तिलोत्तमा क्रिकेट लिग सिजनमा ८ टिम

बटौली।(दैपस)– आगमी कार्तिक २६ गते देखि सुरु हुने तिलोत्तमा प्रिमियम क्रिकेट लिग सिजन २ मा आठ टिमले सहभागिता जनाउने भएका छन् । आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबको नाम सार्वजनिक गरेको हो ।
कार्यक्रमका संयोजक दीपक भुर्तेलले तिलोत्तमा प्रिमियम लिगको सिजन २ मा आठ टिमले सहभागिता जनाउने बताए । प्रतियोगितामा एसआर, ज्ञानोदय, मुसी, लुम्बिनी, रोयल शंकरनगर, रोयल च्यालेन्जर भैरहवा, मिणग्राम किङ्गस र बुटवल क्रिकेटको सहभागिता हुने उनले बताए ।
आयोजकले बुधबारै प्राविधिक प्रमुख र ईभेन्ट एम्बेष्टरसँग सम्झौता गरेको छ । समितिका अध्यक्ष अच्युतराज ढुंगानाले प्राविधिक प्रमुख रामचन्द्र पौडेल र ईभेन्ट एम्बाष्टर प्रिया भण्डारीसँगको सम्झौता पत्रमा हस्ताक्षार गरेका थिए । अक्सनका लागि खेलाडी आवेदन खुल्ला गरिएकोमा २ सय ६० जनाले फाराम भरेको भन्दै खेलाडीको अक्सन भदौ ३० गते हुने आयोजकको भनाई छ । तिलोत्तमा नगरपालिका वडा नंं ६ स्थित नवजीवन क्लबको खेल मैदानमा हुने प्रतियोगितामा विजेताले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी उपविजेता टिमले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिज, बेष्ट व्याट्सम्यान, बेष्ट बलर, फेयर प्ले अवार्ड, ईमर्जिङ प्लेयर, फास्टेष्ट ५०, फास्टेष्ट १०० लगायतका विधामा पनि पुरस्कार प्रदान गरिने बताइएको छ । कार्यक्रम समितिका उपाध्यक्ष लोकनेश ढेगाको स्वागत तथा सह सचिव पूजा पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार