प्रदर्शनीको तयारी तीव्र

बुटवल। बुटवलमा असोज १९ गतेदेखि शुरु हुन लागेको तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र पारिएको छ । स्टल निर्माण, गेट निर्माण तथा मन्च निर्माणको कार्य सररसफाई लगत्तै शुरु भएको हो । त्यसैगरी स्टल दर्ता पनि धमाधम भई रहेको छ । आयोजकका अनुसार केही दिनमै प्रदर्शनीको मुख्य आकर्षण धरहरा निर्माणको कार्य शुरु गरिँदै छ ।
अहिलेसम्म २ सयभन्दा बढी स्टल दर्ता भइसकेको मूल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संघका अध्यक्ष प्रवीण पाठकले जानकारी दिए । कास्की, काठमाडांै, जुम्ला, हुम्ला, रोल्पा रुकुम, दाङ, रुपन्देही , पाल्पा, नवलपरासी, गुल्मी स्याङजा लगायतका जिल्लाहरुबाट उद्यमीहरु स्टल दर्ता गर्न बुटवल आएका उनले बताए ।
प्रदर्शनीमा दैनिक उपभोग्य वस्तु, साना तथा घरेलु उत्पादन, जडिवुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाईल्स, मोबाइल सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स, टेक्सटाईल, गार्मेट तथा फूटवेयर, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था होटल तथा रेष्टुरेष्टको गरी ४ सय भन्दा वढि स्टल रहने छ । विषयगत रुपमा ८ वटा पेभिलियन बनाइने प्रचार प्रसार उपसमितिका संयोजक नेत्र रुचालले जानकारी दिए । दशै स्पेशल पेभिलियन, अटो, खाद्य, गार्मेन्ट, फूटवेयर, इलेक्ट्रिक एण्ड इलोक्टोनिक्स, प्रविधि, कृषिलगायतका स्टल प्रदर्शनीमा बनाइने छ । त्यसैगरी प्रदर्शनीमा हुन लागेको विभिन्न प्रतियोगिताहरुको लागि तयारी शुरु गरिएको छ । प्रदर्शनीमा खुल्ला नृत्य प्रतियोगिता, व्याण्ड वेटल, भलिवल प्रतियोगिता, फेसन सोलगायतका प्रतियोगिता हँुदैछ ।
यसैबीच शनिबार उपसमितिको बैठक बसेको छ । बैठकमा १६ वटा उपसमितिका संयोजकहरुले कार्य प्रगतिको प्रतिवेदन पेश गरेका थिए । संघका उपाध्यक्ष एवं स्टल दर्ता व्यवस्थापन उपसमितिका संयोजक गोविन्द गैरे, सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक सिताराम रसाईली, सचिवालय व्यवस्थापन उपसमितिका संयोजक केशव श्रीस, आर्थिक तथा विज्ञापन व्यवस्थापन समितिका संयोजक बावुराम आचार्य, प्रचार प्रसार उपसमितिका संयोजक नेत्र रुचाल, प्राथमिक उपचार व्यवस्थापन उप समितिका संयोजक यमुना चापागाई, टिकट व्यवस्थापन उप समितिका संयोजक नवराज पौडेल, सुरक्षा समन्वय तथा स्टल निर्माण व्यवस्थापनका संयोजक विष्णु प्रसाद पाण्डे, परिचयपत्र व्यवस्थापनका संयोजक यमलाल मरासिनी, विद्युत तथा उर्जा व्यवस्थापन संयोजक तुल्सीराम भण्डारी, कृषि तथा पर्यटन प्रवद्र्धन उपसमिति संयाजक लोकनाथ पन्थी, आवास तथा खाना व्यवस्थापन संयोजक न्या“ जुद्दिन मिया, खानेपानी तथा सरसफाईका संयोजक मनोज गुमार गुप्ता, खेलकुद तथा पार्किङ व्यवस्थापन संयोजक प्रविणमा श्रेष्ठ, गोष्ठी अन्तरत्रिया संयोजक नम्रता थापा, मन्च तथा गेट सजावत व्यवस्थापन संयोजक ममता कुमारी सिंहले अहिलेसम्म भए गरेका कार्यको विषयमा जानकारी गराएका थिए । बैठकमा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय अध्यक्ष श्याम पाठक, प्रदर्शनीका संरक्षक खिमनारायण पराजुली, संरक्षक खेम श्रीस लगायतले तीव्र गतिमा काम गर्न विषयगत संयोजकहरुलाई निर्देशन दिए ।
यसैबीच प्रदर्शनीमा १५ देखि २० करोडसम्मको कारोवार हुने तथा ३ लाख दर्शक भित्राउने लक्ष्य लिएको उक्त प्रदर्शनी सफल बनाउन राजनीतिक दलका नेताहरु, यस क्षेत्रका संघ संस्थाका अध्यक्ष प्रतिनिधिहरुले तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।
शुक्रवार प्रदर्शनी स्थल बुटवल मण्डपमा आयोजित छलफल तथा भेटघाट कार्यक्रममा उनीहरुले प्रदर्शनीले बुटवलको आर्थिक विकासमा टेवा पु¥याउने भएकाले सफल बनाउने दायित्व सबैको भएको बताए । उनीहरुले प्रदर्शनीलाई व्यवस्थित र ऐतिहासिक बनाउन समेत सुझाव दिएका छन् ।
उद्योग वाणिज्य संघ बुटवलका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजू, रुपन्देही व्यापार संघका महासचिव प्रकाश ढकाल, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रामबहादुर गुरुङ, नेपाल रोडा ढुङ्गा व्यवसायी महासंघका अध्यक्ष गोपाल ज्ञवालीलगायतले बुटवलको प्रदर्शनी एउटा व्राण्ड स्थापित भई सकेको बताउँदै बुटवलको मेलाबाटै देशभर सन्देश जाने गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता खेलराज पाण्डे, मुल आयोजक समितिका संयोजक प्रविण पाठक, उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य खिमनारायण पराजुली, खेमवहादुर श्रीस, प्रचार प्रसार उपसमितिका संयाजक नेत्र रुचाल लगायले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार