, बजार प्रतिनिधि देवकला खरेल, लघुवित्त कर्मचारी गीता राउत कुँवरलगायतले बोल्दै तीज पर्व ०७५ ले समस्त महिलाहरूमा सुख, समृद्धि र उत्साहको सञ्चार गराओस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार