दुर्घटना भएपछि विङ्गरमा आगजनी

बुटवल। पूर्व पश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको सैनामैनामा विंगरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आक्रोशित स्थानीयले विंगर जलाएका छन् । सैनामैना ४ मुर्गिया लायन्स चोक नजिकै लु. १ ज २७२८ नम्बरको विंगरले लु १ प ७७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक सैनामैना ४ का ४० वर्षीय शेरबहादुर कुँवरको ज्यान जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
कलिपवस्तुको जीतपुर(चारम्बर) बाट बुटवलतर्फ आउँदै गरेको विंगरले सैनामैना १ रानीबगीयाबाट रामापुरतर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिएको हो ।
विंगरको लापरवाहीले गम्भीर दुर्घटना भएको भन्दै आक्रोसित स्थानीयहरूले विंगरमा आगो लगाएका थिए । ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले स्थानीयलाई उद्धृत गर्दै जनाएको छ । स्थानीयले आक्रोश पोख्दै ठक्कर दिने विङ्गरमा आगजनी गरेका छन् । विङ्गरमा लागेको आगोलाई दमकलले नियन्त्रण गरे तापनि विङ्गर पूर्ण रूपमा ध्वस्त भएको छ । ठक्कर दिने विङ्गरका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार