कावासोतीमा डिभिजन वन कार्यालय

नवलपरासी ।  पूर्वी नवलपरासीको कावासोतीमा डिभिजन वन कार्यालय स्थापना भएको छ । कावासोतीको फलफूलचोक नजिकै रहेको इलाका सेक्टर वन कार्यालयसँगै डिभिजन वन कार्यालय स्थापना भएको हो ।
डिभिजन कार्यालयको नयाँ भवनसमेत निर्माण सम्पन्न भएको छ । तत्कालका लागि पूर्वी नवलपरासी र पश्चिम नवलपरासी दुवै जिल्लातर्फको डिभिजन वन कार्यालयको जिम्मेवारी विजयराज सुवेदीले बहन गर्नेछन् ।
स्थापना भएको कार्यालयको प्रतिनिधिसभा सदस्य तिलक महतले उद्घाटन गरेका छन् । कार्यालयको उद्घाटन गर्दै महतले नवलपुरवासीले नयाँ जिल्लाका लागि गरेको संघर्ष सफल भएको बताए ।
नवलपुरका पहाडी क्षेत्रबाट वनका विभिन्न काम लिएर पश्चिम नवलपरासीको परासीसम्म धाउँदा समयको नास र आर्थिकरूपमा समेत मारमा पर्दै आएका सर्वसाधारणलाई अब राहत हुनेमा विश्वास व्यक्त गरे । नयाँ जिल्ला कायम गर्न तत्कालीन समयमा राजनीतिक दल र नवलपुरवासीले गरेको संघर्षको फलस्वरूप नै अहिले नवलपरासी दुई जिल्लामा विभाजन भएर नवलपुरवासीले सेवा सुविधाका लागि परासीसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको महतको भनाइ थियो ।
यस्तै सांसद महतले अहिले वैज्ञानिक वन व्यवस्थापनको विषयमा धेरै बहस भइरहेकाले देशलाई समृद्ध बनाउन र बनजंगल हराभरा बनाउने काममा मात्रै सीमित हुनुपर्ने बताए ।
नेपालको वनजंगलका काठ दाउरा कुहिने, विदेशबाट अरबौंको आयात हुने परिस्थिति हुन नदिन डिभिजन कार्यालय र राष्ट्रसेवको भूमिका महत्वपूर्ण हुने भन्दै सांसद महतले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार मौलाउन नहुने टिप्पणी गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रोशनबहादुर गाहा, ओमकला गौतमले समेत नवलपुरमा अब सबै कार्यालय स्थापना हुनेक्रम रहेकाले जनताले अब सिंहदरबारको अधिकार गााउँगाउँ आएको महशुस गर्ने बताए । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल समेतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार