लायनेस क्लबद्वारा स्वास्थ्य सम्बन्धि जनचेतामूलक कार्यक्रम

बुटवल । लायन्स, लायनेस तथा लियो क्लब अफ बुटवलको संयुक्त आयोजना तथा ग्राण्डी ईन्टरनेशनल अस्पताल, काठमाडौंको सहयोगमा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम लायनेस क्लब अफ बुटवलको प्रमुख आयोजकत्वमा सम्पन्न भएको थियो ।
कार्यक्रम लायनेस अध्यक्ष स्वेता श्रेष्ठको सभाध्यक्षता, डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक गर्भनर लायन सुनिल वझा, लायन महेन्द्र नारायण श्रेष्ठ, सिनियर डिष्ट्रिक एडभाईजर लायन अर्जुन मान सैंजू, रिजन चेयरपर्सन लायन अनिल प्रसाद श्रेष्ठ, लायन्स क्लब अफ बुटवलका अध्यक्ष लायन सुनिल कृष्ण श्रेष्ठ, लियो क्ल्ब अफ बुटवलका अध्यक्ष लियो मनोज कुमार श्रेष्ठ, श्रोत ब्यक्ति ग्राण्डी ईन्टरनेशनल अस्पतालका डेपुटी डाईरेक्टर डा. विनोज बिजुक्छे (क्उष्लभ क्गचनभयल) , डा. अजय सिंह थापा (भ्mभचनभलअथ ७ त्चबगmब ऋबचभ), इगतचभबअज ऋययचमष्लबतयच माधव शर्मा, अन्टार्टिकामा पाइला राख्न सफल पहिलो नेपाली भुवन सिंह विश्वकर्मा, लायन्स लायनेस तथा लियो क्लब अफ बुटवलका पूर्व अध्यक्षको सहभागिता रहेको थियो ।
कार्यक्रममा श्रोत व्यक्ति डा. अजय सिंह थापा भ्mभचनभलअथ तथा त्चबगmब ऋबचभ सम्बन्धि उपस्थित सम्पूर्णमा जानकारी गराएका थिए । ग्राण्डी ईन्टरनेशनल अस्पतालका डेपुटी डाईरेक्टर डा. विनोद विजुक्छेले हार्डजोर्नी सम्बन्धि सम्पूर्ण जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार