१९औं अन्तर्राष्ट्रिय युवा दिवस अर्घाखाँचीमा मनाइयो

सन्धिखर्क।१९ औं अन्तर्राष्ट्रिय युवा दिवस अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको कर्मचारी मिलन केन्द्रमा प्रवचन कार्यक्रम गरी मनाइएको छ ।
सन्धिखर्क नगरपालिका र जिल्ला युवा समिति अर्घाखाँचीको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले अब भाषणभन्दा काम गर्नुपर्ने दिन आएको भन्दै सकारात्मक सोंचबाट नै समाज रूपान्तरण हुने बताए । उनले नेपालमा रोजगार प्रशस्त नहुँदा लाखौं युवाहरू वैदेशिक रोजगारमा जानु नेपालका लागी घाटा भएको भन्दै तिनै तहका सरकार मिलेर स्वदेशमै रोजगारी श्रृजना गर्नुपर्नेमा सवैको ध्यान जानुपर्नेमा जोड दिए ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले नगरपालिकाले युवा लक्षित कार्यक्रमलाई जोड दिएको बताए । उनले आउँदा आर्थिक वर्षमा पनी युवा लक्षित कार्यक्रमलाई ध्यान दिई नगरपालिका भित्रै स्वरोजगारका प्रशस्त माध्यम भएकाले युवालाई पोप्साहन गर्ने बताए । उपप्रमुख ठाकुरकुमार स्थानीय निकायले उद्यममा लागेका युवाहरूलाई विशेष ध्यान दिएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, नेकपाका प्रतिनिधि छम कुमारी खनाल चिनारी, काँग्रेसका जिल्ला सदस्य पिताम्बर खनाल, जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, विवेकशील साझाका संयोजक हरिप्रसाद भुसाल, युवा संघका अध्यक्ष गोविन्द आचार्य, जिल्ला युवा सञ्जालका मनिश सिंह, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले युवा लक्षित कार्यक्रम सरकारले ल्याउनुपर्नेमा जोड दिए । उनीहरूले जिल्लाका युवाहरूलाई सक्षम बनाउनका लागि युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताए । स्थानीय तहहरूले कृषि कार्यक्रमलाई ध्यान दिएर युवा लक्षित कार्यक्रम ल्याएमा धेरै युवाहरूले रोजगार पाउने बताएका थिए ।
जिल्ला युवा समितिका संयोजक लिलबहादुर विकको अध्यक्षता, चोपलाल बेल्बासेको सञ्चालन, कार्यालय प्रमुख लिलबहादुर राउतको स्वागतमा सम्पन्न कार्यक्रममा सरकारी कर्मचारी, पत्रकार, विद्यार्थी तथा युवाहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार