भारतीय पूर्व प्रधानमन्त्री बाजपेयीको निधन

नयाँ दिल्ली (एजेन्सी)। भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स)मा उनको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनको ९३ वर्षको उमेरमा निधन भएको हो । वाजपेयी एम्समा नौ हप्तादेखि उपचाररत थिए । एम्सले जारी गरेको प्रेस रिलिजमा उनको मृत्यु भारतीय समयअनुसार बेलुकी पाँच बजेर पाँच मिनेट जाँदा भएको उल्लेख गरिएको छ ।
वाजपेयीलाई डिमोन्सिय नामको गम्भीर रोग लागेको थियो र सन् २००९ देखि व्हीलचियरको साहारामा थिए । मधुमेहका पनि बिरामी पनि रहेको उनको उपचार एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले गरिरहेका थिए । यसअघि पनि मिर्गौलामा संक्रमण देखिनुका साथै अन्य स्वास्थ्य समस्यादेखिएपछि उनलाई एम्समै भर्ना गरिएको थियो । भारतीय जनता पार्टी (भाजपा)का संस्थापक वाजपेयी तीन पटकसम्म प्रधानमन्त्री भएका थिए । उनले लाल कृष्ण अडवाडीसँग मिलेर भाजपाको गठन गरी सत्ताको शिखरमा पुगे । उनी देशको सर्वोच्च नागरिको सम्मान भारत रत्नले पनि सम्मानित भएका छन् । वाजपेयी दश पटकसम्म लोकसभामा चुनिएका व्यक्ति हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार