एसियाडमा नेपालको खराब प्रदर्शन जारी

  • ‘उसुमा निमाद्वारा राष्ट्रिय कीर्तिमान’
  • दीपक न्यौपाने /
    जाकर्ता, इन्डोनेशिया। इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा खेलाडीहरूको प्रदर्शन निराशाजनक बनेको छ । पौडी, ब्याडमिन्टन र तेक्वान्दोका खेलाडीहरू पराजित भएका छन् भने नेपालकी निमा घर्तीमगरले उशुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
    सोमबार भएको स्पर्धामा नीमाले ९ दशमलव १७ अंकका साथ कीर्तिमान बनाएकी हुन् । इन्डोनेशियाको जाकार्तामा जारी एसियन गेम्समा नेपाली खेलाडीले बनाएको यो पहिलो कीर्तिमान हो ।
    नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि निमा १२ खेलाडीमध्ये ११ आँै स्थानमा रहेकी हुन् । सागमा स्वर्ण बिजेता निमाले आइतबार पनि निराशाजनक प्रदर्शन गरेकी थिइन् । यसैगरी तेक्वान्दोमा प्रतिस्पर्धा गरेका खेलाडीहरू पराजित भएका छन् । पुरुष ५८ केजीतर्फ नेपालका सागर गुभाजु अन्तिम १६ मा पराजित भए । उनी भियतनामका क्वाइ हङसग २५ –२ ले पराजित भए । यसअघि गुभाजुले भुटानका तेन्जिङलाई ५४–४० ले पराजित गर्न सफल भएका थिए ।
    यसैगरी महिलातर्फको नतिजा पनि निराशाजनक आयो । महिला ५३ केजीमा निमा गुरुङ लेबनानकी खेलाडीसँग २३–१०ले पराजित भइन् । त्यस्तै ६७ तौल समूहमा संगीता बस्याल फिलिपिन्सकी मइसँग २०–१७ ले पराजित हँुदै प्रतियोगिताबाट बाहिरिइन् ।
    पौडीमा पनि उस्तै
    सुधारिएको खेल प्रदर्शनको आशा गरिएको पौडीमा पनि नतिजा सुखद रहन सकेन । सय मिटर प्र्रिmस्टाइलमा गौरीका सिंह र टिसा शाक्य भिडेका थिए । गौरीकाले निर्धारित दुरी १ मिनेट ० प्वाइन्ट ८२ सेकेन्डमा पार गरेकी थिइन् भने शाक्यले १ मिनेट ३ सेकेन्टडमा निर्धारित दुरी पार गरेकी थिइन् । दुबै प्रतिस्पर्धीको स्थान पनि तल झरेको छ । गौरीका १८ औं र टिसा २२ औं स्थानमा रहेर चित्त बुझाउनु परेको थियो ।
    ब्याडमिन्टनमा पनि पराजित
    नेपालको पुरुष ब्याटमिन्टन टोली चाइनिज ताइपेइविरुद्धको क्वाटरफाइनलमा ३ शून्यको सोझो सेटमा पराजित भएको छ । अघिल्लो दिन पाकिस्तानलाई हराएर नेपालले अन्तिम ८ को यात्रा तय गरेको थियो । नेपाल एकलतर्फका पहिलो तीन खेलमा पराजित भएको थियो । एकलतर्फ नेपालका रत्नजित तामाङ चाइनीज चाइपेइका चाउ तिन्चेनसँग २१–१३,२१–१६को नतिजामा पराजित भए । उता दिपेश धामीले वाङ तिजुवेइलाई २१ –१०,२१–११ को सोझो सेटमा पराजित भएका छन् ।
    टेनिसमा जित
    एसियाली खेलकुदतर्फ लन टेनिसमा महिला युगलतर्फ नेपालले राउन्ड अफ १६ मा जित निकाल्न सफल भएको छ । नेपालका मायांका र मयंका राणाले माल्दीप्सका अमिन्था र रसीद जोडीलाई पराजित गर्न सफल भएको छ । नेपालको टिमले ६–४ र ६–१ को सेटमा जित निकाल्न सफल भएको हो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार