ज्येष्ठ नागरिकलाई सम्मान

बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा रहेको न्यू होराइजन सामाजिक तथा सांस्कृतिक क्लवले ज्येष्ठ नागरिक सम्मान गरेको छ ।
क्लबले विद्यालयमै एक कार्यक्रमको आयोजना गरी सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका ८ जना ज्येष्ठ नागरिकलाइ प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान प्रदान गरेको हो ।
सम्मानित हुनेहरूमा ७८ वर्षीय ताराप्रसाद श्रेष्ठ,९३ वर्षीय गंगादेबी पाण्डे,८७ वर्षीय नेत्रबहादुर राना, ८० वर्षीय टीकाराम खराल, १०४ वर्षीय ढुण्डिराज नेपाल, ९२ वर्षीय भुमादेवी उपाध्याय, ८५ वर्षीय मोतिकला नेपाल र ८५ वर्षीय चित्रमान गौचन रहेका छन् । उनीहरूलाई सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको क्लबका इन्चार्ज कल्पना पाण्डे कुसुमले बताइन् ।
क्लबका अध्यक्ष सुदीप पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले क्लबले ज्येष्ठ नागरिकलाई गरेको सम्मानको प्रशंसा गरे । सो अबसरमा सम्मानित ब्यक्तिहरूले आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रममा न्यू होराइजनका सह प्राचार्य बासुदेब अर्याल, बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, इसिए इन्चार्ज बालकृष्ण बस्याल, क्लबका इन्चार्ज कल्पना कुसुम, कार्यक्रम संयोजक आकाश भण्डारी, अनुष्का श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार